• १२ साउन २०८१, शनिबार

दुई हजार एकसय किसान सम्मानित

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख ४ गते । आधुनिक उपकरण प्रयोग गरेर कृषि कार्य गर्दैआइरहेका दुई हजार एक सय जना किसान सम्मानित भएका छन् । किसान मिलाप २०२२ नामक कार्यक्रम गरेर रुपन्देही, कपिलवस्तु र नवलपरासीका २ हजार १ सयभन्दा बढी किसान रुपन्देहीमा सम्मानित भएका हुन् ।

शक्तिमान ब्रान्डका आधुनिक कृषिजन्य विभिन्न उपकरण टैक्टर, रोटावेटर, पावर टेलर, सिड ड्रिलरलगायतका उपकरण प्रयोग गर्दै आइरहेका किसानलाई सम्मान गरिएको शक्तिमान ब्राण्डका उदयकुमार सिंहले जानकारी दिनुभयो । 

 “किसानलाई हामीले प्रोत्साहन गर्न र ब्यावसायिक सफलताका लागि सम्मान गरेर हौसला दिन खोजेका हौं, पछिल्लो समय किसानलाई प्रविधिमैत्री बनाउन जरुरी छ” उहाँले भन्नुभयो । नेपालका लागि शक्तिमानको आधिकारिक विक्रेता मनमित ट्रेडिङ्ग ओमसतिया गाउँपालिका  २ पडसरीले किसान मिलाप २०२२ गर्दै नयाँं उपकरण बारेमा प्रदर्शन गरेको हो ।

 कृषिमा यान्त्रीकरण गरेर उत्पादन बढाउन मद्दत गरेको सहभागी किसानको भनाइ छ । किसानलाई बढ्दो प्रविधिको प्रयोगसँगै भित्रिएका नयाँ उपकरणकोबारेमा अभिमुखीकरण प्रदान गरिएको छ । किसानले पाउने सरकारी अनुदानलगायतको विषयमा किसानलाई जानकारी गराइएको छ । उपकरण १ लाख ५० हजार देखि ११ लाख रुपियाँसम्मका छन् । शक्तिमानले नेपालमा ७२ प्रतिशतभन्दा बढी मार्केट लिएको कम्पनीको दाबी छ ।

एक वर्षको अवधिमा करिब ८ सयभन्दा बढी उपकरण विक्री भएको र घरघरमै पुगेर बिग्रिएका उपकरणलाई मर्मत गरिदिने व्यवस्था मिलाइएको छ ।