आइतबारसम्म मतपत्र छपाइ सकिने
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ। केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र आइतबारसम्म सबै छपाइ सम्पन्न हुने जानकारी दिनुभयो ।
इरानको तनावबिच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका
संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर फोर्ड, र यसको एस्कर्ट जहाज क्यारिबियनबाट पश्चिम एसियामा तैनाथ गरिरहेको न्यु योर्क टाइम्सले शुक्रबार रिपोर्ट गरेको छ ।
यस्तो छ तनहुँ १ मा चुनावको माहोल
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै तनहुँ क्षेत्र नं १ को पनि चर्चा चुलिएको छ । चर्चा हुनुको कारण हो, उम्मेदवारको व्यक्तित्व ।
बुटवल उपमहानगर कार्यसम्पादनमा उत्कृष्ट
बुटवल उपमहानगरपालिका देशभरिका ११ उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा अगाडि देखिएको छ ।
ड्रोन विवादमा उत्तरको कडा चेतावनी
कोरियाली प्रायद्वीपमा बढ्दो तनावका बिच उत्तर कोरियाले कथित दक्षिण कोरियाली ड्रोन उडान दोहोरिए कडा प्रतिआक्रमण गर्ने स्पष्ट चेतावनी दिएको छ ।
बङ्गलादेश : जनमत सङ्ग्रहमा सुधारको पक्षमा बहुमत
बङ्गलादेशमा सम्पन्न जनमत सङ्ग्रहमा ६५.३ प्रतिशत मत संवैधानिक सुधारको पक्षमा परेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । यसले सन् २०२४ को विद्रोहपछि प्रस्तावित व्यापक राजनीतिक रूपान्तरणका एजेन्डालाई जनसमर्थन प्राप्त भएको सङ्केत दिएको छ ।
लहानका २४ वटै वडामा निःशुल्क क्यान्सर शिविर
लहान नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २४ वटै वडामा निःशुल्क क्यान्सर पहिचान तथा उपचार शिविर सञ्चालन गर्ने भएको छ ।
राजमो–नेकपाको तालमेल, अन्य दल एकल प्रतिस्पर्धामा
दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा (राजमो) ले चुनावी तालमेल गर्दा नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका साना दल एकल चुनावी मैदानमा छन् ।
धनुषा–४ मा नयाँ-पुराना अनुहार मैदानमा
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनितिक चहलपहल पनि तीव ्ररुपमा बढेको छ । उम्मेदवारहरु चुनावी कार्यक्रमअन्तर्गत कार्यकर्ता भेटघाट, सङ्गठन निर्माण र घरदैलो अभियानमा व्यस्त छन् ।
कार्यसम्पादन मूल्याङ्कनमा जुम्लाको हिमा गाउँपालिका प्रथम
कार्य सम्पादन मूल्याङ्कनमा जुम्लाका आठ स्थानीय तह मध्य हिमा गाउँपालिका उत्कृष्ट अङ्क सहित प्रथम भएको छ ।
विद्रोहपछि पहिलो चुनावमा बिएनपीको जित दाबी
बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले सन् २०२४ को विद्यार्थी नेतृत्वको विद्रोहपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा बहुमतसहित विजय हासिल गरेको दाबी गरेको छ ।
आफैलाई पेटमा छुरा हानेर एक जना गम्भीर
खोटाङमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरी गम्भीर घाइते भएका छन् । घरायसी विवादमा आफैले आफैलाई छुरा प्रहार गरेर गम्भीर घाइते भएका नुनथलाका मकरचन्द्र राईलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनबारे परामर्श
प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतस्थित स्थानीय सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श गर्नुभएको छ ।
चुनावी चहलपहलले बढायो आर्थिक गतिविधि
आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको चहलपहलले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाएको छ । चुनावको कारण चिया पसलदेखि छपाइ–प्रिन्टिङ पसल, आयल स्टोर, होटल लगायतमा आर्थिक गतिविधि बढेको देखिएको हो ।
समाजवादको नयाँयात्रा सुरु गर्ने अध्यक्ष दाहालको सङ्कल्प
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा र शुभकामना दिँदै जनयुद्धका स्मृति ताजा भएको बताउनुभयो ।
वित्त आयोगको कार्य सम्पादनमा सोलुदुधकुण्ड पहिलो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशकै पहिलो तथा देशकै चौथो उत्कृष्ट स्थानीय तह भएको छ ।
बागलुङका किशोरीलाई एचपिभी खोप लगाउन सुरु
जिल्लाका किशोरीलाई शुक्रबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्वको (एचपिभी) खोप लगाउन सुरु गरिएको छ ।
निर्वाचन रूपन्देही–२ : उम्मेदवारका बिचमा सालिन प्रचार शैली
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देही क्षेत्र नं २ का उम्मेदवारका बिचमा सालिन प्रचार शैली देखिएको छ । प्रचारप्रसारमा अन्य पार्टीका उम्मेदवारको आलोचना भन्दा आफ्ना चुनावी मुद्दालाई आम मतदातालाई बुझाउने गरी प्रचार अभियानमा उहाँहरु लाग्नुभएको छ ।
यस्तो छ आज सुनचाँदीको मूल्य
स्थानीय बजारमा आज एक तोला सुनको मोल तीन लाख तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार कायम भएको छ ।
खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश
नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ को दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्रधानमन्त्री कार्कीद्वारा पाथीभरा मन्दिरको दर्शन
पूर्वी हिमाली जिल्लाहरूको स्थलगत अवलोकनमा रहनुभएका प्रधानमन्त्री सुशीला कार्कीले पाथीभरा मन्दिरको दर्शन गर्नुभएको छ ।
बाँकेमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय
बाँकेको खजुरास्थित पेडारी नालाको छेउमा शुक्रबार बिहान फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले पड्काएर निष्क्रिय बनाएको छ ।
बदलिएको कांग्रेसले देश बदल्छ : डा. भण्डारी
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले मुलुकमा सकारात्मक परिवर्तन ल्याउन कांग्रेसको नेतृत्व सरकार आवश्यक रहेको बताउनुभएको छ। तम्घासमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता भण्डारीले बदलिएको कांग्रेसले मात्र देश बदल्न सक्ने धारणा राख्नुभयो।
कार्यसम्पादन मूल्याङ्कनमा खजुरा गाउँपालिका पहिलो
बाँके जिल्लाका आठ स्थानीय तहहरूमध्ये कार्यसम्पादन मूल्याङ्कनमा खजुरा गाउँपालिकाले ७१.९९ प्रतिशत अङ्क प्राप्त गर्दै जिल्लाकै पहिलो पालिका बन्न सफल भएको छ ।