• ४ फागुन २०८२, सोमबार

मनाङ आहाराराको सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै मनाङ र थनडरबोल्ड नर्थ युनाइटेडका खेलाडी । तस्बिर : माधवप्रसाद बराल

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), फागुन ४ गते । मनाङ मस्र्याङदी क्लब पोखरामा जारी आहारारा पोखरा गोल्डकपको सेमिफाइनल पुगेको छ ।

पोखरा रङ्गशालामा सोमबार भएको पाहुना टोली थनडरबोल्ड नर्थ युनाइटेड सिक्किम भारतलाई १–० गोलले हराउँदै मनाङले सेमिफाइनल यात्रा तय गरेको हो । मनाङको जितमा आशीष श्रेष्ठले निर्णायक गोल गर्नुभयो । 

निर्धारित समयमा कुनै टोलीले गोल नगरपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १६ मिनेटमा आशीष श्रेष्ठले गोल गरी टोलीलाई जित दिलाउनुभयो । उहाँ प्लेयर अफ दी म्याच घोषित हुनुभयो । 

खेलमा दुबै टोलीले पाएका राम्रा अवसरलाई गोलमा परिणत गर्न भने चुकेका थिए । मङ्गलबार प्लानिङ ब्वाइज युनाइटेड र आभा फुटबल क्लब उज्वेकिस्तानबिच प्रतिस्पर्धा हुनेछ ।