• १२ साउन २०८१, शनिबार

सिन्धुलीमा उत्साहजनक रुपमा मनोनयन दर्ता

blog

कमलामाई नगरपालिकामा सत्तारुढ गठबन्धन नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट प्रमुख र उपप्रमुख पदका उम्मेदवार । तस्बिर : गोरखापत्र

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, वैशाख १२ गते । सिन्धुली जिल्लामा स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारहरुले उत्साहजनक रुपमा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा लगायतका राजनीतिक दलले पञ्चेबाजासहित ¥याली निकालेर जिल्लाका नौ वटै स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा आआफ्नो दलको उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उक्त कार्यालयका अनुसार बेलुका पाँच बजेपछि पनि निर्बाचन अधिकृतको कार्यालयका मनोनयन दर्ता गर्ने क्रम भई रहेकाले सम्पूर्ण विवरण आउन बाँकी छ । सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयका अनुसार कमलामाई नगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार उपेन्द्रकुमार पोख्रेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रको तर्फबाट दिर्घराज श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एमालेको तर्फबाट प्रमुख पदमा महेन्द्रदेव श्रेष्ठ र उपप्रमुखमा मञ्जु देवकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ । राप्रपाबाट प्रमुख पदमा मुकुन्द गजुरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

दुधौली नगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट प्रमुख पदमा नेकपा माओवादी केन्द्रका दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली काँग्रेसका चन्द्रकिसोर थारु, नेकपा एमालेको तर्फबाट प्रमुख पदमा लक्ष्मण कार्की र उपप्रमुखमा बालकुमारी अधिकारी दनुवारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

दुधौली नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारको रुपमा केदारप्रसाद गिरी र भक्तिबिलास दाहालले तथा र सुनकोसी गाउँपालिमा उत्तरकुमार लामाले  अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नु भएको छ । सुनकोसी गाउँपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी दीपा बोहोरा लामिछाने र उपाध्यक्षमा नेपाली काँग्रेसका कपिल कोइरालाले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एमालेका तर्फबाट रोमनराज गिरी र उपाध्यक्षमा हेमा अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

तीनपाटन गाउँपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेपाली काँग्रेसका कर्णबहादुर थापामगर र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट धनबहादुर पुलामीले उम्मेदवारी दर्ता गर्नुभएको छ । नेकपा एमालेबाट अध्यक्ष पदमा छत्र दाहाल र उपाध्यक्षमा पदममाया तमाङले उम्मेदवारी दर्ता गर्नुभएको छ । फिक्कल गाउँपालिकमा सत्तारुढ गठबन्धनको तर्फबाट अध्यक्षमा नेपाली काँग्रेसका नृप भुजेल र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट लोकेन्द्र कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको छ । नेकपा एमालेबाट अध्यक्ष पदमा पार्वती सुनुवार र उपाध्यक्ष पदमा राजु बरालले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

गोलन्जोर गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट अध्यक्षमा पुष्पबहादुर कार्की र उपाध्यक्षमा ज्वालाप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गर्नुभएको छ । नेकपा एमालेबाट अध्यक्षमा शङ्कर बराल र उपाध्यक्षमा ममता देवकोटाले उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यस्तै मरिण गाउँपालिकामा सत्तारुढा गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका विमर्श मोक्तान र उपाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट विमला माझी, नेकपा एमालेका तर्फबाट अध्यक्षमा गोविन्दलाल माझी र उपाध्यक्षमा सङ्गीता माझीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

घ्याङलेख गाउँपालिकामा सत्तारढ गठबन्धनबाट अध्यक्ष पदमा नेपाली काँग्रेसका जगतबहादुर भोलन र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट शङ्करमान घलान, नेकपा एमालेबाट अध्यक्षमा चतुरमान लो र उपाध्यक्षमा प्रमिला वाइबा, हरिहरपुरगढी गाँउपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट बज्रध्वज वाइबा र उपाध्यक्षमा नेपाली काँग्रेसबाट बमबहादुर स्वाङबाले उम्मेदवारी दर्ता गर्नुभएको छ । नेकपा एमालेबाट अध्यक्षमा मानबहादुर वाइबा र उपाध्यक्षमा निर्मला ठाडामगरले उम्मेदवारी दर्ता गर्नुभएको छ ।