• १७ असार २०८१, सोमबार

जनकपुरमा लोसपाबाट मेयरमा चौधरी र उपमेयरमा मिश्र

blog

मनोज चौधरी ।

स्मृति मिश्र 

धनुषा, वैशाख १० गते । जनकपुरधाम उपमहानगरपालिका मेयरमा मनोज चौधरी र उपमेयरमा रिता मिश्रलाई लेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले उम्मेद्वार बनाउने निर्णय गरेको छ । लोसपाको केन्द्रीय कमिटीको शनिबार बसेको बैठकले जनकपुरधाम उपमहानगरपालिकाकालागि मेयर तथा उपमेयर उम्मेदवार टुंगो लगाएको हो । 

चौधरी लोसपाको जनकपुरधाम उपमहानगर समिति अध्यक्ष हुन् भने मिश्र जनकपुरधाम उपमहानगरपालिकामा अघिल्लो कार्यकालमा उपमेयर रहनुभएको थियो ।चुनावी प्रयोजनका कारण उहाँले हिजो शुक्रबार राजीनामा दिनुभएको थियो । लोसपा नगर समितिले जनकपुरधामका मेयरका लागि उम्मेदवार बनाइएका चौधरीका अतिरिक्त प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, मनोज चौधरी र अमर पञ्जियांरका नाम सिफारिस गरिएको थियो । 

उम्मेदवार चयनमा ढिलाइ भइरहँदा लोसपाका स्थानीय नेता जानकीराम साहले चैत ६ गते पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नुभएको छ । उहाँ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ अध्यक्षसमेत हुनुहुन्थ्यो । लोसपाकै अर्का सदस्य र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र साहले पनि पार्टी परित्याग गरी तमलोपाको सदस्यता लिनुभएको छ । उहाँहरू लगायत थप केही वडाअध्यक्षहरूले लोसपा परित्याग गरी अन्य राजनीतिक दलम प्रवेश गर्नुभएको छ ।