• १२ साउन २०८१, शनिबार

कञ्चनजंगा आरोहण मार्ग सात हजार पाँच सय मिटर पुग्यो

blog

फाइल तस्विर

काठमाडौं, बैशाख १० गते । कञ्चनजंगा हिमाल आरोहणको आरोहण मार्ग चौथो क्याम्प अर्थात सात हजार पाँच सय मिटरसम्म निर्माण सम्पन्न भएको छ । यहीँ अप्रिल २९ गते देखि चुचुरोसम्म आरोहणको लक्ष्य राखेर शनिबारनै चौथो क्याम्पसम्म मार्ग निर्माण सम्पन्न भई सकेको मार्ग निर्माणको जिम्म पाएको पायोनियर एड्भेन्चर ट्रेकका प्रमुख पासाङ शेर्पाले जानकारी दिनुभयो । 

आरोहण मार्ग निर्माणलाई तिव्रता दिनका लागि पायोनियर सहित सेभेन समिट ट्रेक, इमाजिन ट्रेक र ग्राण्ड हिमालय ट्रेकका एक दर्जन बढी गाइडहरु खटिएका छन् । मार्ग निर्माणका लागि पायोनियरका माउन्टेन गाइड दानु भोटेले नेतृत्व गरेको शेर्पाले जानकारी दिनुभयो । सगरमाथा, ल्होत्से र मकालु हिमाल भन्दा अगाडीनै कञ्चनजंगा हिमालको आरोहण हुने कम्पनीका प्रमुख शेर्पाले जानकारी दिनुभयो । यता सगरमाथा आरोहण मार्ग दोस्रो क्याम्प भन्दा माथि निर्माण सुरु भएको छ । 

यस वर्ष सात आरोहणदलबाट ५५ जना पुरुष र १३ जना महिला गरी ६८ जना आरोहीले आरोहणका लागि अनुमती लिएको पर्यटन विभागको तथ्याङक छ ।