मतदाता शिक्षा कार्यक्रम सुरु
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्ष्य गरी निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । आइतबारदेखि देशभरि एकैसाथ उक्त कार्यक्रम सुरु गरिएको आयोगले जनाएको छ ।
मतदानका लागि उत्साहित बन्दै मतदाता
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा दाङका मतदातामाझ उत्साह बढ्दो छ । उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् भने मतदाताहरू पनि आफ्नो मताधिकार प्रयोग गर्न आतुर देखिन्छन् ।
अपरिहार्य नीतिगत बहस
प्रतिनिधि सभाको फागुन २१ गते हुने निर्वाचन नजिक आउँदै छ । सम्पूर्ण तयारी हुँदै छ । विगतमा पनि निर्वाचन नभएको होइन । संविधान सभाका निम्तिसमेत दुई पटक निर्वाचन भयो । संविधान निर्माणपछि पनि दुई पटक सङ्घीय संसद्लगायतको अनुभव छ तर यो पटकको निर्वाचन भने बेग्लै परिवेशमा हुन लागेको छ । त्यो परिवेशलाई गहन ढङ्गले बुझ्नुपर्ने हुन्छ । भदौ २३ र २४ गते मुलुकमा नवपुस्ता अर्थात् जेनजीले विद्रोह गरे
मतदाता शिक्षाको प्रभावकारिता
लोकतन्त्र केवल शासन प्रणाली मात्र होइन । नागरिक चेतनाको प्रतिफल हो । नागरिकले आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारीको सचेत रूपमा प्रयोग गरेमा मात्र लोकतन्त्र बलियो हुन्छ । निर्वाचन लोकतन्त्रको केन्द्रीय अभ्यास हो । यसलाई सार्थक बनाउने प्रमुख आधार निर्वाचन वा मतदाता शिक्षा हो । मतदाता शिक्षाबिना निर्वाचन केवल औपचारिक प्रक्रियामा सीमित हुन पुग्छ । जसले लोकतन्त्रको मर्मलाई कमजोर बनाउँछ । यही सन्दर्भमा २०८२
स्वास्थ्य बिमा सफलताका कसी
नेपालको संविधानको भाग–३, मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भनी उल्लेख गरिएको छ ।
गुल्मीमा मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन
फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतपत्र बदर हुन नदिन गुल्मीमा मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गरिएको छ ।
चुनावी घोषणापत्र र मानव अधिकार
राजनीतिमा निर्वाचनको बेला प्रायः यस्तो समय आउँछ, जहाँ परिवर्तनका सपना देखाएर उत्साहसाथ घरदैलो ढक्ढक्याइन्छ । नेपालको राजनीति पनि यसबाट अछुतो छैन । २००४ सालमा स्थानीय निर्वाचनमार्फत नागरिकले मतदान गर्ने अभ्यास सुरु भयो तर २००४ का निर्वाचनमा औपचारिक घोषणापत्र थिएनन् । दलहरू प्रतिबन्धित जस्तै थिए, त्यसैले त्यो पूर्ण लोकतान्त्रिक र दलीय अभ्यास थिएन । प्रचार, पर्चा र पम्प्ले
निर्वाचनमा सञ्चार माध्यम
मुलुकमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल छ । चियापसलदेखि चौतारीसम्म र सामाजिक सञ्जालका भित्तादेखि मिडिया प्लेटफर्मसम्मै अहिले निर्वाचनकै चर्चा छ । निर्वाचन आफैँमा जनताको सार्वभौम अधिकार प्रयोग हुने राजनीतिक प्रक्रिया र ‘लोकतन्त्रको प्राणवायु’ पनि हो । निर्वाचन आयोगमा दर्ता भएका १३६ दलमध्ये ११४ दल र तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवार मैदानमा देखिएको उत्साहले देश निर्वा
चुनावी प्रचारप्रसार सुरुः सभा र जुलुसका लागि प्रशासनको अनुमति अनिवार्य
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले चुनावी सभा गर्दा प्रशासनलाई खबर गर्न आग्रह गरेको छ । यही फागुन २१ गते हुन गइरहेको निर्वाचन कार्यतालिका अनुसार सोमबारबाट प्रचारप्रसारका लागि जुलुस, आमसभा तथा कोणसभा गर्न पाइने व्यवस्था रहेको छ ।
कांग्रेसद्वारा सङ्कल्पपत्र सार्वजनिक : स्याङ्जालाई देशकै नमुना जिल्ला बनाउने अठोट
यही फागुन २१ गते हुने सङ्घीय निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो सङ्कल्पपत्र सार्वजनिक गरेको छ । उम्मेदवारद्वय भरतराज ढकाल र प्रकाश मल्लले स्याङ्जालाई देशकै नमुना जिल्ला बनाउने अठोटका साथ शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रका महत्त्वाकाङ्क्षी योजनाहरू अघि सार्नुभएको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
तीन नयाँ चलचित्र प्रदर्शनमा
हलहरूमा यो साता तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश : च्याप्टर १’ प्रदर्शनमा आएका हुन् । ‘श्री बुकुरो : द होम कलिङ’ लाई सुदीपभूपाल सिंह, ‘बिगुल’ लाई रमेश कोइराला र ‘शिवांश : च्याप्टर १’ लाई सन्तोषकुमार आत्रेयले निर्देशन गरेका छन् । यी चलचित्र महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आएका हुन् ।
लागुऔषधसहित चार पक्राउ
रौतहट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
बालसाहित्यका तीन पुस्तक
तारकेश्वर नगरपालिका–९, मनमैँजुस्थित हिमरश्मि हाइस्कुलमा अध्ययनरत तीन विद्यार्थीको बालकथा पुस्तक सार्वजनिक गरिएको छ । विद्यालयको २५ औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा प्रा. श्यामकृष्ण विष्टले पुस्तक सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा सुजाता आचार्य (कक्षा ८) को ‘बोल्ने पुस्तक’, आयुष खत्री (कक्षा ७) को ‘मङ्गल ग्रहमा कबड्डी’ र सारिका थापा (कक्षा १०) को ‘पुतलीको चिहान’ पुस्तक सार्वजनिक गरिएको हो । विद्यालयमा आयोजित बालकथा लेखन कार्यशालामा सहभागी भई छनोट भएका विद्यार्थीको बालकथासङ्ग्रह प्रकाशन गरिएको हो ।
चार पोखरेली सर्जकको ‘दामली अक्षर’
चार पोखरेली सर्जकको संयुक्त मुक्तक सञ्चयन ‘दामली अक्षर’ सार्वजनिक भएको छ । शब्दालय पोखराले आयोजना गरेको कार्यक्रममा ईश्वरमणि अधिकारी, जीवनसागर भण्डारी, दीपक समीप र लक्ष्मण थापाको कृति लोकार्पण गरिएको हो । चार सर्जकका जीवनसाथीहरू मैयाँ थापा, रीता अधिकारी, शर्मिला श्रेष्ठ र मञ्जु अधिकारी भण्डारीले कृति सार्वजनिक गर्नुभएको हो । सबै मुक्तककारका ४०/४० गरी १६० मुक्तक रहेको कृतिको मूल्य ३३३ रुपियाँ छ ।
लोप हुने अवस्थामा करुवानाच
मगर समुदायको मौलिक संस्कृतिको पर्याय बनेको करुवानाचको उत्थान र विकासमा युवाले चासो कम देखाउन थालेपछि उक्त नाच लोप हुने अवस्थामा पुगेको छ । मगर जातिको मुख्य नाचका रूपमा स्थापित करुवानाच यसअघि निकै उत्साहजनक थियो तर अहिले गाउँ छाडेर पलायन हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेपछि पलायनले समेत नाच सङ्कटमा पर्दै जान थालेको बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीमगरले बताउनुभयो ।
नेपाल राष्ट्र बैङ्क ऐनमा दसौँ संशोधनको तयारी
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्कसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्ने विधेयकको मसौदा सार्वजनिक गर्दै सरोकारवालाबाट राय तथा सुझाव मागेको छ । राष्ट्र बैङ्क ऐन जारी भएयता नौ पटक संशोधन भइसकेको सन्दर्भमा प्रस्तावित संशोधन दसौँ हुने छ ।
राष्ट्रिय प्रसारण लाइनको परीक्षण
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको गुल्मीको रेसुङ्गा नगरपालिका–७, उनायचौर सबस्टेसनदेखि बागलुङ बुर्तिबाङसम्मको १३२ केभी राष्ट्रिय प्रसारण लाइनको परीक्षण सुरु भएको छ । यो राष्ट्रिय प्रसारण लाइनको उनायचौर र मुसीकोट नगरपालिका–१, पौदी अमराईमा गरेर दुई वटा सबस्टेसन गुल्मीमा छन् ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले सोमबाका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७२ पैसा र बिक्रीदर १४५ रुपियाँ ३२ पैसा तोकिएको छ ।
फ्रेस हाउसबाट पोल्ट्रीमा पुग्छन् भारतीय कुखुरा
भारतबाट झोलामा बोकेर ल्याएको कुखुरा सीमाक्षेत्रका फ्रेस हाउसमा जम्मा गरेर पोल्ट्रीसम्म पु¥याउने गरेको खुलेको छ । कुखुरापालन गरेर पोल्ट्रीले फ्रेस हाउससम्म वितरण गर्नुपर्नेमा उल्टै फ्रेस हाउसबाट पोल्ट्रीमा कुखुरा पु¥याउने गरेको पाइएको हो ।
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार)देखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।
मस्यौराको गुणस्तर मापदण्ड निर्धारण
सरकारले मस्यौराको गुणस्तर मापदण्ड निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐनले दिएको अधिकार प्रयोग गरी मस्यौराको गुणस्तर मापदण्ड निर्धारण गरेको हो । मापदण्ड राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा आएको छ ।
राष्ट्रिय सभाका नयाँ सदस्यको शपथ निर्वाचनपछि
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ प्रतिनिधि सभा सदस्य निर्वाचनपछि मात्रै हुने भएको छ । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन फागुन २१ गते हुँदै छ । सोही मितिदेखि राष्ट्रिय सभाका नवनिर्वाचित १८ सदस्यको कार्यकालसमेत सुरु हुने छ ।