• ८ जेठ २०८१, मङ्गलबार

गायक मिलन श्रेष्ठको 'आमा'

blog

काठमाडौं, वैशाख १० गते । गायक मिलन श्रेष्ठले 'आमा' बोलको गीत सार्वजनिक गर्नुभएको छ । युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा गायक मिलनका साथमा अभिनेत्री रश्मी भट्टको अभिनय रहेको छ । 

निशाल पौडेलको छायाँकन रहेको भिडियो विकास दाहालले सम्पादन गर्नुभएको हो । 

'मिलन गीता श्रेष्ठ' युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गायक मिलनले यसअघि 'मायालाई चिनो', 'भावनामा', 'तिरिरी तिरिरी', 'तिमी बिना', 'फर्किन चाहान्छु' लगायत दर्जन गीत सार्वजनिक गरिसकेका छन् ।