एआईमार्फत मतदातामा भ्रम सिर्जना गरेकोप्रति ध्यानाकर्षण
विज्ञापन बोर्डले अनुगमनका क्रममा कृतिम बौद्धिकता (एआई) को प्रयोग गरि मतदातामा भ्रम सिर्जना भएको फेला पारेको भन्दै ध्यानाकर्षण गराएको छ ।
एनकेएल दोस्रो सिजन जेठमा
नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन २०८३ साल जेठ २२ गतेदेखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भएको छ ।
मस्कोस्थित कार्यालय भवनमा आगलागी, १६ जनाको उद्धार
मस्कोको उत्तरी क्षेत्रमा रहेको एक कार्यालयको भवनमा आगलागी भएको छ । समाचार तयार पार्दासम्म भवनबाट १६ जनाको उद्धार गरिएको रुसी आपतकालिन व्यवस्था मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
राष्ट्रिय हक्कीमा गण्डकीको दोहोरो जित
गण्डकी प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगितामा सोमबार दोहोरो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार देखि सुरु भएको प्रतियोगिातमा गण्डकी पुरुष/महिला दुवैमा विजयी भयो ।
मनाङ आहाराराको सेमिफाइनलमा
पोखरा रङ्गशालामा सोमबार भएको पाहुना टोली थनडरबोल्ड नर्थ युनाइटेड सिक्किम भारतलाई १–० गोलले हराउँदै मनाङले सेमिफाइनल यात्रा तय गरेको हो ।
बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
काठमाडौँ, फागुन ४ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताउनुभएको छ ।आयोगमा आज आयोजित बैंकरहरुसँगको छलफलमा उहाँले हात, हातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको बताउनुभयो । यसकै लागि आयोगले छुट्टै निर्देशिका बनाएको जानकारी उहाँले दिनुभयो ।जसअनुसार राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । निर्वाचनमा भाग लिने दल र उम्मेदवारले पहिलेका चुनावमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो ।“भूगोलअनुसार उम्मेदवारले रु २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ, उम्मेदवारको खाताबाट पैसा कता जान्छ भन्ने अनुगमन पनि यसपटक हुन्छ, आर्थिक अनुशासनका लागि यो व्यवस्था गरिएको हो”, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो ।आयोगका सचिव कृष्णबहादुर राउतले कालीकोटजस्तो दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका धेरै उम्मेदवारले अझै खाता नखोलेको बताउनुभयो ।७५३ वटै स्थानीय तहमा कुनै न कुनै बैंकको उपस्थिति रहेकाले खाता खोल्न यति असहज हुनु नपर्ने उहाँको भनाइ थियो । दल र उम्मेदवारले रु २५ हजारभन्दा धेरै रकम बैंक खाताबाट लिने र खर्च गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म ६७१ जनाले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगको प्रणालीमा सूचना प्राप्त भएको जानकारी दिनुभयो ।नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले कतिपय उम्मेदवारको राष्ट्रिय परिचयपत्र नभएकै कारण खाता खोल्न नसकेको जानकारी दिनुभयो । राजनीतिक दल र उम्मेदवारले खर्च गर्ने संयन्त्र के हुने भन्ने पनि प्रष्ट पारिनुपर्ने उहाँको भनाइ थियो ।कार्यक्रममा विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले निर्वाचन खर्च सकिएर बाँकी रहेको पैसा के गर्ने रु भनी जिज्ञासा राखेका थिए । यस विषयमा आयोगले पछि निर्णय गर्ने जनाएको छ । आयोगले यसपटक गरेको यो व्यवस्थाले सम्पत्ति शुद्धीकरण र नेपाललाई ‘ग्रे लिष्ट’बाट हटाउनका लागि पनि सहयोग गर्ने विश्वास लिइएको छ । आगामी निर्वाचनहरुमा यो व्यवस्थालाई अझै परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिइएको थियो । रासस
निर्वाचनमा बालबालिका प्रयोग नगर्ने चार दलको प्रतिबद्धता
मकवानपुर जिल्लामा क्रियाशील चार राजनीतिक दलले चुनावी प्रयोजनका लागि बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।
हिउँले रोेक्यो मतदान स्थल निरीक्षण टोलीलाई
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान स्थल सार्ने प्रस्ताव आएपछि स्थलगत अनुगमन टोली सडकमा हिउँ जमेका कारण गाउँ नपुगि फर्किएको हो ।
“हमासलाई रोक्न युद्ध आवश्यक परे पुनः सुरु हुने छ”
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित सहमतिमा कडा सर्त अनिवार्य रूपमा समावेश हुनुपर्ने बताउनुभएको छ ।
एक महिनामै ५७ नागरिक हराए, २९ भेटिए
बाँकेमा एक महिनामा ५७ जना नागरिकहरू हराएका छन् भने तीमध्ये २९ जना भेटिएका छन् ।
युद्धमा मारिएकाका परिवारलाई प्योङयाङमा आवास
रुस-युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै उत्तर कोरियाले प्योङयाङमा नयाँ आवासीय जिल्ला निर्माण सम्पन्न गरेको जनाएको छ ।
राष्ट्रिय हक्की सुरु
दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको छ ।
अमेरिकी व्यापार सम्झौतामा भारतमाथि दबाब
संयुक्त राज्य अमेरिकासँग गरिएको नयाँ व्यापार सहमतिले भारतभित्र राजनीतिक र आर्थिक बहस चर्काएको छ ।
गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव गठित शान्ति बोर्डले गाजाका लागि मानवीय र पुनर्निर्माण सहायता स्वरुप पाँच अर्व डलर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
बोन्डी बिच गोलीकाण्डका आरोपी अदालतमा
अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहुदी पर्वका क्रममा भएको सामूहिक गोलीकाण्डमा १५ जनाको ज्यान गएको घटनाका मुख्य आरोपी पहिलो पटक सोमबार अदालतमा उपस्थित भएका छन् ।
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध गरेका छन् ।
आँधी खोलामा छाडिए १२ हजार भुरा माछा
स्याङ्जाको वालिङ नगरपालिका–९ अन्तर्गत पर्ने आँधी खोलामा १२ हजार भुरा माछा छाडिएको छ ।
इरान-अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु
इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष वार्तामा सहभागी हुन जेनेभा आइपुग्नुभएको छ । उक्त वार्तामा ओमानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।
पूर्वी पृतनामा सेनाको तस्बिर प्रदर्शनी
नेपाली सेना स्थापना दिवसका अवसरमा यहाँस्थित पूर्वी पृतना हेडक्वार्टरमा फोटो तथा नेपाली सेनासम्बन्धी प्रदर्शनी सुरु भएको छ ।
निर्वाचनको माहोलसँगै घन्कन थाल्यो दमाहा बाजा
आफुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा यहाँका उम्मेदवारहरू घरदैलो कार्यक्रममा गाउँ बस्तीमा गएसँगै लामो समयदेखि घरमा थन्किएका दमाहा बाजा प्रयोगमा आएको हो ।
प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन बिच मङ्गलबार भेटवार्ता हुँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबिच मङ्गलबार मुम्बईमा भेटवार्ता भई भारत-फ्रान्स इनोभेसन वर्ष २०२६ को सयुक्त उदघाटन गर्ने जनाइएको छ ।
जुम्लामा ७७ हजार प्रत्यक्ष र ८० हजार समानुपातिक मतपत्र आईपुग्यो
जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि मत पत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपत्र पुगेको जानकारी गरेको हो ।
नेप्से परिसूचक आठ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ ।
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ ।