अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ ।
भोटो जात्राले चिडियाखानामा एकै दिन १२ हजार अवलोकनकर्ता
रातो मछिन्द्रनाथको भोटो देखाउने दिन आज मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन्।
सगरमाथा आरोही कामीरितालाई विमानस्थलमा स्वागत
सगरमाथा आरोही कामीरिता शेर्पा आज काठमाडौँ आइपुग्नुभएको छ । सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गर्नुभएका शेर्पाको यो २८औँ पटक सगरमाथाको सफल आरोहण हो।
कीर्तिमानी आरोही बुढा मगर सम्मानित
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गर्नुभएको छ ।
सुविधा सम्पन्न पर्यटक बसपार्क निर्माण गर्न सरकारसँग माग
नेकपा (एमाले) का सांसद विद्या भट्टराईले काठमाडौंमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सरकारसँग माग गर्नु भएको छ ।
पर्यटक तान्न पर्यटन व्यवसायी पुगे भारत
भारतीय पर्यटकलाई नेपालमा भित्र्याउनका लागि चितवनका पर्यटन व्यवसायीको टोली चारदिने प्रचारात्मक कार्यक्रम गर्नका लागि भारत पुगेको छ । पर्यटन व्यवसायी भारतको पटना, बनारस र गोरखपुरका पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग नेपालको पर्यटकीय क्षेत्रको जानकारी दिन गएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहा, पर्यटन व्यवसायी सहभागी भएको टोलीले नेपालको सीमावर्ती क्षेत्रमा रहेका भारतका
असफलताले घुँडा टेक्दा मिलेको सफलता
हिम्मत नहार्ने हो भने असफलताले घुँडा टेक्छ भन्ने भनाइलाई रोल्पाको थवाङ गाउँपालिकाका ३८ वर्षीय हरि बुढामगरले प्रमाणित गरिदिनुभएको छ । विकटता र गरिबीलाई भोग्दै आफ्नो अदम्य साहस र बहादुरी प्रमाणित गरेर अद्वितीय प्रतिष्ठा आर्जन गर्ने बाबुको सपना पूरा गर्न साबिकको प्रवीणता प्रमाणपत्र तह पूरा गरेर बेलायती सेनामा भर्ती हुनुभएका बुढामाथि सन् २०१० ताका एउटा सोच्दै नसोचेको बज्रपात आइप¥यो । जागिरे जीवनको १५ वर्षपछि अफगानिस्तानको हेलमान प्रान्तमा तालिबान आव्रmमणकारीले थापेको एम्बुसमा परी उहाँले दुवै खुट्टा गुमाउनुप¥यो ।
बुटवलमा रोजगार मेला सुरु
नेपाल उद्योग वाणिज्य महासङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि बुटवलमा रोजगार मेला सुरु भएको छ ।
खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल तथा भू–स्वर्गका नामले चिनिँदै आएको खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ ।