गलेश्वर, कात्तिक ८ गते । नेपालकाे मुस्ताङ जिल्लाकाे वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ मन्दिरमा स्वदेशी तथा विदेशी भक्तालुहरूकाे घुइँचाे हुने गरेकाे छ ।
स्थानीय चाडपर्वमा अत्यधिक घुइँचाे हुने यस क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे धार्मिक भ्रमणले विश्वव्यापी रूपमा यसकाे प्रचार भएकाे हाे ।
साे क्षेत्रमा रहेकाे कुण्डमा भक्तजनहरूले स्नान गर्ने चलन छ । यहाँ डुबुल्की लगाएर स्नान गरे मुक्ति प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।
यसैबीच, एक विदेशी महिलाले स्नान गरेकाे दृश्य देख्न सकिन्छ ।