शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन ४ गते ।राजविराजस्थित नेपाली सेनाका बरख गणले विभिन्न प्रजातीका एक हजार वृक्षा
रोपण गरेका छन् । सेनाले आफ्नै ब्यारेक, कारागार तथा विमानस्थल हाताभित्रको
खाली जमिनमा फलफूल तथा विभिन्न प्रजातिका एक हजार बिरुवा रोपिएको बरख गणका
गणपति प्रमुख सेनानी सोवितबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार रोपिएका फलफूलका बिरुवामा आँप, अम्बा, कटहर, अमला र लिच्ची रहेका छन् । त्यसैगरी टिक, खयर, लालमोहर, बेल, तेजपत्ता, साल, मलेसियन साल, कदम, सपेता र मसला लगायतका अन्य प्रजातिका बिरुवा पनि रोपिएको छ ।
महाशिवरात्रि तथा २६३औँ सेना दिवस २०८२ को अवसरमा सेनाले वातावरण संरक्षण, हरित अभियान प्रर्धन तथा स्थानीय समुदायसँगको सहकार्य सुदृढ गर्ने उद्देश्यले आइतबार वृक्षा रोपण गरिएको जनाएको छ