निर्वाचनको माहोलसँगै घन्कन थाल्यो दमाहा बाजा
आफुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा यहाँका उम्मेदवारहरू घरदैलो कार्यक्रममा गाउँ बस्तीमा गएसँगै लामो समयदेखि घरमा थन्किएका दमाहा बाजा प्रयोगमा आएको हो ।
प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन बिच मङ्गलबार भेटवार्ता हुँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबिच मङ्गलबार मुम्बईमा भेटवार्ता भई भारत-फ्रान्स इनोभेसन वर्ष २०२६ को सयुक्त उदघाटन गर्ने जनाइएको छ ।
जुम्लामा ७७ हजार प्रत्यक्ष र ८० हजार समानुपातिक मतपत्र आईपुग्यो
जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि मत पत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपत्र पुगेको जानकारी गरेको हो ।
नेप्से परिसूचक आठ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ ।
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ ।
विराटनगरका सहकारी सुधारमा महानगरपालिकाको कडाइ
मोरङको विराटनगर महानगरपालिकाले अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका सहकारी संस्थामाथि नियमन कडाइ गरेको जनाएको छ ।
गलेश्वर शिवालयमा चार लाख ७० हजार बढी भेटी सङ्कलन
महाशिवरात्रि पर्वमा म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा चार लाख ७० हजार ९१६ रुपियाँ भेटी सङ्कलन भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
कैलालीमा सडक दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ ।
जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
अफगानिस्तानद्वारा युएई पराजित, दक्षिण अफ्रिका सुपर आठमा
समूह ‘डी’ अन्तर्गत सोमबार भएको खेलमा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (युएई )लाई हराएपछि दक्षिण अफ्रिकाले सुपर आठमा स्थान बनाएको हो ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल
रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका भोजबहादुर थापामगर ‘लाफा दाइ’ले आर्ट (चित्रकला) व्यवसाय सुरु गर्नुभएको २८ वर्ष पूरा भयो ।
म्यान्मारलाई सहायता रकम हस्तान्तरण
नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ ।
घर–घरमा ‘भुुईंसोरी’ सुहाङ
‘सेवारो है सेवारो, मत फेरि आएँनि’ भुुईंसोरी ढोग गर्दै हरेक मतदाताका दलिन र ढोका सम्म पुुग्ने सुहाङ नेम्वाङको भोट माग्ने शैली र कला फरक छ ।
परराष्ट्रमन्त्री बङ्गलादेश भ्रमणमा जाँदै
परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्नुहुने भएको छ ।
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ ।
मापसे गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ
मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने पाँच चालकलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेको छ ।
‘जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो’
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको छ ।
विगतमा झण्डै नौ प्रतिशत मत बदर, यसपटक घटाउने तयारी
सल्यानमा गत प्रतिनिधि सभा निर्वाचनमा उच्च बदर मत देखिएपछि यसलाई घटाउन जिल्ला निर्वाचन कार्यालय सल्यानले लक्षित कार्यक्रम अघि बढाएको जनाएको छ ।
आइपुग्यो मतपत्र बाहेकका निर्वाचन सामग्री
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय मलङ्गवा सर्लाहीमा मतपत्र बाहेकका निर्वाचन सामग्री आइपुगेको छ ।
स्याङ्जा प्रहरीद्वारा सुरक्षा व्यवस्थामा कडाइ : एकै महिनामा १७ मुद्दा र २३ पक्राउ
चुनाव नजिकिएसँगै स्याङ्जा प्रहरीले सक्रियता बढाएको छ ।
नयाँ भवनबाट इलाका प्रशासनको काम
इलामको पश्चिमी क्षेत्रलाई लक्षित गरी निर्माण गरिएको नयाँ भवनबाट आजदेखि इलाका प्रशासन कार्यालय मङ्गलबारेले प्रशासनिक काम सुुरु गरेको छ ।
काठमाडौँ महानगरमा कल्पना गर्न नसकिने विदेशकाे चलखेल हुन्थ्यो :शाह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन्द्र शाहले काठमाडौँ महानगरमा आफू मेयर हुँदा विदेशी चलखेल तथा हस्तक्षेप रहने गरेको खुलाउनु भएको छ ।
‘जेनजी’ आन्दोलनको क्रममा लुटिएको हतियार फेला
झापामा भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट हतियार लुट्ने कार्यमा संलग्न रहेको अरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।