विज्ञान प्रविधि प्रदर्शनी : विजेतालाई नगदसहित ट्रफी र मेडल प्रदान
मिड भ्याली माध्यमिक विद्यालय कलेजद्वारा आयोजित अन्तर विद्यालय प्रतियोगात्मक ‘विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी २०८२’ मा थिमीस्थित ग्लाड स्टोन एकेडेमीले प्रथम स्थान हासिल गर्न सफल भएको छ।
‘अनुचित तवरले मतदाता प्रभावित पार्ने प्रवृत्ति रोक्नुपर्छ’
प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसदमा पठाउनुपर्ने धारणा राख्नुभएको छ।
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ।
प्रधानमन्त्री र जेनजी अगुवाबिच भेटवार्ता
सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिनुभयो।
सनसनीपूर्ण खेलमा कर्णालीविरुद्ध विराटनगर तीन विकेटले विजयी
नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले सनसनीपूर्ण जित निकालेको छ । बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो ।
पैदलयात्रीको मोबाइल र सिक्री लुट्ने दुई जना पक्राउ
काठमाडौँमा विभिन्न स्थानमा धारिलो हतियार (चक्कु) समेत देखाइ लुटपाट गर्ने कार्यमा सङ्लग्न दुई जना पक्राउ परेका छन्।
प्रमुख शक्ति भएर देशको नेतृत्व छौं : नेता रावल
नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रमुख राजनीतीक शक्ती भएर देशको नेतृत्व गर्ने बताउनुभयो।
महिला हिंसाको ८१ प्रतिशत कारक पुरुष
महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनले महिला हिंसाका कारकमा पुरुषको हिस्सा बढी देखाएको हो । १९ प्रतिशत हिंसा भने पुरुष प्रवृत्तिको महिलाका कारण हुने गरेको जनाइएको छ ।
आगजनीबाट क्षतिग्रस्त दुहवी नगरपालिकालाई प्रदेश सरकारको सहयोग
आगजनीबाट क्षतिग्रस्त बनेको सुनसरीको दुहवी नगरपालिकालाई कोशी प्रदेश सरकारले १८ लाख रुपियाँ बराबरको कम्प्युटर तथा कार्यालय प्रयोजनमा उपयोग हुने सामग्री प्रदान गरेको छ।
लागुऔषधसहित युवा पक्राउ
बर्दियामा बाँके बैजनाथ गाउँपालिका वडा ३ बस्ने २० वर्षीय रबिन्द्रकुमार थारूलाई लागुऔषध ब्राउनसुगरसहित बर्दिया प्रहरीले पक्राउ गरेको छ ।
पहिरोमा पुरिएको कामदारको शव निकालियो
कर्णाली करिडोर अन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका –६ घाटाचौर क्षेत्रमा सुक्खा पहिरो खसेर पुरिएका कामदारको शव निकालिएको छ । बिहीबार दिउँसो कर्णाली करिडोरको घाटचौर भिरमा सुक्खा पहिरोमा पुरिएका कामदारको शब आज निकालिएको हो ।
जापानमा बेरोजगारी दर २.६ प्रतिशतमा स्थिर
जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ ।
मालढुङ्गा–बेनी सडक कालोपत्र हुँदा स्थानीय खुसी
राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोरको माथिल्लो खण्डमा पर्ने मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मालढुङ्गा–बेनी खण्डमा सडक कालोपत्र गर्ने योजना सम्पन्न हुनथालेपछि स्थानीयहरु खुसी भएका छन् ।
रेसुङ्गा र गुल्मी प्रशासन
गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गा र जिल्ला प्रशासन कार्यालय गुल्मीको दृश्य। जिल्ला प्रशासन कार्यालय गुल्मीको वालमा रेसुङ्गासँग जोडिएका आर्कषक चित्रले रेसुङ्गाको झल्को दिएको छ।
निर्वाचन प्रक्रियामा गम्भीरतापूर्वक जुट्न अपिल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीमा आयोजित सन्देश सभामा वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहद् एकता अपरिहार्य भएको बताउनु भएको छ।
मुक्त कम्लरी विद्यार्थीलाई साइकल
छात्रावासमा बसेर अध्ययनरत मुक्त कम्लरी विद्यार्थीलाई साइकल, न्यानो कपडा र नगद सहयोग गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको आर्थिक सहयोगमा कञ्चनपुरको छात्रावास ५ जना र कैलालीको छात्रावासमा रहेका १७ जना मुक्त कम्लरी छात्राहरूलाई उक्त सहयोग प्रदान गरिएको हो ।
लागू औषधसहित इलाममा चारजना पक्राउ
आठ दशमलब ७० ग्राम लागूऔषधसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय इलामले आज पक्राउ गरेको छ ।
बिहेको प्रलोभन देखाएर बालिकामाथि यौन शोषणा
हनुमाननगर कंकालिनी नगरपालिका– १४ का २२ वर्षीय परमेश्वर कुमार मुखियाले १५ वर्षीया बालिकालाई बिहेको प्रलोभन देखाएर यौन शोषण गरेको खुलेको हो।
भेनेजुएलामा लागुऔषध विरोधी ‘भूमि कारबाही’ शीघ्र सुरु हुने राष्ट्रपति ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट हुने लागुऔषध तस्करी रोक्ने आफ्नो अभियान अन्तर्गत ‘भूमिबाट’ प्रत्यक्ष कारबाही चाँडै सुरु हुने घोषणा गर्नु भएपछि कारकाससँगको कूटनीतिक तनाव अझै बढेको छ ।
एमाले ताप्लेजुङमा सर्वसम्मत प्रतिनिधि चयन
ताप्लेजुङबाट नेकपा (एमाले) को ११ औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने १२ जना महाधिवेशन प्रतिनिधि सर्वसहमतिमा चयन हुनुभएको हो ।
मलेसियामा बाढी संकट गहिरिँदैः २६ हजारभन्दा बढी विस्थापित, एक बालकको मृत्यु
मलेसियामा भीषण वर्षा र बाढीका कारण देशभर व्यापक प्रभाव परेको छ । मलक्का राज्यमा ११ वर्षका एक बालक बाढीको पानीमा बगेर मृत्यु भएको पुष्टि भएको छ ।
समलिङ्गी विवाहमा प्रतिबन्ध संवैधानिक भएको टोकियो उच्च अदालतको निर्णय
जापानको टोकियो उच्च अदालतले समलिङ्गी विवाहमा देशले लगाएको प्रतिबन्धलाई संवैधानिक ठहर गर्दै त्यसलाई विद्यमान रूपमै कायम राख्ने निर्णय गरेको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चिफ अफ स्टाफको घर र कार्यालयमा छापा
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकका घर तथा कार्यालयमा भ्रष्टाचारविरोधी एकाइले छापा मारेको छ ।
नियमित महाधिवेशनका लागि युवा विद्यार्थी भेला
नेपाली कांग्रेस निकट युवा विद्यार्थीहरुले शुक्रबार काठमाडौँमा आयोजना गरेको नियमित महाधिवेशनका लागि युवा विद्यार्थी भेलाका सहभागीहरू ।