• १० जेठ २०८१, बिहिबार

पीवाईसी बिबिए कपमा १८ टोली

blog

पीवाईसी बिबिए कपबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख १० गते । पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाख १३ गते देखि काठमाडौँमा  ‘पीवाईसी बिबिए कप’ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिातमा १८ टोलीको सहभागिता रहने शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका प्रवन्ध निर्देशक सुनिल थापाले जानकारी दिनुभयो । 

नकआउटमा आधारमा खेलाईने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले जनाएको छ । मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा सहभागि टोलीलाई दुई समूहमा बाँडिएको छ । विगत एक दशकदेखि सञ्चालन हुँदै आएको यस प्रतियोगिातको साविक विजेताले नयाँ संस्करणको आयोजना गर्नुपर्ने प्रावधान अनुसार पब्लिक युथले यसपटक प्रतियोगिता आयोजना गर्न लागेको पव्लिक युथ क्याम्पसका प्रमुख लराम थापाले बताउनुभयो । 

थापाले यस अघिका संस्करणहरु जस्तै यसपटक पनि त्रिभुवन विश्वविद्यालयले प्रतियोगितालाई साथ दिने विश्वास पनि व्यक्त गर्नुभयो । प्रतियोगिताको विजेताले ८५ हजार रुपियाँ र उपविजेताले ३५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । विधामा उत्कृस्ट र प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।