काठमाडौँ महानगरमा कल्पना गर्न नसकिने विदेशकाे चलखेल हुन्थ्यो :शाह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन्द्र शाहले काठमाडौँ महानगरमा आफू मेयर हुँदा विदेशी चलखेल तथा हस्तक्षेप रहने गरेको खुलाउनु भएको छ ।
‘जेनजी’ आन्दोलनको क्रममा लुटिएको हतियार फेला
झापामा भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट हतियार लुट्ने कार्यमा संलग्न रहेको अरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मुलुकलाई अस्थिर बनाउने प्रयत्नलाई नेकपा एमालेलेमात्र परास्त गर्न सक्छ:ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मूलुक अप्ठेरो परिस्थितिमा गुज्रिएको र अस्थिरता कायम गराउन खोजिएकाले सबैलाई सचेत हुन आग्रह गर्नु भएको छ ।
फरार सात कैदी पक्राउ
जेनजी आन्दोलनको समयमा काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात कैदीलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा फरार भएका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
बेँसीसहरको सार्वजनिक शौचालय अलपत्र
सदरमुकाम बेँसीसहर नगरपालिका–७, स्थित सहजी बसपार्कको सार्वजनिक शौचालय अलपत्र बनेको छ । सर्वसाधारण यात्रु र स्थानीयका लागि निर्माण गरिएको उक्त शौचालय अव्यवस्थित र भद्रगोल अवस्थामा रहेको पाइएको हो ।
झापा ५ का उम्मेदवार ओली र साहको एकसाथ घरदैलो
झापाको क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल थप तातेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहले दमकमा नै चुनाव केन्द्रित घरदैलो सुरु गर्नुभएको छ ।
काठमाडौँ -५ मा प्रमुख दलका नेताकै बढी चर्चा
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्ने समय सुरु भएपछि चुनावी माहोल थप तातेको छ ।
अग्निपीडित परिवारलाई राहत वितरण
सप्तरीको छिन्नमस्ता गाउँपालिका–३, सखडाकी एक अग्निपीडित परिवारलाई राहत वितरण गरेका छन् ।
महाशिवरात्रिमा गलेश्वरधाम पुगे ३० हजार धार्मिक पर्यटक
म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा महाशिवरात्रि पर्वमा करिब ३० हजारभन्दा बढी धार्मिक पर्यटकहरुले पूजाआरधना गरेका छन् ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल चार हजार ८६० निर्धारण भएको छ ।
पन्ध्र दिवसीय मिथिला माध्यमिकी परिक्रमा सुरु
पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा सोमबारदेखि धनुषाको कौचरीबाट विधिवत सुरु भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले डोला उठाएर यसको सुरुवात गर्नुभयो ।
रौतहटका प्रत्येक वडामा मतदाता शिक्षा सुरु
रौतहटका चार वटै निर्वाचन क्षेत्र मा मतदाता शिक्षा सुरु भएको छ । जिल्लामा रहेको १८ वटा स्थानीय तहका १५७ वडामा मतदाता शिक्षा सुरु भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
जनकपुरधाममा भोलिदेखि साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै
भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले जनकपुरधाममा भोलि (मङ्गलबार ) देखि चार दिवसीय जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना हुँदैछ ।
बाँकेमा ५६ उम्मेदवारमध्ये आठ जनाले बैँक खाता खोले
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये आठ जनाले मात्रै निर्वाचन खर्च परियोजनका लागि बैँक खाता खोलेका छन् ।
मिटरब्याजी समस्या समाधानदेखि ‘झापा–२ समृद्ध, न्यायपूर्ण’ बनाउने प्रतिबद्धता
नेकपाकी नेत्री तथा झापा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार धर्मशिला चापागाईंले आफ्नो स्थानीय २० बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मिटरव्याजीहरूमाथि कारबाही गरिने बताउनुभएको छ।
बालबालिकालाई निर्वाचन गतिविधिमा संलग्न नगराउन आग्रह
प्रतिनिधि सभा निर्वाचनमा प्रचारप्रसार गर्ने क्रममा कुनै पनि राजनीतिक दलले बालबालिकाकालाई चुनावी गतिविधिमा संलग्न नगराउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
ढोग्दै उम्मेदवार, प्रश्न गर्दै मतदाता
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । मतदाताका घर घरमा पुगेका उम्मेदवारले ज्येष्ठ नागरिकलाई ढोग्ने, आशीर्वाद लिने, दुःखसुखका कुराकानी गर्ने जस्ता व्रिmयाकलापमार्फत मतदाता आफ्नो पक्षमा पार्ने कोसिस गरेका छन् ।
मुसहर समुदायको माग : शौचालयसहित सुरक्षित आवास
लगभग सतप्रतिशत सुकुम्वासी रहेका लहानका मुसहर समुदायले आसन्न प्रतिनिधिसभा निर्वाचनमा शौचालयसहितको सुरक्षित आवासको माग अघि सारेका छन्।
रुपन्देहीको चुनावी मैदान : नयाँ अनुहारबिच पेचिलो प्रतिस्पर्धा
पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीको क्षेत्र नं. १ मा यस पटक सबै नयाँ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । सबै अनुहार नयाँ भएकाले कसले जित्छ भन्ने पूर्वआकलन गर्न यहाँका मतदातालाई कठिनाइ भएको छ । नयाँ अनुहारबिचको चुनावी सरगर्मी झन् रोचक बनेको छ । अघिल्ला निर्वाचनका सदाबहार उम्मेदवार मैदानमा नउत्रिएपछि स्थापित दल र नयाँ शक्तिबिच पेचिलो भिडन्त हुने सङ्केत देखिएको हो ।
तराईसँग जोड्ने महभिर फोड्न सुरु
जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोधका रूपमा रहेको महभिर फोड्ने सुरु भएको छ । महभिरमा ठुलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन । उक्त
मध्यवर्ती क्षेत्रको पीडा : स्थानान्तरणको ग्यारेन्टी भए मात्र मत
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रका बासिन्दाले वन्यजन्तु जोखिम बढेको भन्दै आफूहरूलाई मध्यवर्ती क्षेत्रबाट अन्यत्र स्थानान्तरणको माग गरेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने दाङको दङ्गीशरण गाउँपालिका–१ को फुर्केसल्ली, बबई गाउँपालिका–१ का मलई माझगाउँ, जलजला, सिमलकुना, केउरिनी, बन्जरेलगायतका स्थानमा बसोबास गर्ने स्थानीयले मध्यवर्ती क्षेत्रबाट अन्यत्र स्थानान्तरण गर्न माग गरेका हुन् ।
चुनावी मुद्दा बनेको सडक अझै अधुरै
वडा सदस्यमा लड्ने व्यक्तिदेखि लिएर प्रतिनिधि सभा निर्वाचनसम्मका हरेक चुनावमा सबैका एजेन्डा बन्ने गरेको आम्बासा–तेलपानी हुँदै सुर्खेत जोड्ने सडक बन्न सकेको छैन । करिब पाँच दशकदेखि निर्माणको प्रतीक्षामा रहेको ४६ किलोमिटर सडक राजनीतिक दलहरूको घोषणापत्रमा दोहोरिएर आउने गरेको छ तर सडकको विषय भने कहिल्यै प्राथमिकतामा पर्न सकेको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा