उम्मेदवारको क्षमता पहिचान गर्ने कसरतमा मतदाता
‘फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सबैले भाग लिऔँ अनि मतदान गर्न आवश्यक कागजपत्र आजैदेखि जोहो गर्न थालौँ ।’ नेपाली झन्डा फहराउँदै गुडेको टुकटुक टेम्पोमा मतदाता शिक्षकले झापा क्षेत्र नम्बर ५ को कमल गाउँमा आइतबार दिउँसो मतदातालाई यसै गरी आह्वान गर्न सुरु गरे ।
नेपालमा शान्ति र समृद्धिको कामना
हरेक वर्ष झैँ यस पटक पनि भारतको उत्तर प्रदेशस्थित वाराणसीका रुद्रेश्वर गिरी पैदल यात्रा गरेरै काठमाडौँ आइपुग्नुभयो । महाशिवरात्रि पर्वमा आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नका लागि उहाँ नौ दिन पैदल यात्रा गरेर काठमाडौँ आइपुग्नुभएको हो ।
सर्लाहीमा गोली प्रहार गरी इन्जिनियरको हत्या
सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार राति गोली प्रहार गरी एक जना इन्जिनियरको हत्या भएको छ । पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको हत्या भएको हो । सिरहाको सुखिपुर नगरपालिका ६ बैशाखा घर भएका यादवलाई आइतबार राति ८ बजेतिर मलङ्गवा नगरपालिका १० देबीटोलस्थित डेरामा गोली प्रहार भएको हो ।
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज काठमाडौँको सिफलस्थित भण्डारेश्वर महादेवको दर्शन एवं पूजाआराधना गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको छ । महाशिवरात्रि २०८२ का अवसरमा आइतबार साँझ पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको हो ।
प्रलोपाको घोषणापत्र सार्वजनिक
‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
‘मतदाताले शान्ति, स्थायित्व र विकास चाहेका छन्’
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदाताले मुलुकको शान्ति, स्थायित्व र विकास चाहेको बताएका छन् । आफ्नो क्षेत्रका टोलबस्ती पुगेर मतदातासँग संवाद गर्नेक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेमकिपाको घोषणापत्र: भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरौँ
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
अनाथ बालबालिकालाई सहयोग
बर्दियामा नेपाली सेनाको २६३ औँ वार्षिकोत्सवको अवसरमा मधुवन नगरपालिका –१ पत्थरबोझीमा रहेको बालबालिका संरक्षण केन्द्रलाई खाद्यन्न, खेलकुद र स्टेशनरी सामग्रीको सहयोग गरिएको छ ।
राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको छ।
पाण्डवेश्वर महादेव मन्दिरमा रहेको त्रिशूल
दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानी परिसरमा रहेको त्रिशूल । ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातुबाट निर्मित त्रिशूल आन्तरिक पर्यटकको गन्तव्य बनेको हो।
एआई प्रतिस्पर्धामा भारतको एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ अभियान
संयुक्त राज्य अमेरिका र चीनसँगको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धामा दूरी घटाउने उद्देश्यसहित भारतले अभूतपूर्व परिमाणको ‘डाटा सिटी’ परियोजना अघि बढाएको छ ।
‘बाल क्यान्सर सुरुवाती चरणमा पत्ता लगाए निको हुन्छ’
बालबालिकामा लाग्ने क्यान्सर सुरुवाती चरणमा पत्ता लगाएमा अधिकांश क्यान्सर निको बनाउन सकिने चिकित्सक बताउँछन् ।
चीन-जर्मनी सम्बन्ध ‘नयाँ उचाइ’ तर्फ
युरोपेली सङ्घ (इयु)ले चीन र संयुक्त राज्य अमेरिका दुवैप्रति आफ्नो निर्भरता पुनःमूल्याङ्कन गरिरहेका बेला बेइजिङले जर्मनीसँगको सम्बन्धलाई ‘नयाँ स्तरमा’ पुर्याउने स्पष्ट सङ्केत दिएको छ ।
सरकारको नेतृत्व गर्ने गरी राजनीतिमा आएका हौँ : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न चाहेको बताउनुभएको छ । आइतबार काठमाडौँमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उहाँले देशको नेतृत्व गर्नकै लागि आफूहरू राजनीतिमा आएको बताउनुभएको हो ।
निर्वाचनमा महिलामैत्री वातावरणबारे सर्वेक्षण गर्न आव्हान
राष्ट्रिय महिला आयोगले निर्वाचनमा खटिएका पर्यवेक्षक तथा सम्वन्धित सबै सरोकारवालाले निर्वाचन महिला, बालबालिकामैत्री वातावरणबारे पनि सर्वेक्षण गर्न आव्हान गरेको छ ।
ल्होसार कपमा महेन्द्र ज्योति च्याम्पियन
आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
विकास कार्यक्रम कटौती गर्नु अनुचित : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सरकारमा रहँदा विकास निर्माणका लागि छुट्याएको कार्यक्रम वर्तमान सरकारले हटाएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । संसदबाट अनुमोदन भएको बजेटका विकास कार्यक्रम कटौती गर्नु अनुचित काम भएको उहाँको भनाइ छ ।
जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य होः सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताउनुभएको छ।
उपाध्यक्ष गुरुङ जनताको रोजाइको नेता : घले
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज जमिन्द्रमान घलेले पृथ्वीसुब्बा गुरुङ लमजुङको माटोसँग घुलमिल नेता हुनुभएकाले उहाँलाई जनताले सदैव सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
जाउलाखेल आहाराराको सेमिफाइनलमा
जाउलाखेल युथ क्लब पोखरामा जारी २५औँ संस्करणको आहारारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।
स्कुल भ्यान दुर्घटनाका घाइते १८ विद्यार्थी डिस्चार्ज
बिहीबार भएको स्कुल बस दुर्घटनामा धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार गराइरहेका सबै घाइते विद्यार्थी डिस्चार्ज भएका छन् ।
मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण
पोख्रेली व्यावसायिक घराना कर्माचार्य ग्रुपद्वारा स्थापित स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा ‘स्व. लक्ष्मीसुन्दरी कर्माचार्य मिर्गौला पीडित सहयोग कोष’ ले शनिबार मिर्गौला रोगीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
चुरे संरक्षण गर्न मतदाताको माग
आसन्न प्रतिनिधिसभाको निर्वाचनको तीथि नजिकिँदै जाँदा चुरे संरक्षणको मागलाई पनि वन तथा वातावरण क्षेत्रका अगुवाहरुले प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् ।