• ३ फागुन २०८२, आइतबार

विकास कार्यक्रम कटौती गर्नु अनुचित : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मतदाताहरुसँग ।

गोरखापत्र अनलाइन

दमक, फागुन ३ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सरकारमा रहँदा विकास निर्माणका लागि छुट्याएको कार्यक्रम वर्तमान सरकारले हटाएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । संसदबाट अनुमोदन भएको बजेटका विकास कार्यक्रम कटौती गर्नु अनुचित काम भएको उहाँको भनाइ छ । 

आइतबारबाट सुरु भएको दोश्रो चरणको मतदाता भेटघाटको क्रममा दमक ४ पुग्नु भएका अध्यक्ष ओलीले एमाले र एमालेका अध्यक्षसंग पूर्वाग्रही भएर विकासको कार्यक्रम कटौती गरिएको टिप्पणी गर्नुभयो । लोकतान्त्रिक धिमाल संघद्वारा संयोजन गरिएको भेटघाट कार्यक्रममा उहाँले धिमाल समुदायका संग्रहालय, ग्रामथान लगायतको विकासका लागि एमालेले प्राथमिकता दिएको बताउनुभयो । 


धिमाल समुदायको राजनीतिक पहुँच अभिवृद्धिका लागि एमालेले अगुवाइ गरेको अध्यक्ष ओलीको भनाइ छ । गत भदौ २३ र २४ गतेको घटना हुनुमा जेनजी युवापुस्ता भन्दा पनि अपराधी मानसिकताका घुसपैठियाहरुले घटना गराएको आरोप लगाउनुभयो । जेनजी पुस्ताको मागमा आफ्नो समर्थन भएको उहाँले बताउनुभयो ।