बैतडीमा पाँच थान अवैध भरुवा बन्दुक बरामद
जिल्लाको पाटन नगरपालिका–७ उपल्लाबाटुलामा प्रहरीको संयुक्त टोलीले पाँच थान अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
हेलम्बुमा ७६ जना मोतियाबिन्दुको शल्यक्रिया
हेलम्बु गाउँपालिकामा ७६ जना मोतियाबिन्दु रोगीको सफल शल्यक्रिया गरिएको छ । हेलम्बु गाउँपालिकाद्वारा आयोजित नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा शिविरमा उक्त सङ्ख्याका मोतियाबिन्दु रोगीको सफल शल्यक्रिया गरिएको उक्त गापा अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
नेपालगन्जमा प्रहरीद्वारा पेस्तोल र गोली बरामद
केही दिनदेखि बाँकेका विभिन्न स्थानमा सुरक्षा चेकजाँच कडा पार्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट पेस्तोल र गोली बरामद गरेको छ ।
म्याद सकिनै लाग्दा तिस प्रतिशत काम
गोरखाको महत्वपूर्ण ग्रामीण पूर्वाधार मानिने अबुवाँ–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे कामको म्याद सकिनै लाग्दा जम्मा ३० प्रतिशत काम भएको छ । तीन वर्षअघि सम्झौता भए पनि ठेकेदारले निर्धारित समयमा काम अघि नबढाउँदा सडक कालोपत्रेको काम ३० प्रतिशत मात्र भएको हो ।
एमाले महाधिवेशन प्रतिनिधि छनोटमा बाजुरासहित जिल्लामा बढ्यो सक्रियता
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आगामी ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा प्रतिनिधि छनोट प्रक्रियाले देशभरि तीव्रता पाएको छ ।
विदेश छाडेर गाउँघरमा खेतीपाती
म्याग्दीको मङ्गला गाउँपालिका, सिमका ध्रुवकुमार खत्रीले यस पटक १२० मुरी धान भित्र्याउनुभयो । करिब तीन सय वर्ष पुरानो घरको तल्लो तलामा छ वटा ठुला भकारी धानले टम्म भरिएका उहाँले बताउनुभयो ।
निर्माणाधीन पुलको आधा काम सकियो
बाँकेको बघौडा हुलाकी सडक अन्तर्गत राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन पुलको निर्माण ५० प्रतिशत पूरा भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार पुल निर्माणको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी भइसकेको छ ।
गुल्मी प्रशासनमा सेवा प्रवाहलाई सहज बनाइदै
जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन महत्त्वपूर्ण कदम चाल्दै आएको छ । सेवाग्राहीहरुको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले वडाबाट सिफारिस भएको विषयमा थप निवेदन आवश्यक नपर्ने व्यवस्था गरेको छ ।
असुरक्षित भवनबाट सुरक्षाको प्रतिबद्धता
टिनको छानाभित्र जाडोयाममा धेरै जाडो र गर्मी मौसममा निकै गर्मी हुने गर्छ । मालिका गाउँपालिका–४ को अर्खबाङ प्रहरी चौकीमा बर्सातका बेला पानी परे ब्यारेकमा चुहिएर भाँडा थाप्नुपर्ने बाध्यता छ । राम्रो घेरबार छैन, हुलहुज्जत भए चौकी आफैँ असुरक्षित छ । कुनै उजुरी लिएर नागरिक आए खुला चौरमा राखेर छलफल गर्नु पर्छ । अर्खबाङ स्वास्थ्य चौकीको पुरानो भवन जीर्ण तीन कोठाबाटै अर्खबाङ प्रहरी चौकीले कार्यसम्पादन गरेको छ ।
नियम उल्लङ्घन गर्ने सवारी कारबाहीमा
ट्राफिक नियम उल्लङ्घन गरेका कारण गुल्मीमा ९५१ सवारीसाधन कारबाहीमा परेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म जिल्लामा ९५१ सवारीसाधन कारबाहीबाट नौ लाख २८ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक ज्ञानबहादुर कुँवरका अनुसार गुल्मीमा विशेष गरी ट्रक, बस, कार, जिप, ट्याक्टर, मोटरसाइकललगायतका सवारीसाधन कारबाहीमा परेका छन् ।
आजदेखि पृथ्वीराजमार्ग पूर्ण रूपमा खुला : स्तरोन्नति कार्यसँगै यात्रा सहज
पृथ्वीराजमार्गअन्तर्गत विजयपुरखोलामा निर्माणाधीन पुलमा चलिरहेको बिम राख्ने ‘ग्रीडर लन्चिङ’ कार्य सकिएसँगै आजदेखि मुग्लिन–पोखरा खण्डमा कुनै पनि प्रकारको यातायात अवरोध हटेको छ ।
भूकम्पप्रभावितको तेस्रो हिउँद पनि टहरामै
तीन वर्षअघि जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले घरबासविहीन भएका यहाँका भूकम्पप्रभावित परिवार अझै अस्थायी टहरामै बस्न बाध्य छन् ।
कोषमा सूचीकरण बढाउनुपर्ने जोड
सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारमा रहेका श्रमिकको सूचीकरण बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन् । आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक विकास मन्त्रालयले बिहीबार धनगढीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाले वैदेशिक रोजगारमा गएकाको सङ्ख्या धेरै रहेको तर कोषमा सबैलाई आबद्ध गराउन नसकिएको धारणा राखेका छन् ।
गुल्मी प्रहरीले लैङ्गिक हिंसाविरुद्ध प्रहरीलाईनै सचेत बनाउँदै
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय गुल्मीले आफ्नै प्रहरी कर्मचारीलाई लैङ्गिक हिंसाको बारेमा सचेतना दिएको छ ।
अपाङ्गता भएका बालबालिकासम्बन्धी नीति बन्दै
कैलालीका तीन पालिकामा अपाङ्गता भएका बालबालिकासम्बन्धी नीति बन्ने भएको छ । लम्कीचुहा, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा अपाङ्गता भएका बालबालिकासम्बन्धी स्थानीय नीति बन्न लागेको हो ।
एघार विद्यालय समायोजनसँगै तह मिलान
विद्यार्थी नियमित रूपमा घट्दै गएपछि यहाँका ११ सामुदायिक विद्यालय समायोजन गरिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय कञ्चनपुरका अनुसार, हालसम्म जिल्लामा ११ सामुदायिक विद्यालय समायोजन गरिएका हुन् भने झन्डै तीन दर्जन विद्यालयमा तह मिलानको प्रक्रिया अगाडि बढाइएको छ ।
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ ।
माटोका भाडा बनाएर आम्दानी गर्नुहुँदै कालिकादेवी
देउखुरीको गढवा गाउँपालिका–६, कुमाल गाउँमा प्रायः पुरुषले मात्र माटोका भाडा बनाउने काम गर्दै आएका छन् । भाडा बिक्रीका लागि महिलाले सहयोग गर्ने गरेपनि कुमाल समुदायको परम्परागत पेसाका रुपमा रहेको माटोका भाडा बनाउने काममा महिला संलग्न थिएनन् ।
सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका
नेपालकै ठूलो मानिएको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका जुटेको छ । प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको सिद्धगुफाको प्रचारप्रसार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गाउँपालिका लागिपरेको हो ।
इन्टरनेटजन्य असुरक्षाबाट बच्न डिजिटल साक्षरता कार्यक्रम
काठमाडौँ महानगरपालिकाले नगरवासीलाई विद्युतीय सेवासम्बन्धी काम गर्न सक्षम बनाउनका लागि डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिने भएको छ ।
पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी गर्दै पौवादुङमा
पकेट क्षेत्र घोषणा गरी गाउँपालिकाले लगानी बढाएपछि भोजपुरको पौवादुङमाका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । श्यामशिलाका १७ किसान अहिले सङ्गठित रूपमा किबी उत्पादनमा जुट्दै दिगो आयस्रोतको नयाँ सम्भावना निर्माण गरिरहेका छन् ।
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ
नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ ।
कार्यक्षेत्र बढ्यो, बढेन जनशक्ति
औषधी व्यवस्था विभागको कार्यक्षेत्र बढिरहेको छ तर सीमित कर्मचारी र स्रोतसाधनले गर्दा विभागले दिने सेवा प्रभावित हुन पुगेको छ । विभागमा कार्यरत कर्मचारीमध्ये
एउटै गोठमा ५७ वैदिक गाई संरक्षण
बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दू धर्ममा भगवान्को स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्र नै सञ्चालन गरेर पालिएको हो ।