शेरबहादुर सार्की
बाजुरा, फागुन ४ गते । बाजुराका विभिन्न गाउँ बस्तीको घरदैलोमा झुन्ड्याएर राखिएको दमाहा बाजा प्रगोगमा आउन थालेका छन् ।
आफुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा यहाँका उम्मेदवारहरू घरदैलो कार्यक्रममा गाउँ बस्तीमा गएसँगै लामो समयदेखि घरमा थन्किएका दमाहा बाजा प्रयोगमा आएको हो ।
यती बेला बाजुरामा चुनावी प्रचारप्रसारको निकै रौनकता छाएको छ । चुनावी अभियानमा गाउँमा आउने उम्मेदवारहरूलाई यही दमाहा बाजाले स्वागत गर्ने गरेपछि गाउँका दमाहा बाजाको पनि प्रयोग हुने गरेको स्थानीय बताउँछन् ।
त्रिवेणी नगरपालिका नरी नेपालीले जिल्लाका विभिन्न गाउँ बस्तीमा उम्मेदवारहरूले आफ्नो घरदैलो कार्यक्रममा सुरु गरेकाकाले गाउँ बस्तीमा पुगेपछि स्वागतका लागि आफुहरूको बाजाको पनि प्रयोग हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिला माघ फागनुमा विवाह र दशैँमा दमाहा बाजा बजाउने गरिन्थ्यो । अहिले प्राय विवाह हुँदैनन्, भएपनि सहरको ब्यान्ड बाजा ल्याउने गर्छन् । ”
यसरी गाउँमा ब्यान्ड बाजा ल्याएर बजाउने थालेपछि हाम्रो पुस्तौले जिविकोपार्जनका लागि प्रयोगमा ल्याएको यो दमाहा बाजा लोप हुने चिन्ता छ । लामो समयदेखि प्रयोगमा नआएको दमाहा बाजा यति बेला चुनावी माहोल तात्तिँदै गएपछि उम्मेदवारहरूको स्वागतका लागि प्रयोगमा हुने गरेको नेपालीले बताउनुभयो ।
यती बेला बाजुराका विभिन्न गाउँ बस्तीमा दमाहा बाजाले गुञ्जान हुने गरेका छन् । गाउँमा उम्मेदवारहरू आउँदा उहाँहरूलाई स्वागतका लागि दमाहा बाजा बजाउने गरे सँगै अहिले यहाँका अधिकाशं गाउँ बस्ती दमाहा बाजाले गुञ्मान हुने गरेका हुन् ।
त्रिवेणी नगरपालिका-२ का अर्का स्थानीय हीरा नेपालीले गाउँमा उम्मेदवार आउँदा दमाहा बाजा बजाउँनका लागि पहिला आफुलाई खबर आउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले उम्मेदवार आउँदा उनीहरूलाई स्वागतका लागि दमाहा बाजा बजाउने गर्छौं। उहाँहरूले पनि हामीलाई सो बाजा बजाएबापत रुपियाँ दिनुहुन्छ । ”
दमाहा बनाएर घरमा त्यसै राख्ने गरेका थियौं । चुनावी सगर्मी बढसँगै हाम्रो दमाहा बाजाको पनि प्रयोग हुने गरेको छ । निर्वाचन नसकिउन्जेल सम्म यो बाजा प्रयाेग हुन्छ । अहिले सबै उम्मेदवारहरू गाउँमा आउँदा स्वागतका लागि बजाउने गरेको यो बाजा पछि जितेका उम्मेदवारहरूको विजयी जुलुसमा मात्र प्रयोग हुने नेपालीले बताउनुभयो ।
त्रिवेणी नगरपालिका दलित नेटवर्क अध्यक्ष वीरबहादुर विकले पहिला गाउँ बस्तीमा विवाह हुँदा जामा लगाएर बजाइने गरेको दमाहा बाजा अहिले गाउँमा उम्मेदवारहरू आउँदा बजाउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले अधिकाशं बाजा बजाउनेलाई केही रोजगारीको अवसर समेत मिलेको छ । उनीहरुले थोरै दिनमा भएपनि बाजा बजाउने असर पाउँदा निकै खुसी छन् । आफ्नो सीपलाई प्रयोगमा ल्याउन पाउँदा उनीहरू खुसी हुने भएका हुन् ।”
दमाहा बाजा प्राय नेपाली दमाई दास नगार्जीले बजाउने विवाह दशैँ पाटी पौवामा बजाउने गर्छन् । उनीहरूका लागि यो दमाहा बाजा कमाइ खाने भाँडो पनि हो । यहाँ यो बाजा लोप हुँदै जाने अवस्था थियो ।
गत वर्षमा हामीले यो बाजालाई संरक्षण हुने गरी केही पालिकादेखि रकम माग गरेका थियौं । उता देखि रकम आउँदा अहिले यहाँका स्थानीयले पनि यो दमाहा बाजा नयाँ बनाएका थिए । अहिले त्यहि बाजा गाउँ बस्तीका विभिन्न कार्यक्रममा बज्ने गरेको विकले बताउनुभयो ।