महाकालीमा एकतर्फी तटबन्ध निर्माण
छिमेकी देश भारतले नेपाल–भारतको साझा सीमा नदी महाकाली किनारमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयलाई लिएर दार्चुलामा विरोध हुन थालेको छ । भारतले दार्चुला सदरमुकाम खलङ्गाको पारिपट्टि नदी किनारमा पक्की तटबन्ध निर्माणको काम निरन्तर गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका संयोजक राजेशसिंह सामन्तले भारतले नेपालतिर प्रवेश गरी सिमाना विस्तार गर्न खोजेको आरोप लगाउनुभयो ।
बालुवाको रोयल्टीमा हिनामिना
कैलालीको कैलारी गाउँपालिकामा बालुवा उत्खन्नबाट सङ्कलन गरिएको रोयल्टीमा हिनामिना भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा घुरहा नदीको बालुवा उत्खनन गरेबापत सङ्कलन गरिएको रोयल्टी हिनामिना भएको हो ।
बिनाशुल्क काम गर्छन् भलमनसा
कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँका सरोज चौधरीले गाउँको भलमनसाका रूपमा काम गरेको ३० वर्ष भइसक्यो । तीन दशकदेखि निरन्तर गाउँको नेतृत्व गरेका उहाँले भलमनसाका रूपमा काम गरेबापत हालसम्म गाउँबाट केही पारिश्रमिक लिनुभएको छैन ।
सप्तरीमा हात्तीको आक्रमणबाट खंगको मृत्यु
सप्तरीमा हात्तीको आक्रमणबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कंचारूप नगरपालिका ५ का ५५ वर्षीय नारायण खंग रहनुभएको छ ।
स्वास्थ्य शिविरबाट २९५ जना बिरामी लाभान्वित
दोलखाको शैलुङ गाउँपाकिा–८ को समन्वय तथा सुस्वास्थ्य हस्पिटल काठमाडौँको आयोजनामा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २९५ जना बिरामी लाभान्वित भएका छन् ।
विद्युत प्राधिकरणमा (केवाइसी) फर्म भर्नेको भिड
नवलपुरको कावासोतीमा रहेको नेपाल विद्युत प्राधिकरणमा कावासोती वितरण केन्द्रमा ग्राहक पहिचान विवरण (केवाईसी) फर्म भर्नेहरू भिडभाड बढेको छ ।
बाजुरामा सात मतदानस्थल थपिए
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान केन्द्र कायम भएका छन् ।
बर्दिवासस्थित देउराली मावि ‘डिजिटल विद्यालय’को रूपमा परिचित हुँदै
महोत्तरीको बर्दिवासस्थित देउराली माध्यमिक विद्यालय मधेश प्रदेशमै पहिलोपटक ‘डिजिटल विद्यालय’को रूपमा परिचित हुँदै शैक्षिक आधुनिकीकरणको नमुना बनेको छ ।
धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना
सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ । जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ ।
सुशासनको दिशा
विश्वभरिकै सरकार यताका वर्षमा जनचाहनाको खरो परीक्षामा छन् । प्रत्येक मुलुकका नागरिकको चाहना आफ्नो सरकारले जनहितलाई प्राथमिकता दिन सकोस् भन्ने रहेको हुन्छ । अझ लोकतान्त्रिक व्यवस्थामा जनचाहनाबिनाको सरकार लामो समय टिक्न नसक्ने अनेक उदाहरण ताजै छन् । सत्तामा नपुग्दा जनचाहनाका बहुरङ्गी सपना देखाए पनि सरकारमा पुगेपछि जनताका चाहनालाई वास्ता नगर्ने प्रवृत्ति पनि छ । सत्ताबाहिर रहँदा सुशासनको अनेक मिठा सपना देखाउने सरकारमा पुगेपछि वाचा चटक्कै बिर्सने गरेको पनि पाइन्छ । जननिर्वाचित
विविधता भित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू दिवसलगायत सांस्कृतिक पर्वले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति होः उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति भएको बताउनुभएको छ ।
पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ ।
हलचल पश्चिमी गोलार्द्धमा, असर सर्वत्र
दक्षिण एसियाको मौजुदा परिस्थितिलाई गत आइतबार पाकिस्तानको ‘डअन’ अखबारले ‘विषाक्त’ भनेर चित्रण गरेको थियो । जग–जाहेर छ, भारत र पाकिस्तान अवस्थित यस एसिया महादेशको यो भूखण्ड सन् १९४७ यता तनाउमुक्त रहन पाएको छैन
यस्तो छ आजको मौसम पूर्वानुमान
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै
आज अन्तरराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन् ।
जेनजीले चाहेको विकास
नेपाल अहिले विकासको नयाँ मोडमा उभिएको छ । सडक, पुल, भवन, उद्योग, जलविद्युत् र अन्तर्राष्ट्रिय सहयोगका चर्चा भइरहेका छन् तर यिनै विकास अवधारणाका बिच एउटा पुस्ता हामीकहाँ मौन छैन । उनीहरू प्रश्न गरिरहेछन्–विकास के हो ? क
भारतीय नम्बर प्लेटको कार दुर्घटना : तीन जना घाइते
सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
अवैध विदेशी प्रवेश रोक्न सीमानाकामा विशेष निगरानी
सप्तरीमा भारतसँग जोडिएको सीमानाकामा सुरक्षा चेकजाँच कडा पारिएको छ ।जिल्लामा खुला सीमानाका रहेको कारण सीमावर्ती नाकाहरुबाट लुकीछिपी अवैध ढङ्गबाट विदेशी नागरिकहरु जिल्ला भित्र प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा कडा पारिएको हो ।
विषादी नियन्त्रणको आदेश
तरकारी तथा फलफूलमा हालिएको विष मानिसको शरीरमा मन्द असर गर्छ । यस्तो विषले तत्काल असर नगरे पनि बिस्तारै शरीरलाई हानि गरी कालान्तरमा दीर्घ रोग लाग्ने सम्भावना हुने विशेषज्ञहरूको भनाइ छ ।
अवैध युरिया मलसहित ट्रक नियन्त्रणमा
अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले पाल्पाको बगनासकाली–३, आर्यभाङ्ज्याङ्गबाट लु. प्र.०१–००१ ख. ९५९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।
अपाङ्गता भएकाको अधिकार
विगत दशकमा नेपालले अपाङ्गता समावेशी कानुन, नीतिहरू तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताका दृष्टिले महत्वपूर्ण प्रगति गरेको छ । प्रगति गरे पनि व्यावहारिक कार्यान्वयन, स्रोत परिचालन, पूर्वाधार विकास, सामाजिक दृ
गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा सूचीकृत, १५४ कर्मचारी प्रत्यक्ष लाभान्वित हुने
गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको छ । गोरखापत्र संस्थानका प्रवक्ता तारा बस्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोषमा संस्थान सूचीकृत भएको जानकारी दिनुभयो ।