फेरि आउने भयो ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम
एक वर्षपछि ‘भारत गौरव पर्यटक रेल’ नामक विशेष रेल फेरि जनकपुरधाम आउन लागेको छ । गत वर्ष असार ९ गते उक्त रेल ४९९ भारतीय धार्मिक पर्यटक बोकेर जनकपुरधाम आएको थियो । सो रेलमा १४ वटा डिब्बाहरु थिए ।
तपोभूमि मेला सम्पन्न, ५० हजार बढीको अवलोकन
गुल्मीको तपोभूमि रेसुङगामा लागेको एक महिने साउने मेला सम्पन्न भएको छ । विगत २ वर्षदेखि कोरोना माहामारीका कारण रोकिएको साउने मेला विधिवत रुपमा सम्पन्न भएको रेसुङगा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी दिनुभयो ।
बन्दीपुरमा केबलकारभित्रै खान र सुत्न पाइने
पहाडी रानी उपनामले प्रख्यात तनहुँको बन्दीपुरमा पर्यटकलाई नयाँ आनन्द दिन केबलकार भित्रै खाना र सुत्न पाइने सुविधा थप गरिने भएको छ ।
सानीभेरीमा र्याफ्टिङ सञ्चालन गरिने
रुकुमपूर्वको सानीभेरी नदीमा र्याफ्टिङ सञ्चालन गरिने भएको छ । सिस्ने गाउँपालिकाले आउँदो मङ्सिर महिनासम्ममा सानीभेरी नदीमा र्याफ्टिङ सञ्चालनमा ल्याउने भएको हो । अहिले र्याफ्टिङका लागि सिस्ने गाउँपालिका–६, धाउनेमा सानीभेरी नदीको किनारमा र्याफ्टिङका लागि टिकट घर निर्माण भइरहेको छ ।
टानको अध्यक्षमा बास्तोला निर्वाचित
काठमाडौं, साउन ३१ गते । पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा नीलहरि बास्तोला निर्वाचित हुनुभएको छ । काठमाडौंमा सोमबार सम्पन्न अधिबेशनबाट प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई पछि पारेर बास्तोला विजयी हुनुभएको हो । त्यसै गरी समितिकाे अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित हुनुभएको छ । समितिको अन्य सदस्यहरुमा महिला सदस्य सजना त्रिपाठी ,खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पादोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित हुनुभएको टान निर्वाचन समितिले जनाएको छ ।टानका नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने र निर्वाचनका दौरानमा प्रस्तुत गरिएको २० बुँदे घोषणापत्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ ।
मध्यपुर थिमिमा धुमधामका साथ भैरव नाच (लायक् भैलः) प्रदर्शन हुँदै
पत्यकाकाे मध्य शहरमा रहेकाे मध्यपुर थिमिमा भैरव (लायकु भैलः) जात्रा धुमधामका साथ शुरू भएकाे छ । साःपारू अर्थात् गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा याे नाच प्रदर्शन गर्ने गरिन्छ ।
आरोहणका लागि थप हिमाल खुला गरिँदै
हालसम्म पर्वतारोहण नभएका नयाँ हिमाल आरोहण गर्न अनुमति दिने तयारी भइरहेको छ । आइतबार नेपाल पर्वतारोहण सङ्घको ३२औँ साधारण सभालाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हाल प्रयोगमा नआएका हिमाल आरोहणका लागि खुला गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
रोजाइमा पर्दै चिसापानीगढी
देशभर भएका गढी तथा किल्लाभित्र पर्ने एक हो रामेछापको चिसापानीगढी। नेपाल र अङ्ग्रेज युद्धका बेला नेपालका सेनाले यो चिसापानी गढी प्रशिक्षण गर्ने थलोका रूपमा प्रयोग गरेको स्थानीयवासी बताउँछन्। नेपाल र अङ्ग्रेज युद्धका बेलाको भग्नावशेष र चिनो रहेकाले चिसापानीगढी ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेको छ।
स्यार्पुको सुन्दरताले तानिँदै पर्यटक (फोटो फिचर)
कर्णाली प्रदेशको आकर्षक पर्यटकीय स्थलको रुपमा रहेको रुकुम पश्चिमको स्यार्पु सुन्दरताले आन्तरिक पर्यटकको मन तानेको छ । जिल्लाको बाँफिकोट गाउँपालिकाको ३ र ५ नम्बर वडाको २.६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको स्यार्पुताल वर्षासँगै टम्म भरिएर थप आकर्षक बनेको कारण पर्यटकहरु बाक्लिन थालेका हुन् ।
मनमाेहक भाङ्गे झरना (फाेटाे फिचरसहित)
उत्तरगया गाउँपालिका वडा नम्बर २, भाङ्गे झरनामा पर्यटकको घुईंचो बढ्न थालेको छ । रसुवा जिल्लामा धेरै मनोरम झरनाहरु रहेको मध्ये वर्षाको समयमा मात्र बन्ने यस्ता झरनाहरु हेर्न आन्तरिक तथा वाह्य पर्यटकको घुईंचो लाग्छ ।
पोखरामा पर्यटन कलेजको खोजी
पोखरामा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा सञ्चालनका लागि ठाउँको खोजी सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको नेतृत्वमा गएको टोलीले पोखरामा कलेजका लागि उपयुक्त विभिन्न ठाउँको बुधबार अवलोकन गरेको हो । सो अवसरमा मन्त्री श्रेष्ठले चालू आर्थिक वर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने जानकारी दिनुभयो । पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न मानव संसाधन विकासलाई आफूले प्राथमिकतामा राखेको श्रेष्ठले बताउनुभयो ।
पर्यटकीय गन्तव्य बन्दै तानसेनको श्रीनगर
सुन्दर वातावरण हरियाली डाँडाकाँडा पाखापखेराले भरिभराउ पाल्पा अहिले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनिरहेको छ । सुन्दर डाँडा श्रीनगरले पनि पर्यटक लोभ्याउने काम गरिरहेको छ ।
वाह ! महावुमा श्रद्धालुको ओइरो (फोटो फिचर)
महावुधाम धार्मिक तथा पयर्टकीय क्षेत्रको रुपमा प्रख्यता छ । दैलेख जिल्लाको नौमुले गाँउपालिका २ वडा अन्तर्गत पर्ने महावुधाम कालिकोट जिल्लाको महावै गाँउपालिका र दैलेखकै महावु गाँउपालिकासँग जोडिएको छ ।
लोमान्थाङमा गल्फ प्रतियोगिता हुने
समुन्द्र सतहबाट चार हजार ६४५ मिटर उचाईमा रहेको मुस्ताङको लोमान्थाङमा भदौ ११ गते गल्फ प्रतियोगिता हुने भएको छ । लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा रहेको नौ होलको गल्फ कोर्समा औपचारिक प्रतियोगिता आयोजना गरिन लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टले जानकारी दिनुभयो ।
पर्यटन ‘रिब्रान्डिङ’ गरिने
नेपाललाई विदेशीको पहिलो गन्तव्य स्थल बनाउन पर्यटन क्षेत्र ‘रिब्रान्डिङ’ गर्ने योजना सरकारले अघि सारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकलाई आकर्षित गर्न यस क्षेत्रको नयाँ किसिमबाट प्रचारप्रसार गरिने बताउनुभएको हो । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उहाँले अब प्रकृति, संस्कृति र साहसिक गतिविधिसँग जोडिएका विषयमा केन्द्रित भएर पर्यटन विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।
काठमाडौं विश्व विद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सम्झौता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताउनुभएको छ । आइतबार पर्यटन मन्त्रालयमा काठमाडौं विश्व विद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच भएको सम्झौता कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो नेपालमा पर्यटकको संख्या बढाउँदै विदेशीको लागि पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताउनु भएको हो ।
कीर्तिपुरमा रात्रिकालीन सांस्कृतिक पदयात्रा साउन २७ गते सञ्चालन हुने
संस्कृतिलाई पर्यटनसँग जोडिएर रात्रिकालीन साँस्कृतिक पदयात्रा कीर्तिपुरमा साउन २७ गते सञ्चालन गर्ने भएको छ । परापूर्वकाल देखि नेवाः समुदायमा धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको बहाः चाःहिलेगु पर्व मनाइँदै आइरहेको छ ।
पशुपतिमा सरसफाइमा ध्यान दिन पर्यटनमन्त्री श्रेष्ठको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिनुभएको हो ।
कोभिडपछि तङ्ग्रिँदै पर्यटन
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ। आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ७०९ जनाले शुक्लाफाँटाको भ्रमण गरेका छन्। जसमा दुई हजार ५७९ जना नेपाली, १०५ जना सार्क राष्ट्रका र ४५ जना अरू विदेशी रहेका छन्। आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७७/७८ मा एकाएक घटेको सङ्ख्या गत आर्थिक वर्षमा बढोत्तरी भएको हो। आर्थिक वर्ष २०७६/७७ मा एक हजार ७७५ जनाले शुक्लाफाँटाको अवलोकन गरेका थिए। जसमा ३९ महिला र ६१ पुरुष गरेर एक सय विदेशी नागरिक, २१ महिला र ५१ पुरुष गरेर ७२ जना सार्क राष्ट्रका र ६२१ महिला र ९८२ पुरुष गरेर एक हजार ६०३ जना रहेका थिए।
आधा वर्षमै करिब तीन लाख पर्यटक भित्रिए
कोरोना भाईरस(कोभिड–१९) महामारीका कारण ठप्प भएको नेपालको पर्यटन आगमन पुनः पुरानै लयमा फर्किएको छ । दुई वर्ष भन्दा धेरै सुस्ताएको पर्यटन क्षेत्र सन् २०२२ को सुरुवातसँगै पर्यटक आउने क्रममा बृद्धि भएपछि थप जुरमुराउन थालेको हो ।
गोसाइँकुण्ड मेला सुरु, १५ हजार तीर्थयात्री आउने अनुमान
जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला मङ्गलबारदेखि सुरु भएको छ । गोसाइँकुण्ड जनैपूर्णिमा मेला नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लाग्ने गर्दछ ।
सुनसान छन् बागलुङका घरबास
बर्खा लागेपछि बागलुङका घरबास (होमस्टे) पाहुनाविहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा व्यस्त भएका छन् ।
तिलौराकोटलाई छिटै विश्व सम्पदामा सूचीकृत गरिनेछ : मन्त्री श्रेष्ठ
सिद्धार्थ गौतमबुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाँउ तिलौराकोटलाई छिटै विश्व सम्पदामा सूचिकृत गर्न पहल हुने भएको छ । तिलौराकोटको अवलोकन गर्नुुभएपछि सो विषयमा प्रक्रियाहरु अगाडि बढाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताउनुभएको हो ।
पर्यटकीय विकासका लागि बुद्धभूमिको बुड्ढी तालमा डुङ्गा सञ्चालन
कपिलबस्तुको बुद्धभुमि नगरपालिका ४ स्थित पर्यटकीय विकासका लागि बुड्ढी तालमा डुङ्गा सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेशको पर्यटन ग्रामीण, तथा शहरी विकास मन्त्रालयको सहयोगमा बुद्धुभूमि नगर पालिकाको गौरवको आयोजनाको रुपमा सो डुङ्गा सञ्चालन गरिएको हो ।