• ६ चैत २०८२, शुक्रबार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, चैत  ६ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ९२ पैसा र बिक्रीदर १४८ रुपियाँ ५२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ ६९ पैसा र बिक्रीदर १७० रुपियाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपियाँ ३९ पैसा र बिक्रीदर १९७ रुपियाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपियाँ ९१ पैसा र बिक्रीदर १८६ रुपियाँ ६६ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपियाँ ११ पैसा र बिक्रीदर १०४ रुपियाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ६८ पैसा र बिक्रीदर १०८ रुपियाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ २७ पैसा र बिक्रीदर ११५ रुपियाँ ७४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३० पैसा र बिक्रीदर नौ रुपियाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ४४ पैसा र बिक्रीदर २१ रुपियाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ४० पैसा र बिक्रीदर ३९ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ५७ पैसा र बिक्रीदर ४० रुपियाँ ७४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५० पैसा र बिक्रीदर चार रुपियाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ २८ पैसा र बिक्रीदर ४० रुपियाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५५ पैसा र बिक्रीदर ३७ रुपियाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८६ पैसा र बिक्रीदर नौ रुपियाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७३ पैसा र बिक्रीदर १५ रुपियाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ७१ पैसा र बिक्रीदर २२ रुपियाँ ८० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८८ पैसा र बिक्रीदर १८ रुपियाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रुपियाँ ४५ पैसा र बिक्रीदर ४८४ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपियाँ ७९ पैसा र बिक्रीदर ३९३ रुपियाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रुपियाँ २१ पैसा र बिक्रीदर ३८५ रुपियाँ ७७ पैसा रहेको छ । यस्तै,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस