• ३ फागुन २०८२, आइतबार

उपाध्यक्ष गुरुङ जनताको रोजाइको नेता : घले

blog

नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङ र एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घलेसहित ।

गोरखापत्र अनलाइन

लमजुङ, फागुन ३ गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज जमिन्द्रमान घलेले पृथ्वीसुब्बा गुरुङ लमजुङको माटोसँग घुलमिल नेता हुनुभएकाले उहाँलाई जनताले सदैव सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

लमजुङमा जारी चुनावी अभियानका क्रममा कार्यकर्ताहरूसँग छलफलको क्रममा उहाँले सो कुरा बताउनुभयो । नेता गुरुङ एमालेको मात्र नेता नभइ देशकै नेता रहनुभएकाले यहाँको विकास निर्माणमा सहयोग पुगेको उहाँले चर्चा गर्नुभयो । “पृथ्वीसुब्बा गुरुङ जति पटक चुनावमा उठ्नु भएपनि देश र जनताका लागि फाइदाको विषय हो । हामीले गर्वका साथ उहाँलाई अगाडि बढाइरहेका छौँ, यहाँका जनताले विकास प्राप्त गरिरहेका छन् ।” 

नेता घलेले एमाले उपाध्यक्ष गुरुङ लमजुङका लागि  ‘हेभी वेट’ उम्मेदवार भएको चर्चा गर्दै लमजुङे जनताको आवाज सुन्ने र त्यसलाई राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा उठाउन सक्ने क्षमता उहाँसँग रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार अन्य उम्मेदवारहरूको तुलनामा पृथ्वीसुब्बा गुरुङ अनुभवी, सक्षम र राष्ट्रले चिनेको नेता भएकाले उहाँलाई जिताउन आवश्यक रहेको बताउनुभयो।

उहाँले लमजुङको समग्र विकास, पूर्वाधार विस्तार र जनताको सरोकारका मुद्दालाई सशक्त रूपमा अघि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको भन्दै कार्यकर्तालाई सक्रिय भएर चुनावी अभियानमा जुट्न आग्रह गर्नुभयो। काम र एजेण्डाले जित्न नसकेपछि चरित्रहत्यामा विरोधीहरू लागेको उहाँले बताउनुभयो ।