देवराम यादव
सप्तरी, फागुन ४ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका –३ सखडाकी एक अग्नीपीडित परिवारलाई राहत वितरण गरेका छन् । महाशिवरात्री पर्व तथा सेना दिवसको अवसरमा स्थानीय अग्नीपीडित चन्द्रकला देवी चौधरीको परिवारलाई लत्ताकपडा तथा भाँडाकुडासहितको सामग्री धर्मी हल्फा महिला विकास क्लव सप्तरीका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले राहत स्वरुप सहयोग गर्नुभएको हो ।
आगलागीमा परी विच्चलीमा परेकी छिन्नमस्ता –३ सखडाकी अग्निपीडित चौधरीलाई सहयोग स्वरूप साड़ी, बल्यांकेट, भाँडा, बाल्टिन, मग लगायतका सामग्री प्रदान गरेको इन्जिनियर यादवले बताउनुभयो । समाजसेवी इन्जिनियर यादवले पीडित परिवारको घरमै पुगेर उक्त सहयोग वितरण गरेका छन् ।
उक्त अवसरमा स्थानिय संगीता देवी, हरि नारायण यादव, राम कुमार साह लगायतका स्थानीय भद्रभलाद्मीहरुको उपस्थिति थियो । चौधरी घरमा २०८२ माघ २२ गते आगलागी हुँदा अनुमानित ५० हजारभन्दा बढीको क्षति भएको थियो ।