• १२ साउन २०८१, शनिबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका पहिलो व्यक्ति को हुन् ? 

रिचर्ड स्लेम्यान

सन् २०२४ मार्च १६ मा उनलाई सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको दुई महिनामा उनको निधन भयो । उनको मृत्यु प्रत्यारोपणको परिणाम हो भन्ने यकिन नभएको चिकित्सकले जनाएका छन् । 


२. नेपाल र गणतन्त्र कोरियाका आरोही सम्मिलित आरोहण टोलीद्वारा जुगल–१ हिमालको आरोहण कहिले गरियो ? 

विसं २०८१ वैशाख ७

नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसर पारी सो आरोहण गरिएको हो । 

सो हिमालको उचाइ ६५९१ मिटर रहेको छ । 

जुगल हिमालमा विदेशी पर्वतारोहीले औपचारिक आरोहण गरेको यो पहिलो पटक हो । 

यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा जुगल हिमशृङ्खला अन्तर्गतको ६,१२६ मिटर अग्लो ग्याल्जेन पिक र २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात जनाको टोलीले ६,१५१ मिटर अग्लो जुगल हिमाल आरोहण गरेका थिए । 


३. नेपालको पहिलो महिला सचिव चन्द्रकला किरणको निधन कहिले भयो ? 

विसं २०८१ वैशाख २० (९४ वर्षको उमेरमा)

२०४१ सालमा सचिव बनेकी किरणले विभिन्न मन्त्रालयको सचिवका रूपमा काम गर्नुभएको थियो । 

उहाँ २०४६ सालमा सेवा निवृत्त हुनुभएको थियो । 


४. विश्व प्रेस स्वतन्त्रता दिवस कहिले मनाइन्छ ? 

मे ३

सन् २०२४ (३१ औँ) को नारा : विश्वका लागि प्रेस : वातावरणीय सङ्कटको सामनामा पत्रकारिता

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आयोजनामा नामिवियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । 


५. बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार–२०८१ कसलाई प्रदान ग¥यो ?

प्रथम पुरस्कार : देवेन्द्र भट्टराई र मातृका दाहाल (राशि : रु. १६ लाख)

द्वितीय पुरस्कार : दीपा दाहाल (राशि : रु. छ लाख)

तृतीय पुरस्कार : रमेश कुमार (राशि : रु. तीन लाख)

फाउन्डेसनले खोजमूलक रिपोर्ट प्रकाशित गर्ने चार जना पत्रकारलाई सो पुरस्कार प्रदान गरेको हो । 

२०७९ वैशाखदेखि २०८० चैतसम्म प्रकाशन/प्रसारणमा आएका अनुसन्धानपरक समाचार सामग्रीमध्येबाट उक्त पुरस्कार दिइएको फाउन्डेसनले जनाएको छ । 


६. पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा कहिले भएको हो ? 

विसं २०८१ वैशाख ३

पर्सामा पूर्ण खोपयुक्त कार्यक्रम २०७३ वैशाखबाट थालिएको थियो । 

अब मधेश प्रदेशका आठमध्ये रौतहट, धनुषा र महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन बाँकी छन् । 


७. भिक्टोरिया फल्स कुन कुन देशको सीमामा पर्छ ?

जिम्बाबे र जाम्बिया


८. सन् २०२४ जनवरीमा जर्जियामा सम्पन्न वल्र्ड राइजिङ स्टार २०२४ को शीर्ष उपाधि जित्न सफल नेपाली बालप्रतिभा को हुनुहुन्छ ?

लोयाङ शेर्पा

कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै शीर्ष उपाधि जित्नुभएको हो । 

प्रतियोगितामा सहभागी एन्जल बाबु कडेलले ‘ट्यालेन्ट अवार्ड’ र सनिस्ता रेग्मीले ‘युरोसिया अवार्ड’ जित्नुभएको थियो । 


९. जगदुल्ला जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति रहेको छ ? 

२१०६ मेवा

अर्धजलाशययुक्त यो जलविद्युत् आयोजना डोल्पा जिल्लामा रहेको छ । 

निर्माणमा जान लागेको कर्णाली प्रदेशकै ठुलो आयोजना हो ।

तीनै तहको सरकारको लगानी हुने पहिलो आयोजना हो । 


१०. बद्रीकृष्ण वाङ्मय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ? 

प्राडा महादेव अवस्थी

सुदूरपश्चिम साहित्य समाजले प्रदान गरेको यस पुरस्कारको राशि १,११,१११ ।– रुपियाँ रहेको छ ।

त्यस्तै, प्रभास राज्यलक्ष्मी कृति पुरस्कार–२०८० (राशि : रु. १,११,१११।–) यज्ञराज उपाध्याय (अछाम) लाई प्रदान गरिएको छ । जनकपुरका प्राडा राजेन्द्र विमललाई सोही राशिको प्रभास राज्यलक्ष्मी कृति पुरस्कार–२०७९ प्रदान गरिएको छ ।

 

११. राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८१ कसलाई प्रदान गरियो ? 

विदुर गिरी (नेपाल समाचारपत्र)

पुरस्कार राशि रु. ५५,५५५।– रहेको छ । 

सम्मानित व्यक्तित्वहरू : 

राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान : विदुर गिरी (राशि : रु. ५५,५५५।–)

राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान : कृष्ण भट्टराई र राज श्रेष्ठ (राशि : जनही रु. ५१,०००।–)

राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार : सुरज खड्का र अशेष अधिकारी (राशि : जनही रु. ५१,०००।–)

मोफसल चलचित्र पत्रकारिता पुरस्कार : शिव पुन (राशि : रु. २५,०००।–)

राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार : मदन रिजाल (राशि : रु. २५,०००।–)

सङ्घले चलचित्र पत्रकारिता दिवसको अवसर पारी जेठ ७ गते ती पुरस्कार र सम्मान प्रदान गरेको हो । 


१२. दक्षिण एसियाका लागि युनिसेफको क्षेत्रीय कार्यालय कहाँ रहेको छ ?

नेपाल 


१३. सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आव २०८१/८२ को नीति तथा कार्यक्रम कहिले पेस गरियो ? 

विसं २०८१ जेठ १ 

प्रमुख प्रावधान

नागरिकमैत्री शासन प्रणाली स्थापना तथा भ्रष्टाचार नियन्त्रण

सन्तुलित परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमानको रक्षा,

सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण,

राष्ट्रिय आवश्यकताका क्षेत्रमा वैदेशिक सहायता परिचालन,

व्यावसायिक वातावरण निर्माण गरी बन्द उद्योग सञ्चालन,

सहकारीको नियमनका लागि विशिष्टीकृत नियामक निकाय स्थापना,


१४. इतिहासकार ज्ञानमणि नेपालको निधन कहिले भएको हो ? 

विसं २०८१ जेठ १

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य रहिसक्नु भएका नेपालको इतिहासको खोज, अध्ययन र अनुसन्धानमा पछिल्लो समयमा समेत सक्रिय हुनुहुन्थ्यो । 

इतिहासकार नेपालका नेपाल निरूपण, नेपाल निरुक्त, नेपालको महाभारत, पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन, पुराना कवितालगायत दुई दर्जन कृति प्रकाशित छन् । 

उहाँको जन्म विसं १९८९ माघ शुक्ल पञ्चमीमा भोजपुरमा भएको हो ।


१५. नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल विद्युत्को जडित क्षमता कति रहेको छ ? 

३०९३ मेगावाट


१६. सरकारले सेनाको व्यवस्थापनमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा नेसनल कोर्स (एनडिसी) कहिलेदेखि सुरु गर्ने भएको छ ?

विसं २०८३ 

सोका लागि भौतिक पूर्वाधार निर्माण, पाठ्यक्रम तर्जुमाको कार्यलगायत सबै पक्षमा कार्य भइरहेको जनाइएको छ ।

२०८१ देखि नेसनल डिफेन्स कोर्स (एनडिसी) सुरु गर्ने भनिए पनि कोरोना र बजेटलगायत कारण एनडिसी कोर्स सञ्चालन कार्य दुई वर्षपछि धकेलिएको छ ।

नेपालमा यो कोर्स पहिलो पटक सञ्चालनमा ल्याउन थालिएको हो, जसमा सहायक रथी दर्जाका सैनिक अधिकृतले अध्ययनको मौका पाउँछन् । सहायक रथीबाट उपरथीमा बढुवाका लागि एनडिसी कोर्स अनिवार्य रहेको छ ।

सरकारले २०७६ फागुन १२ मा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ जारी गरेपश्चात् पूर्वाधारको कार्य सुरु भएको थियो । 

राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा गर्ने, गहन खोज तथा अनुसन्धान एवं विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ र समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विश्वविद्यालय स्थापना भएको हो । 

सुरुमा एनडिसी सेनाका लागि मात्रै हुने र बिस्तारै निजामती सेवा तथा अन्य सुरक्षा निकायका अधिकृतलाई पनि राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षा दिने लक्ष्य राखिएको सेनाले जनाएको छ । 

काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिकाको पेरुङे डाँडामा सात सय पचास रोपनी जग्गामा विश्वविद्यालयको पूर्वाधार निर्माण भइरहेको छ । 


१७. भुटानको संसद्लाई शोङ्दु भनिन्छ भने माल्दिभ्सको संसद्लाई के भनिन्छ ?

मजलिस


१८. कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व कुन राजाको पालामा भएका घटना हुन् ?

राजेन्द्र विक्रम शाह


१९. विश्वकै ठुलो पानीजहाज कुन हो ?

आइकन अफ दि सिज 

सन् २०२४ जनवरी २८ देखि यो जहाज सञ्चालनमा आएको हो । 

एक हजार १९७ फिट लम्बाइ भएको यो पानीजहाज २० तलायुक्त रहेको छ ।

जहाजमा एक पटकमा सात हजार छ सय यात्रुले यात्रा गर्न सक्छन् ।

रोयल क्यारेबियन ग्रुपको यो जहाजमा ४० वटा रेष्टुरेन्ट र बार, सात वटा स्विमिङ पुल तथा एउटा वाटरपार्क रहेका छन् । 

सुरक्षाका लागि जहाजमा करिब १७ वटा लाइफबोट राखिएको, एक लाइफबोटमा करिब ४५० मानिस अट्ने दाबी कम्पनीले गरेको छ । 

फ्लोडियाको मायामीमा जहाजको उद्घाटन गरिएको हो ।


२०. नेपालले कुन आवधिक योजनादेखि वैदेशिक सहयोग लिन सुरु गरेको हो ?

प्रथम पञ्चवर्षीय योजना

प्रस्तुतकर्ता : टङ्क केसी