पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर
धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षकस्थलका रूपमा परिचित फूलबारी (कोन्ज्योसोम) डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म पनि सम्पन्न भएको छैन ।
आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै शैलुङ
पश्चिमको अन्नपूर्ण, मनास्लु, लमजुङदेखि गणेश हिमाल, लाङटाङ, गौरीशङ्कर, सगरमाथा र नुम्बुर तथा तिब्बत क्षेत्रको हिमालको पनि अवलोकन गर्न सकिने सकिने शैलुङ समुद्री सतहबाट ३१५० मिटरमा अवस्थित छ ।
अन्नपूर्ण क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा मनाङमा रौनक
अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले पर्यटकको चहलपहल निकै बढेको छ । विशेषगरी वर्षायाम सकिएर खुलेको मौसमका कारण मनाङमा आउने विदेशी पर्यटकको दैनिक सङ्ख्या उल्लेख्य रूपमा बढेसँगै स्थानीय होटल व्यवसाय, यातायात तथा व्यापार–व्यवसायसमेत फाइदा उन्मुख बनेका छन् ।
पर्यटकलाई लक्षित गरी राप्तीमा नौका विहारका लागि नयाँ रुट सञ्चालन
पर्यटकिय नगरी सौराहा आउने पर्यटकलाई लक्षित गरी राप्ती नदीमा नौका विहारका लागि नयाँ रुट सञ्चालनमा ल्याइएको छ । निकुञ्जको पूर्वि क्षेत्रमा पर्ने जीन्दागानी घाटदेखि भिमपुर घाटसम्मको राप्ती नदीमा नयाँ रुट सञ्चालनमा ल्याइएको हो ।
बन्दीपुर भ्रमण वर्ष : आठ लाख पर्यटक भित्र्याउने लक्ष्य
तनहुँको ऐतिहासिक तथा सांस्कृतिक पहाडी बस्ती बन्दीपुरले भ्रमण वर्षलाई लक्षित गर्दै आठ लाख पर्यटकलाई आकर्षित गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।
पर्यटकको पर्खाइमा हिलेसिद्ध बाबा
गुल्मीको सत्यवती गाउँपालिका-३, ठुलोलुम्पेकको हिलेसिद्ध क्षेत्र थुप्रै धार्मिक सांस्कृतिक पर्यटनको सम्भावना बोकेको ठाउँ हो ।
जलवायु परिवर्तनको पीडामा उपल्लो मुस्ताङवासी
उपल्लो मुस्ताङ लोघेकर दामोदरकुण्ड गाउँपालिका–५, ध्येगाउँका छिरिङ ढुक्के गुरूङ जलवायु परिवर्तनले पानीको मुहान सुकेपछि बसाइसराई गर्नुभयो ।
आठ हजार बढी पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण
चालु आर्थिक वर्षको चार महिनामा ८ हजार पाँच सय ४४ जना पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्र भ्रमण गरेका छन् ।
मर्स्याङ्दीबेसी जलविद्युतको निर्माणकार्य बन्द
स्थानीयको बिरोधपछि लमजुङमा निर्माण गर्न लागिएको ५० मेगावाटको मस्र्याङ्दीबेसी जलविद्युत आयोजना निर्माणको काम बन्द भएको छ ।
शान्तिपुर चक्रेश्वर मेला सुरु
गुल्मीको प्रसिद्ध शान्तिपुर चक्रेश्वर मेला सुरु भएको छ । बालाचतुर्दशी अर्थात सतबिज छर्ने दिनबाट शान्तिपुर चक्रेश्वर मेला सुरु हुने गर्दछ ।
अब भ्रमण समयअवधिको मात्रै शुल्क तिर्नुपर्ने
उपल्लो मुस्ताङ क्षेत्र भ्रमण गर्ने विदेशी नागरिकले अब पदयात्रा गरेको समयअवधिको मात्रै ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम तिरे हुने भएको छ ।
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क
नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ ।
पर्यटकको पर्खाइमा कुम्भर अड्डा स्मृति पार्क (फोटो फिचर)
बारवर्दिया नगरपालिका –१० बर्दियाको सेमरहवामा अवस्थित कुम्भर अड्डा बेपत्ता योद्धा स्मृति पार्क आन्तरिक पर्यटकको रोजाइ बन्दैगएको छ । आन्तरिक पर्यटकहरुको पिकनिक (वनभोज) खाने स्थल, सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएकाहरु फर्किन्छन् कि भनेर प्रतिक्षा गर्ने केन्द्र पनि स्मृति पार्क बनेको स्थानीयको भनाइ छ ।
चार महिनामा मुस्ताङ भित्रिए दुई लाख २३ हजारभन्दा बढि पर्यटक
चार महिनाको अवधिमा मुस्ताङमा दुई लाख २३ हजारभन्दा बढि स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
पर्यटकको रोजाइमा मनास्लु हिमाल
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने विश्वकै आठौँ अग्लो मनास्लु हिमाल (८१६३) मिटर पछिल्ला वर्षहरुमा पर्यटकको पहिलो रोजाइ बनेको छ ।
दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक
बिहानीको सूर्योदय । पहेँलिँदै र रातो हुँदै पारि आकाशमा विस्तारै सूर्यको आकार देखिने सूर्योदयको मनमोहक दृश्य, सूर्यको उदाउँदो किरणले राताम्मे बनेर टल्किएका हिमाल ।