• १३ साउन २०८१, आइतबार

मन लोभ्याउने इन्द्रसरोवर पर्यटकको आकर्षण केन्द्र बन्दै (फोटो फिचर)

blog

मकवानपुर जिल्लाको कुलेखानीमा ढुङगामा सवार पर्यटकहरु । तस्बिर सौजन्य: रमिता छुँजु

मकवानपुर, कात्तिक ८ गते । मकवानपुर  जिल्लाको कुलेखानी क्षेत्रमा रहेको यो मानव निर्मित इन्द्रसरोवर अहिले पर्यटक आकर्षणको केन्द्र बन्दै थालेको छ । काठमाडौँ उपत्यकावासी मात्र नभएर आन्तरिक तथा बाह्य पर्यटकको हिजो आज यहाँ भीड लाग्ने गरेको छ । 


मानवनिर्मित ताल भए पनि मनमोहक भएका कारण पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कुलेखानी क्षेत्रमा रहेका सुन्दर झरना लगायतका पूर्वाधारहरूले यस क्षेत्रमा विदेशी पर्यटकलाई पनि लोभ्याउने गरेको छ । इन्द्रसरोवर गाउँपालिकामा अवस्थित यस जलाशय  एसियामा नै नमुनाको रूपमा  छ । यो सरोवर सात किलोमिटर लामो छ  । मार्खु र कुलेखानीबीचको गहिरो भागमा बाँध बाँधेर सुरुङबाट भीम फेदी ल्याई जलाशयको पानीबाट जलविद्युत् उत्पादन गरिएको छ।

यो स्थल जलविहार तथा माछापालनको लागि पनि प्रसिद्ध छ ।