• ४ फागुन २०८२, सोमबार

नयाँ भवनबाट इलाका प्रशासनको काम

blog

आजदेखि आफ्नै भवनमा काम थालेको इलामको पश्चिमी क्षेत्र देउमाई नगरपालिका स्थित मङ्गलबारेमा रहेको इलाका प्रशासन कार्यालय । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, फागुन ४ गते । इलामको पश्चिमी क्षेत्रलाई लक्षित गरी निर्माण गरिएको नयाँ भवनबाट आजदेखि इलाका प्रशासन कार्यालय मङ्गलबारेले प्रशासनिक काम सुुरु गरेको छ ।

भवन सघन सहरी तथा भवन निर्माण आयोजना झापाको प्राविधिक सहयोगमा सम्बन्धित कार्यालयको दुुई करोड रुपियाँ लगानीमा भर्खरै निर्माण सम्पन्न गरिएको भवनबाट काम सुुरु गरिएको कार्यालयका शाखा अधिकृत कमलप्रसाद भट्टराईले बताउनुभयो । 

यसअघि भाडामा रहेको कार्यालय अबदेखि आफ्नै भवनमा सरेको र जिल्लाका पश्चिमी क्षेत्रमा रहेका पालिकाहरू देउमाई नगरपालिका, माङ्गसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका सेवाग्राही प्रत्यक्ष सेवा पाउने जनाइएको छ । कार्यालयबाट नागरिकता बनाउन, राष्ट्रिय परिचयपत्रको फोटो खिचाउनेलगायतका काम इलाका प्रशासनबाटै हुने गरेको छ ।