कामीरिता शेर्पा २८औँ पटक सगरमाथामा
पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गर्नुभएको छ । आज बिहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उहाँले २८औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।
आहा अन्नपूर्ण (फोटो फिचर)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४,स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर चार हजार १९० मिटर उचाइमा अवस्थित छ । मौरिस हर्गोज पदमार्गबाट हिँडेर आधार शिविर पुग्न सकिन्छ ।
सगरमाथा आरोही शेर्पालाई आइएफआरसीका महासचिव चापागाईँद्वारा बधाई
सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी मिङमार शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
मनमोहक पञ्चकुण्ड ताल
पञ्चकुण्ड ताल म्याग्दीको अन्नपूर्र्ण गाउँपालिका–४ स्थित चार हजार १९० मिटर उचाइमा रहेको छ। यो मनमोहक र आकर्षक तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ। यो तालमा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण गर्न र पद मार्ग मर्मतका लागि गाउँपालिकाले पहल थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो। गाउँपालिकाले उक्त पञ्चकुण्ड धामसहित मौरिस हर्गोज पद मार्ग तथा उत्तरी हिमालको आधार शिविरको पर्यटन प्रवर्धनको कार्यव्रmमसमेत आयोजना गरेको गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताउनुभयो।
चीनको ताक्लाकोट जान पास लिने बढे
व्यापार व्यवसाय र रोजगारीका लागि दुई देशको सिमाना हिल्सा हुँदै चीनको पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । गत वैशाख १८ गतेबाट बन्द भएको हिल्सा नाका चीनले दुईतर्फी रूपमा खुला गरेपछि त्यहाँ जानका लागि सीमा पास लिने हुम्लावासीको सङ्ख्या बढेको हो ।
सफा हिमाल अभियानमा आङकाजी शेर्पाको निधन
सफा हिमाल अभियान-२०२३ मा सहभागी ओखलढुंगा स्थायी बासिन्दा शेर्पा सरदार आङकाजी शेर्पाको दुःखद निधन भएको छ ।
पर्यटक लोभ्याउने फुतफुते झरनाको सुन्दरता (फोटो फिचर)
निलो रङ देखिने सफा पानी । पहाडको खोचमा आकर्षक झरना । वरिपरि सेताम्मे हिमाल । मौरिस हर्जोग पदमार्गमा पर्ने यो झरनाले पर्यटकलाई लोभ्याउँछ ।
मौरिस हर्गोज पदमार्गमा पर्यटक भित्र्याउन सक्रियता बढ्यो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ ।
पर्यटकीय गन्तव्य बन्दै हिमताल
अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको सुन्दर हिमताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । यो ताल अन्नपूर्ण र नीलगिरि हिमालको काखमा पर्दछ । समुद्री सतहदेखि चार हजार ५० मिटरको उचाइमा रहेको तालको एक किलोमिटर लम्बाइ र दुई सय मिटर चौडाइ रहेको छ ।