शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तम्घास समाचारदाता
तम्घास (गुल्मी), फागुन १ गते । पहिले खाद्यान्न र खचाखच यात्रु बोक्ने स्टिमर अहिले चल्न छाडेका छन् । स्याङ्जाको आँधीमुहान मिर्मीदेखि सेतीबेनीसम्मको छ किलोमिटरको कालीगण्डकी नदीमा जल यातायातबाट पहिले खाद्यान्न र यात्रु खचाखच बोक्ने स्टिमर अहिले चल्नै छाडेका छन् ।
शिला शालिग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलप्रसाद भट्टराईका अनुसार मकरसङक्रान्तिका दिन पनि खासै स्टिमर नचलेको बताउनुभयो । विगतका वर्षमा अन्य समयमा नचले पनि चाडपर्वको समयमा चल्दै आएको बताउँदै उहाँले अहिले त्यो पनि घट्दो क्रममा रहेको बताउनुभयो ।
मकरसङ्क्रान्तिका दिन मुस्किलले एक सय जनाले जलयात्रा गरेको उहाँले बताउनुभयो । अहिले चलेको स्टिमरले मुस्किलले इन्धन खर्च र चालकको पारिश्रमिक मात्रै धानेको हो ।