अज्ञात समूहद्वारा चार रोपनीको टमाटर उखेलेर नष्ट
अज्ञात समूहले धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारमा एक कृषकको टमाटर खेती नष्ट गरिदिएको घटना बाहिरिएको छ । घटना यही माघ २१ गते रातिको हो ।
गोरखामा नयाँ र पुरानाबिच प्रतिस्पर्धा
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गोरखाको निर्वाचन क्षेत्र नं. २ मा पुराना र नयाँ दलबिच बहुपक्षीय प्रतिस्पर्धा हुने भएको छ । प्रमुख राजनीतिक दलका उम्मेदवार अहिले आआफ्ना सङ्गठन विस्तार, घरदैलो अभियान र चुनावी सभामा सक्रिय देखिएका छन् । नयाँ दलले पनि जोडबलका साथ आफ्नो प्रचार अभियान सञ्चालन गरिरहेका छन् ।
नवलपुर विकास गर्ने सापकोटाका पाँच एजेन्डा
नेकपा एमाले नवलपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार भागिरथ सापकोटाले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका गर्नुभएको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा गौर नगरपालिका पहिलो, देवाही गोनाही अन्तिम
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम भएको छ। गौर नगरपालिकाले ६६ दशमलव १७ अङ्क प्राप्त गर्दै जिल्लाका स्थानीय तहमध्ये उत्कृष्ट प्रदर्शन गरेको हो।
कालीगण्डकी नदीमा चल्न छाडे स्टिमर
पहिले खाद्यान्न र खचाखच यात्रु बोक्ने स्टिमर अहिले चल्न छाडेका छन् । स्याङ्जाको आँधीमुहान मिर्मीदेखि सेतीबेनीसम्मको छ किलोमिटरको कालीगण्डकी नदीमा जल यातायातबाट पहिले खाद्यान्न र यात्रु खचाखच बोक्ने स्टिमर अहिले चल्नै छाडेका छन् ।
सिमेन्टको धुलो र धुवाँ प्रमुख चुनावी एजेन्डा बन्दै
घोराही उपमहानगरपालिका अन्तर्गतका सुनपुरका स्थानीय बासिन्दा पछिल्ला वर्षमा सिमेन्ट उद्योगबाट निस्कने धुलो, धुवाँ र ठुला तथा निरन्तरको आवाजका कारण निकै चिन्तित भइरहेका छन् ।
सप्तरी कारागारमा नेपाली सेना परिचालन
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै राजविराजस्थित कारागार कार्यालय सप्तरीमा विशेष सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नयाँ अनुहार, नयाँ चुनावी एजेन्डा
रुपन्देही निर्वाचन क्षेत्र नं. १ नेपाली कांग्रेसका एउटै उम्मेदवारले लगातार तीन पटक जितेर ह्याट्रिक गरेको क्षेत्र हो । यस पटकको निर्वाचनमा अघिल्ला चुनावमा भन्दा फरक खालको प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसका नेता दुर्योधनसिंह थारूले तीन पटक जित हासिल गरेको यो क्षेत्रमा अहिले भने धेरै जसो दलले नयाँ अनुहार उम्मेदवार बनाउँदा फरक खालको प्रतिस्पर्धा देखिएको छ । सो निर्वाचन क्षेत्रमा नेकपाबाहेक सबै दलले नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन् ।
नेपाली कांग्रेसमा आबद्ध हुन आह्वान
गगनकुमार थापाको नेतृत्वमा पार्टीलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने लक्ष्यसहित नेपाली कांग्रेसले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ ।
झापामा हात्ती मृत भेटियो
झापाको कचनकवल गाउँपालिका वडा नं. ७ स्थित दिप ज्योति सामुदायिक वन क्षेत्र भित्र एक जङ्गली भाले हात्ती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
नयाँ उम्मेदवारबिच प्रतिस्पर्धा
एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सल्यानमा फागुन २१ गते हुने निर्वाचनमा नयाँ उम्मेदवार प्रतिस्पर्धामा होमिएका छन् । दुई स्वतन्त्रसहित १२ दलका १४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
चुनावी गतिविधिमा बालबालिका प्रयोग नगर्न ध्यानाकर्षण
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशले निर्वाचन आचारसंहिताविपरीत बालबालिका प्रयोग नगर्न राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । सञ्जालले बुधबार सुर्खेतस्थित विभिन्न राजनीतिक दलका जिल्ला तथा प्रदेशस्तरीय नेतालाई ध्यानाकर्षणपत्र बुझाउँदै चुनावी प्रचारप्रसार, जुलुस, ¥याली, नारा लगाउने तथा पोस्टर टाँस्ने जस्ता गतिविधिमा बालबालिकालाई प्रयोग नगर्न आग्रह गरेको हो ।
आर्थिक सहयोग हस्तान्तरण
पुतलीबजार नगरपालिका–५, पौवैगौंडेका रमेश थापाको असामयिक निधनपछि सङ्कलित आर्थिक सहयोग परिवारलाई हस्तान्तरण गरिएको छ ।
विरासत जोगाउन कांग्रेसको कसरत
विसं २०७४ मा तत्कालीन एमाले–माओवादी गठबन्धनसँगको प्रतिस्पर्धामा कर्णाली प्रदेशबाट प्रतिनिधि सभामा नतिजाविहीन भएको नेपाली कांग्रेसले २०७९ सालमा माओवादीसहितका दलहरूसँग गठबन्धन गरेर चार सिट हात पा¥यो । आगामी फागुन २१ मा हुन लागेको निर्वाचनबाट यसअघि जितेका चार सिट जोगाउँदै नयाँ सिटमा जित निकाल्ने कसरत कांग्रेसको छ ।
तनहुँमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सुरु
तनहुँमा पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप अभियान सुरु भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा बिहीबार देखिएकै साथ सुरु गरिएको यो अभियान आगामी फागुन ५ गतेसम्म सञ्चालन हुने प्रदेश स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
निर्वाचन लक्षित सुरक्षा सतर्कतामा कडाइ
आगामी फाल्गुन २१ गते हुन् लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सुरक्षा तयारी तीव्र पारेको छ ।
खटिए निर्वाचन प्रहरी
आगामी निर्वाचनमा नेपाल प्रहरीसँग थप सुरक्षा प्रदान गर्न र नियुक्त गरिएका निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमातहतका युनिटमा खटाइएको छ । प्रहरीको छनोट प्रक्रियाबाट छनोट भएर आएका निर्वाचन प्रहरीलाई १० दिनको तालिम प्रदान गरी हाललाई मातहत युनिटमा खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनुभयो ।
बस्ती जोगाउन सक्ने उम्मेदवारलाई भोट
कञ्चनपुर निर्वाचन क्षेत्र–१ का मतदाताले जङ्गली जनावरका कारण घर, बालीनाली असुरक्षित रहेकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासको बस्ती उचित योजनासहित हात्तीबाट जोगाउन सक्ने उम्मेदवारलाई भोट दिने बताएका छन् ।
तनहुँका दुई निर्वाचन क्षेत्रका २७ सय ९१ कर्मचारी खटाइने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँका दुई निर्वाचन क्षेत्रमा दुई हजार ७९१ कर्मचारी परिचालन गरिने भएको छ । निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा खटिने कर्मचारीहरूको विवरण सङ्कलन गर्ने कार्यलाई तीव्रता दिएको छ ।
७५ हजार बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा प्रदान
काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि पाँचौ संस्करणका न्यायिक सहजकर्ताहरुलाई परिचालन गर्दैछ । यसका लागि सार्वजनिक सूचना प्रकाशन गरेर कानुन विषयमा स्नातक तह तेस्रो वर्ष पूरा गरिसकेका इच्छुक विद्यार्थीहरुलाई सहजकर्ताका रुपमा छनोट गरिएको छ ।
सप्तरी–३ मा बहुपक्षीय प्रतिस्पर्धा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सप्तरी क्षेत्र नं ३ मा बहुपक्षीय प्रतिस्पर्धा हुने भएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसबाट दिनेशकुमार
कोइरालाको विरासत फर्काउने कसरतमा कांग्रेस
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्र बाँके क्षेत्र नम्बर २ पश्चिम नेपालकै चर्चित निर्वाचन क्षेत्रमध्ये एक हो ।
बाघको आक्रमण प्रयास, ज्यान जोगाउन साढे दुई घण्टा रुखमा
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर, ३ बडाचौर जङ्गल नजिक एक व्यक्तिमाथि बाघले आक्रमण गर्ने प्रयास गरेको छ । बाघको आक्रमणबाट ज्यान जोगाउन सल्लाको रुखमा चढेका स्थानीय नारायण खत्रीलाई करिब साढे दुई घणपछि स्थानीयको सक्रियतामा सकुशल उद्धार गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा