• १३ साउन २०८१, आइतबार

लेक लागेका पर्यटकहरुलाई टाक्चीबाट हेलिकोप्टरबाट उद्धार

blog

लेक लागेका पर्यटकहरुलाई टाक्चीबाट हेलिकोप्टरबाट उद्धार गरिँदै ।

राजन रावत

हुम्ला, कात्तिक १२ गते । लिमी उपत्यकाको पैदल मार्गबाट टाक्चीमा पुगेको दुई जना पर्यटकलाई लेक लागेपछि उद्धार गरिएको छ । फ्रान्सेली नागरिक रोटेम पिटर र इजरेली नागरिक सहुल पिटर लेक लागेर बिरामी पर्नुभएको थियो । अहिले दुवै जनाको स्वास्थ्य सामान्य रहेको छ । 

प्रमुख जिल्ला अधिकारी सीता परियारले नाँम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको टाक्चीमा अवलोकन कै क्रममा ती पर्यटकहरूलाई लेक लागेर बिरामी भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको बताउनुभयो । प्रजिअ परियार पर्यटकहरूको उद्धारका लागि हेलिकोप्टरमा टाक्चीसम्म पुगेर उद्धार कार्यमा खटिनुभएको थियो । 

शनिबार बिहान सिमकोटबाट गएको हेलि एभरेष्टको हेलिकोप्टरले उद्धार गरेको हो । उद्धार गरिएका दुवै जना पर्यटकहरूलाई सिधै काठमाडौं लगिएको छ ।

एक हप्ता अघि सिमकोटबाट दुई जना पर्यटक र एक जना गाइडको टोली चार हजार छ सय मिटर अग्लो नारा लेकको हिउँ छिचोलेर हिल्सा हुँदै लिमी पुगेको थियो ।

पर्यटकहरू पाँच हजार मिटर अग्लो स्थान न्यालु लेकबाट सिमकोट फिर्ता हुने कार्यक्रम रहेको थियो । न्यालुमा पाँच फिट हिउँ जमेको छ ।