मध्यवर्ती क्षेत्रको पीडा : स्थानान्तरणको ग्यारेन्टी भए मात्र मत
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रका बासिन्दाले वन्यजन्तु जोखिम बढेको भन्दै आफूहरूलाई मध्यवर्ती क्षेत्रबाट अन्यत्र स्थानान्तरणको माग गरेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने दाङको दङ्गीशरण गाउँपालिका–१ को फुर्केसल्ली, बबई गाउँपालिका–१ का मलई माझगाउँ, जलजला, सिमलकुना, केउरिनी, बन्जरेलगायतका स्थानमा बसोबास गर्ने स्थानीयले मध्यवर्ती क्षेत्रबाट अन्यत्र स्थानान्तरण गर्न माग गरेका हुन् ।
चुनावी मुद्दा बनेको सडक अझै अधुरै
वडा सदस्यमा लड्ने व्यक्तिदेखि लिएर प्रतिनिधि सभा निर्वाचनसम्मका हरेक चुनावमा सबैका एजेन्डा बन्ने गरेको आम्बासा–तेलपानी हुँदै सुर्खेत जोड्ने सडक बन्न सकेको छैन । करिब पाँच दशकदेखि निर्माणको प्रतीक्षामा रहेको ४६ किलोमिटर सडक राजनीतिक दलहरूको घोषणापत्रमा दोहोरिएर आउने गरेको छ तर सडकको विषय भने कहिल्यै प्राथमिकतामा पर्न सकेको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
हलियालाई छैन गाँसबास, उम्मेदवारलाई भोट पाउने आस
भोट पाउने आशामा उम्मेदवार हलिया बस्तीमा पुगे मुक्त हलिया भने गाँसबासकै चिन्ताले पिरोलिएका छन् । हलिया मुक्ति घोषणा भएको १७ वर्ष बितिसक्दा पनि उचित पुनस्र्थापना र रोजगारी नहुँदा छाक टार्नकै लागि मुक्त हलिया सडक किनारमा गिट्टी कुटेर जीविका चलाउन बाध्य छन् । नेपाल सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । सुदूरपश्चिम र कर्णाली प्रदेशका १६ हजार ९५३ जना हलियामध्ये सरकारले हालसम्म १३ हजार ५४६ जना पुनस्र्थापना गरे पनि अझै तीन हजार ४०७ जना मुक्त हलिया गाँसबासको प्रतीक्षामा छन् ।
आश्वासन मात्रै दिएको गुनासो
कैलालीको धनगढीमा रहेको रानाथारू बस्तीका मतदाताले हरेक निर्वाचनमा नेताबाट आश्वासन मात्रै पाएको गुनासो गरेका छन् । बस्तीमा बाटोघाटो र कुलो निर्माण गर्ने भनेर नेताले आश्वासन दिँदै आएको उनीहरूको गुनासो छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर–७, ८, १०, ११ लगायतका वडामा रानाथारू बस्ती रहेको छ । गाउँमा बाटो, कुलोलगायत पूर्वाधारदेखि लिएर विभिन्न क्षेत्रमा समस्या रहेका छन् ।
जुम्लामा निर्वाचनका लागि ६४८ जना कर्मचारी खटिए
जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि छ सय ४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खटिनुपर्ने छ सय ५४ जनामध्य छ सय ४८ जना सोमबार मतदान केन्द्रमा कर्मचारी खटाइएको हो ।
घरबाहिर असुरक्षा र भित्र डर
स्वास्थ्यकर्मी अनिता थापा बिहेपछि श्रीमान्को घर हुम्ला जानुभयो । घरमा महिनावारी भएपछि उहाँलाई सकस भयो । उहाँ घरभित्र बस्न चाहे पनि देवीदेवता रिसाउने र अनिष्ट हुने डर देखाउँदै परिवारले छाउगोठमा बस्न आग्रह ग¥यो । उहाँले मान्नुभएन । बाहिर कसैलाई घरभित्र बसेको थाहा नदिने र बाहिर ननिस्कने सर्तमा उहाँ महिनावारी हुँदा घरभित्रै बस्नुभयो । घरमा बस्दा उहाँको घरमा सर्प आयो ।
म्याग्दीमा निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीय रुपमा सम्पन्न गर्न म्याग्दीमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको छ ।
हुम्लामा तीन दलबिच प्रतिस्पर्धा
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मुख्य गरी जिल्लाका ठुला तीन राजनीतिक दलबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । अन्य दल चुनावी मैदानमा भए पनि मुख्य गरी कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच नै प्रतिस्पर्धा हुने देखिएको हो ।
हरिया बगानबिच शान्त राजनीति
देशका हरेक निर्वाचन क्षेत्रमा फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको रौनक बढ्दै छ । हरिया चिया बगानले भरिएको इलाममा भने राजनीति शान्त छ । कन्याम चियाबगाननजिकै होटल गरेर बस्नुभएकी अनिता लामा भन्नुहुन्छ, “अहं हाम्रोतिर अरू ठाउँको जस्तो चुनाव कहिल्यै भएन, यहाँ भोट माग्नेहरू माग्छन्, जान्छन्, दिनेहरूले पनि दिने दिन दिन्छन् अनि चुप लागेर काममै फर्कन्छन् ।”
हिउँ चितुवाबाट पशुचौपाया जोगाउनै मुस्किल
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३,छोन्हुपमा कृषकले पालेको १८ वटा च्याङ्ग्रा हिउँ चितुवाले आक्रमण गरेर मार्यो । अत्याधिक चिसोसँगै बासस्थानमा आहाराको अभावमा भौतारिँदै आएको चितुवाले गोठभित्र प्रवेश गरी च्याङ्ग्रा क्षति पुर्याएको छ ।
कोराबाटै चुनावी प्रतिबद्धता
फागुन २१ गते हुने निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ मा नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका विनोद ढकालले कोराबाटै ३० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
लालपुर्जादेखि सहिदगेट निर्माणसम्मका प्रतिबद्धता
कैलाली क्षेत्र नम्बर २ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रतिनिधि सभा उम्मेदवार बन्नुभएका नन्दबहादुर साउद (राजेन्द्र) ले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
नेपाली सेनाद्वारा एक हजार वृक्षारोपण
राजविराजस्थित नेपाली सेनाका बरख गणले विभिन्न प्रजातीका एक हजार वृक्षा रोपण गरेका छन् । सेनाले आफ्नै ब्यारेक, कारागार तथा विमानस्थल हाताभित्रको खाली जमिनमा फलफूल तथा विभिन्न प्रजातिका एक हजार बिरुवा रोपिएको बरख गणका गणपति प्रमुख सेनानी सोवितबहादुर चन्दले जानकारी दिनुभयो ।
कर्णालीको फेरी फेरिदिन मतदाताको माग
कर्णालीपारिका मतदाताहरूले कर्णाली नदीमा रहेको फेरी फेरिदिन उम्मेदवारसँग माग गरेका छन् । स्वामिकार्तिकखापर गाउँपालिका कर्णाली नदीपारि रहेको छ । यहाँका स्थानीयवासीले यसै नदीमा राखेको फेरीका सहाराले अहिले दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका छन् । यसले हिउँद महिनामा सहज हुने गरेको भए पनि बर्खाको समय फेरी बन्द हुने गरेकाले यसलाई फेरिदिन यहाँका मतदाताले उम्मेदवारलाई माग राख्ने गरेका हुन् ।
विदेशबाट फर्केकै दिन आक्रमण, हात–खुट्टा काटिए
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ३५ वर्षीय देवचन्द्र मुखिया वैदेशिक रोजगारीबाट फर्केकै दिन लुटपाट तथा ज्यान मार्ने प्रयासमा गम्भीर घाइते भएपछि दाहिने हात र खुट्टा काट्नुपरेको छ ।
गाउँमै निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन
रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश गर्न प्रोत्साहन गर्ने उद्देश्यले लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।
घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व सङ्कलन
गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो ।
नयाँ वर्षमा ‘पहाड’ प्रदर्शन घोषणा
वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी नयाँ वर्ष अर्थात् विसं २०८३ वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ ।
सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ कायम भएका कतिपय मतदानस्थल तथा केन्द्रहरू सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरीमा छन् ।
मुग्लिन–मलेखु सडकः कालोपत्र तीव्र
पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ ।
गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा
नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।
सुन्तला बेचेर रु २० लाख आम्दानी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु २० लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नुभएको छ ।
निर्वाचन खर्च पारदर्शितामा ढिलाइ
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बैतडीमा निर्वाचन खर्च पारदर्शितासम्बन्धी अनिवार्य प्रक्रिया पूरा गर्न ढिलाइ देखिएको छ ।