• १८ असार २०८१, मङ्गलबार

पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाको निधन

blog

काठमाडौं, वैशाख ११ गते । मधेस प्रदेशका प्रदेश सभा सदस्य डा.  डिम्पलकुमारी झाको आइतबार बिहान निधन भएको छ ।

संविधान सभा सदस्य तथा मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहनुभएका झा. बिगत केही समयदेखि क्यान्सर रोगले पीडित हुनुहुन्थ्यो । भारतको नयाँ दिल्लीमा उपचार गराउदै आउनु भएका उहाँको काठमाडौंको रानीबारीस्थित निवासमा आज बिहान निधन भएको हो ।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य रहनुभएका उहाँ लोसपाका नेता, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य अनिलकुमार झाकी श्रीमती हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई पूर्खौली गाउँ रौतहटको मत्सरी लगिनेछ । मत्सरीस्थित बागमती नदि किनारमा आजै अन्तिम संस्कार गरिने परिवारका एक सदस्यले बताएका छन । झाका एक सुपुत्र हुनुहुन्छ ।