कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा घरभित्रै पसेर हात्तीले आक्रमण गर्दा भीमदत्त नगरपालिका वडा नम्बर १४ बनकट्टीका ४५ वर्षीया धाना विष्टको मृत्यु भएको हो ।
गाउँको सरल जीवन : खर काट्ने मौसम सुरु
पहाडी जिल्लाको ग्रामीण भेगमा खर काट्ने समय सुरु भएको छ । घरगोठ छाउनुका साथै गाईवस्तुका लागि खर काट्न ग्रामीण भेगका महिला निकै व्यस्त छन् । छिमेकी सबै मिलेर खर काट्ने र त्यसलाई टौवा बनाएर स्याहार्ने गर्छन् ।
अफ्रिकन स्वाइन फिभर पुष्टिपछि बंगुरको मासु बेच्न प्रतिबन्ध
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा लाग्दै आएको साप्ताहिक हाटबजारमा बिक्री गरिएको बंगुरको मासुमा सङ्क्रमण पुष्टि भएपछि मासु बेच्न प्रतिबन्ध लगाइएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
नरहरीनाथ गाउँपालिकाद्वारा इन्धन प्रयोगमा मनोमानी : पेट्रोल र डिजेल ४० लाख खर्च
स्थानीय तहमा कुनै पनि सुशासनको प्रत्याभूती हुने गरी काम गरेको पाइदैन । खरिद निमावलीदेखि हरेक खर्च र भुक्तानी प्रक्रिया होचुवाको भरमा भइरहेको पाइन्छ ।
जनावरका लागि ‘फ्लाइओभर’ बनाइने
पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर र रत्ननगर जोड्ने निकुञ्ज क्षेत्रको कोरिडोरमा जनावर वारपार गर्न मिल्ने गरी ‘फ्लाइओभर’ निर्माण गरिने भएको छ । नारायणगढदेखि पथलैयासम्मको राजमार्ग विस्तारका
म्याद थपेको थप्यै अस्पताल अधुरै
गुल्मी अस्पताल ५० शय्यामा स्तरवृद्धि भएपछि अहिलेको भवन सेवा प्रवाहका हिसाबले सहज हुने अवस्था नै थिएन । सुरुमा जनशक्ति र उपकरण कम थिए । बिस्तारै समय अनुसारका उपचार प्रविधिको विकास र जनशक्ति वृद्धि हुँदै जाँदा सेवाग्राहीको भिड लाग्ने गरेको छ ।
प्राचीन कोलिय गणराज्यको राजधानीका भग्नावशेष फेला
पश्चिम नवलपरासीको प्राचीन कोलनगर (पण्डितपुर) मा पुरातत्व विभागले गरिरहेको उत्खननमा सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानीको महत्त्वपूर्ण भग्नावशेषहरू फेला पर्न थालेका छन् ।
नवलपरासीमा छ हजारभन्दा बढी नयाँ मतदाता थपिए
पश्चिम नवलपरासीमा आसन्न निर्वाचनका लागि छ हजारभन्दा बढी मतदाता थपिएका छन् ।
निर्वाचन सफल पार्न राजनीतिक वातावरण बनाउनु पर्छ
मुलुक निर्वाचनमय भएको छ । निर्वाचन अभ्यास, दलगत संरचना र समसामयिक राजनीतिक प्रक्रियाबारे तीव्र बहस पनि भइरहेको छ । तीन दशकभन्दा बढी समयदेखि निर्वाचन प्रणाली र लोकतान्त्रिक संस्थागत विकासमा सक्रिय रहनुभएका पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठसँग यस विषयमा विस्तृत कुराकानी गरिएको छ ।
डेङ्गु सङक्रमण बढ्दै
कञ्चनपुरमा डेङ्गु सङ्क्रमण बढ्दो क्रममा रहेको छ । पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार जिल्लामा डेङ्गु सङक्रमण दर बढ्दो क्रममा रहेको पाइएको छ । डेङ्गु सङ्क्रमणका कारण कञ्चनपुरमा गत आवमा दुई जनाले ज्यान गुमाएका छन् । पछिल्ला चार महिनामा जिल्लामा ८४ जनामा डेङ्गुको सङक्रमण देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ । महाकाली प्रादेशिक अस्पतालमा २२ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ भने पुनर्वास नगरपालिकामा ३० जना, भीमदत्त नगरपालिकामा १८ जना, वेदकोटमा चार जना, दोधारा र बेलडाँडीका पाँच/पाँच जनामा सङ्क्रमण देखा परेको छ ।
जग्गा, नाता छ तर ‘नागरिकता’ छैन ७८ वर्षीया कपेलेश्वरीसँग
आठ वर्षदेखि नागरिकताका लागि अड्डाअदालत धाउँदै आउनुभएकी ७८ वर्षीया कपेलेश्वरी यादव अझै पनि नागरिकता पाउने आशामै दिन काटिरहनुभएको छ ।
सेसेलुङ महिला गोल्डकपको खेल तालिका सार्वजनिक
कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पूजा) २०८२ को अवसर यही मङ्सर १३ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो ।
आमाछोदिङस्थित चिलिमे तातोपानीमा पुनःस्नान गर्नेको घुइँचो
यहाँस्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।
बन्दीपुरका होटलमा पर्यटक भरिभराउ हुँदा व्यवसायी उत्साहित
बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।
म्याग्दी नदीमा पानीको सतह घटेपछि पर्खाल निर्माण सुरु
सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण सुरु भएको छ ।
लोप हुँदै पानीघट्ट
सुदूर पहाडका खोलानालामा एक समय छ्यापछ्याप्ती देखिने पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् । आधुनिक प्रविधिको तीव्र विस्तार, बजार क्षेत्रमा विद्युत् आधारित पिसाइ मेसिनले गर्दा र परम्परागत सिपप्रतिको उदासीनताले पानीघट्टको अस्तित्व सङ्कटमा परेको हो ।
निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न जसपा नेपालको माग
जनता समाजवादी पार्टी (जसपा) नेपालले समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय/प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने माग गरेको छ ।
हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटासहित सात जनाविरुद्ध आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा अर्जुनप्रसाद सापकोटासहित सात जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
मुलुकको विकासका लागि सहकार्य र समन्वय गर्नुपर्नेमा जोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपाध्यक्ष डा स्वर्णिम वाग्लेले मुलुकको विकासका लागि राजनीतिक दल, नागरिक समाजलगायत सरोकार भएका निकायले एकापसमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् ।
दुई लाख पाँच हजार १६८ जना नयाँ मतदाता थप
बागमती प्रदेशको १३ जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दुई लाख पाँच जार १६८ जना नयाँ मतदाता थपिएर ३६ लाख १८ हजार ३७ पुगेको छ ।
सप्तरीमा १२ हजार ६५८ जना नयाँ मतदाता थपिए
सप्तरी जिल्लामा मङ्सिर ५ गतेसम्ममा बाह्र हजार ६५८ जना नयाँ मतदाता थपिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीको तथ्याङ्क अनुसार १२ हजार ६५८ जना नयाँ मतदाता थपिएकोमा ६ हजार ६५८ पुरूष र ६ हजार महिला रहेका छन् ।
एउटा कर्मचारीको भरमा बलेवा विमानस्थल
बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन सकेका छैनन् । जहाज नआउँदा सुनसान बनेको बागलुङको बलेवा विमानस्थलको हेरचाहको जिम्मा बलेवाका सविता शर्मा पौडेलले गर्दै आउनुभएको छ ।