सुनसान शून्यतामा सुस्ताउँदै सौराहा
दसैँआसपासको समय पर्यटकीय नगरी सौराहाका लागि पर्यटक आउने मुख्य सिजन मानिन्छ तर यस वर्ष मनसुनी वर्षा र सम्भावित बाढीपहिरोको जोखिमले सौराहा सुनसान छ । क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डे अहिलेसम्म नभएको शून्यता सौराहामा देखिएको गुनासो गर्नुहुन्छ ।
अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर भ्रमणमा शनिबार र आइतबार दुई दिनसम्म रोक लगाइएको छ।
कुम्भकर्ण आरोहणका लागि गएका विदेशी फर्किए
ताप्लेजुङमा अवस्थित कुम्भकर्ण हिमाल आरोहणका लागि गएका विदेशी खराब मौसमको सूचना पाएपछि सुरक्षित स्थानमा फर्किएका छन् । मौसम सुधार नभएसम्मका लागि उहाँहरु होटेल फर्किनु भएको हो ।
पर्यटकलाई पदयात्रामा नजान प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ ।
‘पर्याप्त पूर्वाधार भएमा कोरला नाका अर्थतन्त्रको कोसेढुंगा’
असोज १० गते गण्डकी प्रदेशका उद्योग वाणिज्य संघका अध्यक्षलाई लिएर मुस्ताङ पुग्नुभएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्तरको छिमेकी चीनसँग जोडिएको कोरला नाकालाई ब्यावसायिक रूपमा सञ्चालन गर्न सडक सञ्जाल र भन्सार कार्यालयको भौतिक संरचना बनाउनुपर्ने बताउनुभयो ।
पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ
असोजको पहिलो सातादेखि हिमाली जिल्ला मनाङ विदेशी तथा स्वदेशी पर्यटकले भरिभराउ हुन्थे । अग्रिम बुकिङ गरी होटलमा बस्नसमेत ठाउँ नपाइने यतिबेलाको समयमा यसवर्ष मनाङ सुनसान छ ।
मार्फा घम्नु जाने पर्यटकलाई स्याउ टिप्ने, खाने मेला
मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ बारीमा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पशुपति ढकाल करिब एक घण्टा स्याउ बारीमा रमाउनुभयो ।
तिम्बुङ पोखरीमा बढ्दै पर्यटक
पाँचथर र ताप्लेजुङको सिमानामा अवस्थित तिम्बुङ पोखरी क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ र पाँचथरको याङवरक गाउँपालिका–२
कालिका मन्दिरमा घटे आन्तरिक धार्मिक पर्यटक
धार्मिक गन्तव्यको रुपमा नाम कमाएको बागलुङ कालिका मन्दिरमा यतिबेला चहलपहल कम छ । भक्तजनहरु पूजाका लागि आइरहेका छन् । तर, देशको राजनीतिक परिस्थितिले सोचेझैं भक्तजन आएका छैनन् । अघिल्ला वर्षको तुलनामा मन्दिरमा भक्तजन र पर्यटक आधा घटेको स्थानीयको भनाइ छ ।
मुस्ताङमा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सप्टेम्बर २८ तारिखसम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
धौलागिरि हिमाल आरोहण सुरु
यहाँस्थित विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ ।
भिमथाङ भ्याली
मनाङको नासोँ गाउँपालिका-७ मा अवस्थित भिमथाङ भ्याली । उक्त भ्याली तिब्बतबाट नुन आयत गरेर भण्डारण गरिने पुरानो व्यापारिक केन्द्रको रुपमा परिचित छ ।
पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई
विश्व पर्यटन दिवसका अवसरमा आज पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले जित्नुभएको छ ।
माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान
मोनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ ।
विश्व पर्यटन दिवस : भक्तपुर दरबार क्षेत्रमा पर्यटकको स्वागत
विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार क्षेत्रमा प्रवेश गरेका तीन जना पर्यटकलाई स्वागत गरेको छ ।
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ रद्द
आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहारजस्ता पर्वमा विशेषगरी आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ । पर्यटक आगमनका दृष्टिले यो मुख्य याम पनि हो ।
विश्व पर्यटन दिवसको अवसरमा फोटो प्रदर्शनी
काठमाडौं, असोज ११ गते । विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले फोटो प्रदर्शनीको आयोजना गरेको छ । इन्द्रजात्राको दौरान खिचिएका तस्बिरलाई संकलन गरेर इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी गरिएको हो ।प्रदर्शनीमा इन्द्रजात्राको अवसर खिचिएका तस्बिर राखिएको छ । पुराना तथा हालका जिवितदेवी कुमारी, भैरब र गणेशदेखि लाखे पुलिकिसीलगायत जात्रामा गरिने हरेक गतिविधिका तस्बिरलाई महत्वका साथ राखिएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा विदेशी पर्यटक तथा आन्तरिक पर्यटकले चासोका साथ अवलोकन गरेको अध्यक्ष प्रदीपराज वन्तले बताउनुभयो । जात्रा हेर्न नपाएका र जात्राका बारेमा थाहा नै नभएका पर्यटकले यहि फोटो प्रदर्शनीमार्फत जानकारी लिएको उहाँको भनाइ छ । नेपाल आर्ट काउन्सिल र काठमाडौं महानगरपालिकाको सहकार्य रहेको प्रदर्शनीमा २० फोटोग्राफरका ९० तस्बिर समावेश छ ।
जेनजी प्रदर्शनपछि पर्यटन विकासमा नयाँ आशाको सञ्चार
पर्यटन हाम्रो देशको अर्थतन्त्र, संस्कृति र पहिचानसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र हो । नेपाल पर्यटकीय सम्भावनाको हिसाबले प्रशस्त अवसरहरु रहेका छन् ।
पिर्के रोटेपिङप्रति पर्यटक आकर्षित
लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दसैँको रौनक मात्र बढाएको छैन, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ ।
मुख्ययाममै सुनसान म्याग्दीका पर्यटकीयस्थल
मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन् ।
पर्यटक खचाखच हुने बेला सुनसान छ मनाङ
देशभरिका सहरबाट जन्मथलोतिर दशैं मनाउन जानेको लर्को लागिरहेका बेला मनाङ सुनसान बन्दैगएको छ । गत वर्षहरुमा यति बेला पर्यटकले खचाखच हुने मनाङमा जेनजी आन्दोलको असर पर्यटनमा पर्दा सुनसान बन्दैगएको हो ।
अपि हिमाल क्षेत्रमा माउन्टेन गाइड तालिम
सुदूरपश्चिमको अपि हिमाल क्षेत्रमा प्रोफेसनल माउन्टेन गाइड तालिम सम्पन्न भएको छ । गत साता सम्पन्न तालिममा १४ जना प्रशिक्षार्थी रहनुभएको तालिमका प्रमुख प्रशिक्षक सञ्जिव गुरुङले बताउनुभयो ।
धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए
सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ ।
चलायमान बन्दै पर्यटकीय स्थल
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुनसान भएका इलामका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल सुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने कन्याम अन्तुसहितका पर्यटकीय स्थल जेनजी आन्दोलनपछि सुनसान बनेका थिए । सुनसान बनेका पर्यटकीय क्षेत्रमा देशको अवस्था सामान्य बन्दै गएपछि फेरि चहल पहल सुरु भएको हो ।