रत्नेचौरको तोरीबारी र धौलागिरि हिमाल
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा फुलेको तोरी र पृष्ठभूमिमा धौलागिरि हिमालको मङ्गलबार दिउँसो देखिएको दृश्य । तोरी फुलेर मनमोहक बनेको रत्नेचौरको सुन्दरताले पर्यटकलाई आकर्षित गरेको छ ।
मुलुकको समृद्धिका लागि क्रियाशील हुन पर्वले उत्प्रेरित गर्ने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति रामसहायप्रसाद यादवले माघी पर्वले मुलुकको समृद्धिका लागि क्रियाशील हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सघाउने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माघेसङ्क्रान्तिलगायत चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।
माघी पर्वले भाइचारा अभिवृद्धि गर्नेछ : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी/माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति पर्वले सम्पूर्ण नेपालीमा भाइचारा अभिवृद्धि गर्ने बताउनुभएको छ ।
माघी पर्वले सामाजिक, सांस्कृतिक सद्भाव कायम गर्नमा महत्वपूर्ण भूमिका : उपसभामुख राना
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले माघे सकराँती/माघी पर्वले सबै जातजाति तथा समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं भावनात्मक एकता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
पर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउँछः सभामुख घिमिरे
प्रतिनिधिसभा अध्यक्ष देवराज घिमिरेले माघे सङ्क्रान्ति माघी पर्वजस्ता परम्परागत चाडपर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउने बताउनुभएको छ ।
‘जातीय विविधतालाई जोगाउनु हाम्रो कर्तव्य हो ’
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा मुलुकका विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना व्यक्त गर्नुभएको छ ।
सभापति देउवाद्वारा सुख, शान्ति र समृद्धिको शुभकामना
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मकर सङ्क्रान्ति अर्थात माघे संक्रान्ति’ को अवसरमा दिनु भएको शुभकामना सन्देशमा यस पर्वले राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
‘संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक सशक्तीकरण गर्न सकिन्छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला, संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने बताउनुभएको छ ।
‘चाडपर्व हाम्रा खुसी जीवनका आधार हुन्’
मनहरी (मकवानपुर), माघ १ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालीहरूले आफ्ना विशिष्ट पहिचानहरूलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । माघे सङ्क्रान्ति एवं माघी पर्वको शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले हाम्रा विशिष्ट र मौलिक पहिचान बोकेका चाडपर्व हाम्रा खुसी जीवनका आधार हुन् भन्नुभयो । चाडपर्वले सामाजिक र राष्ट्रिय एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता कायम गर्न महत्त्वपूर्ण योगदान दिने जनाउँदै उहाँले आफ्नो मौलिकपनलाई आत्मसात् गरी समृद्धि मार्गमा अघि बढ्न प्रदेशवासी सबैमा माघी पर्वले प्रेरणा प्रदान गर्ने शुभकामना व्यक्त गर्नुभएको छ ।प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देशमा माघे सङ्क्रान्ति र माघी पर्वलाई खासगरी थारू र मगर समुदायले मनाए पनि यो पर्व सम्पूर्ण नेपालीले हासीखुसी तथा धुमधामका साथ आआफ्नै तरिकाले मनाउने प्रचलन रहेको उल्लेख गर्नुभएको छ ।थारू समुदायले माघीपर्वलाई अति उल्लासका साथ नयाँ वर्षका रूपमा नाचगान, आफन्त भेटघाट तथा खानपिन गरेर मनाउने गर्छन् । यो पर्वमा पवित्र नदी तथा त्रिवेणीमा गएर स्नान गरी घ्यू, चाकु, तीलको लड्डु, तरुल र अन्य परिकार खाएर रमाइलो गरिन्छ । देवघाट, बराहक्षेत्र, त्रिवेणीधाम, रिडीलगायत पवित्र तीर्थस्थलमा मेला लाग्ने गर्दछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण आरम्भ हुने गर्दछ ।
राष्ट्रपति पौडेलद्वारा माघे सङ्क्रान्तिको शुभकामना
काठमाडौँ, माघ १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।माघे सङ्क्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । यस पर्वलाई मुलुकका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् ।थारू समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्षका रूपमा मनाउँछन् । तराईवासीले ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदीमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रही आएको पनि राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । त्यस्तै घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी तथा खिचडी आदि परिकार खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहेको छ ।यस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिएमा नेपाललाई विश्वसामु परिचित गराउन महत्वूर्ण भूमिका रहने राष्ट्रपति पौडेलले बताउनुभयो । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले नेपालीका बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रियसभाका अध्यक्षद्वारा माघे सङ्क्रान्तिको शुभकामना
काठमाडौँ, माघ १ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव, एकअर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा माघे सङ्क्रान्ति पर्वको महत्वपूर्ण योगदान रहने बताउनुभएको छ । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज दाहालद्वारा जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालमा बसोबास गर्ने विविध जाति, जनजाति समुदायले आआफ्नो ऐतिहासिक मान्यता र परम्परा रहेको उल्लेख गरिएको छ । “आजका दिन मनाइने माघे सङ्क्रान्ति पर्वमा सबैलाई सुख, शान्ति र समृद्धि प्राप्त होस्”, सन्देशमा भनिएको छ ।“नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षको उपलब्धिका रुपमा रहेको हाम्रो संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको राष्ट्रिय एकतालाई आत्मसात् गरेकाले विविध भाषा, संस्कृति, चाडपर्व र परम्परा हाम्रा पहिचान हुन्”, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले थारू समुदायले माघी ‘माघे सकराँती’ भनेर मनाउने यो पर्वलाई नयाँ वर्ष आरम्भका रूपमा लिने भन्दै यो पर्वलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभयो । उहाँले थारू र मगर समुदायले बितेको वर्षको समीक्षासहित आजका दिनदेखि आगामी वर्षको कार्ययोजना बनाउने जनाउँदै अन्य समुदायले आ–आफ्नो परम्परा, विशेषता अनुसार हर्षोल्लासपूर्वक मनाउने बताउनुभयो ।यस पर्वमा तिल, तरुल, घिउ, चाकु, सख्खरका परिकारहरू बनाएर खाने, विभिन्न सांस्कृतिक महोत्सव र झाँकी, पूजाआजा, पारिवारिक भेटघाट, सामाजिक पुनर्मिलन, धनुषवाण हान्ने खेललगायत क्रियाकलाप गरेर मनाउने गरिन्छ ।
‘राष्ट्रिय एकता कायम गर्न केन्द्रित हुन्छ पिएसबी’
रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण नेपालमा रुपान्तरण भए पश्चात् विभिन्न दस सत्रमा गहन छलफलसहित पिएसबी पूर्वारम्भ (प्रि–लन्चिङ) कार्यक्रमको आयोजना हुँदैछ ।
बाढी पहिरोका कारण ३८१ सडक, पुल लगायतका पूर्वाधारमा क्षति
सरकारले चालु वर्षको वर्षा याममा आएको बाढी पहिरोका कारण ३८१ सडक र पुल लगायतका पूर्वाधारमा क्षति भएको जनाएको छ । सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।
राष्ट्रिय वाणिज्य बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोरः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर रहेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भूटानभन्दा पनि कमजोर रहेको बताउनुभएको हो ।
युक्रेनसँगको युद्धमा तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु
युक्रेनसँगको युद्धमा तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।
लस एन्जलस आगलागी : विस्थापितलाई तत्काल घर फर्काउन नसकिने
लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका कारण आफ्नो घरबाट विस्थापित भएका दशौँ हजार मानिस कम्तीमा चार दिनसम्म घर फर्कन नसक्ने अधिकारीहरूले आइतबार बताएका छन् ।
देवघाटमा महाउत्सव हुने
तनहुँको देवघाट गाउँपालिका–५ देवघाटमा एक महिने महाउत्सव हुने भएको छ ।
विश्वका घुम्नलायकको सूचीमा लुम्बिनी
बुद्ध जन्मस्थल लुम्बिनी विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा परेपछि यस क्षेत्रीमा खुशी छाएको छ । खासगरी पर्यटक व्यवसायी यसबाट खुशी छन् ।
क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने
पश्चिमी सीमा नाका झुलाघाटस्थित महाकाली भन्सारमा क्वारेनटाइन नहुँदा तरकारी ल्याउँदा विवाहको कार्ड देखाउनुपर्ने अवस्था सिर्जना भएको छ । सीमा नाकामामा क्वारेनटाइन मात्रै होइन, अन्य वस्तु चेकजाँचका लागिसमेत नेपाली सुरक्षाकर्मीसँग स्क्रिनिङ जस्ता कुनै उपकरण छैन । झुलाघाटमा रहेको सटही काउन्टरसमेत बन्द हुँदा झन् समस्या भएको छ । सटही काउन्टर द्वन्द्वमा बन्द भएको थियो ।
विवाह गर्न सिफारिस अनिवार्य
जाजरकोटको एक वडाले विवाहको लागि अनिवार्य रुपमा वडाको सिफारिस लिनु पर्ने निर्णय गरेको छ । जिल्लाको नलगाड नगरपालिका वडा नं ४ ले आफ्नो वडा भित्र हुने विवाहका लागि अनिवार्य रूपमा वडा कार्यालयको सिफारिस लिनु पर्ने निर्णय गरेको हो ।
योग भूमिको नेपाली पहिचान
योग नेपाली भूमिमा प्रादुर्भाव भई विश्वमा फैलियो । ध्यान र योग प्रादुर्भाव भएको पवित्र भूमिका बारेमा हामी सबैले शास्त्रीय प्रमाण सङ्कलन गरी विश्व समुदायमा व्यापक प्रचारप्रसार गरेर ध्यान र योगको गन्तव्य स्थान नेपाललाई बनाई विदेशी पर्यटकको बसाइ लम्बाउने प्रभावकारी योजना र पूर्वाधार विकास गर्नु आवश्यक छ । त्यसका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त योग शिक्षक उत्पादन गरौँ । पर्यटन उद्योगमा ध्यान र योगका लागि आवश्यक संरचना थप गरौँ ।नेपालले भोलि १० औँ राष्ट्रिय योग दिवस भव्यताका साथ मनाउँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योग दिवस मनाउन मूल समिति गठन गरेको छ । यस वर्षको राष्ट्रिय योग दिवसको आदर्श वाक्य ‘स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ रहेको छ । योगले व्यक्ति, परिवार, समाजलाई निरोगी र चरित्रवान् बनाई राष्ट्रलाई समृद्धको बाटोमा डो¥याउँछ । अल्पविकसित राष्ट्रका युवालाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । युवामा प्रशन्नता र विश्वासको खडेरी परेको छ । परिवार, समाज, संस्था र व्यवस्थाले युवा भविष्य सुरक्षित गर्छ भन्नेमा ढुक्क हुन सकिरहेका छैनन् । युवा देशबाट बाहिरिने व्रmम हरेक वर्ष बढिरहेको छ । हामीले समयमै युवा देशबाट बाहिरिने व्रmम भङ्गताको उपाय नखोज्ने हो भने हाम्रो समृद्ध नेपालको सपना साकार हुन सक्दैन । युवा शक्तिलाई परिवार, समाज, संस्था र व्यवस्थाप्रति पूर्ण रूपमा निर्भर हुने, उनीहरूको बदलिँदो चाहना र आशा पूरा गर्दै प्रसन्नताको स्तर बढाउन ध्यान दिनुपर्ने छ । योग तथा ध्यानले प्रत्येक व्यक्तिलाई शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलाको विकास गराउँछ । योग, प्राणायाम तथा ध्यानले हामीभित्रै रहेको आनन्दको अथाह खानीको उत्खनन गर्ने छ । आनन्दको खानीको केन्द्रविन्दुमा अवस्थित वास्ताविक मानवताको उजागर भएपछि मात्रै आत्मा विश्वास, मनोबल, धैर्य, विवेक बुद्धि जस्ता गुण हामीमा विकास हुने छ । अहिलेको समाज मलिन वासनाबाट ग्रसित छ । आफू र आफ्ना नजिकका व्यक्तिको भलाइबाहेक अन्य विषयप्रति हामी सजग छैनौँ । हामी आफ्नो क्षणिक खुसी तथा सुखका लागि अरूको खुसी तथा सुखको बलिदान गराउन पछि पर्दैनौँ । कालन्तरमा जस्तोसुकै मूल्य चुकाउनु परे पनि हामी वर्तमानमा मात्रै रमाई आफ्नो स्वार्थपूर्ति गर्न तल्लीन छौँ । युवामा नैराश्यता, चिन्ता र तनाव व्याप्त छ । मानसिक कष्ट तथा विक्षिप्तताले गर्दा समाजमा हिंसाले फल्ने, फुल्ने र झ्याङ्गिने ऊर्जा पाइरहेको छ । आपसी द्वन्द्व, मतभेद, जातीयता, रङ्ग र धर्मको विभेदको खाडल दिन प्रतिदिन गहिरिँदै गएको छ । योग, प्राणायाम र ध्यानले शरीर र मनलाई हलुका र तनावरहित बनाउँछ । विश्वमा अहिंसाको वकालत गर्ने छ । आपसी सद्भाव र करुणाको कारण हिंसावादी सोचमा कमी आई जातीयता, धर्म र क्षेत्रीयताको विभेदबाट हामीलाई विमुख गराई शान्तिपूर्ण बाटोतिर जान दिशा निर्देश गर्ने छ । कारण यागले तीन प्रकारको शान्तिलाई प्रवर्धन गर्छ ः पर्यावरण शान्ति, भावनाको शान्ति र आत्मिक शान्ति । विश्वलाई योगले यसरी एउटै शान्तिको चौतारीमा राखी विश्व शान्तिका लागि अतुलनीय योगदान दिन सक्छ । मलिन वासनाको नकारात्मक ऊर्जाको प्रभावले विश्वमा शक्ति र प्राकृतिक स्रोतको अधिकतम सञ्चय गर्ने परिपाटीले वातावरणीय असन्तुलन, प्राकृतिक स्रोतको डरलाग्दो दोहन हुन पुगेको छ । मानव र ब्रह्माण्डकै भविष्यमा नै प्रश्न चिह्न खडा हुने स्थितिको सिर्जना भइरहेको छ । योग, प्राणायाम र ध्यानले वातावरणीय सन्तुलन, प्राकृतिक स्रोतको सही उपभोग र दिगो विकासका लागि पनि अहम् भूमिका खेल्छ । योग, प्राणायाम र ध्यानको अभ्यास गर्ने व्यक्ति नेतृत्वदायी भूमिकामा पुगेमा उनीहरूले मिथिलाधीशका विवेकी राजा जनक जस्तै विशुद्ध भावनाबाट ओतपोत भएको समाज नै सिर्जना गर्न सक्ने छन् । जब हाम्रो समाजमा शुद्ध वासनाको सकारात्मक ऊर्जाको प्रभाव बढ्छ तब व्यक्तिहरूले आफ्ना लागि जति आवश्यक छ त्यति मात्रै शक्ति र प्राकृतिक स्रोतको प्रयोग गर्ने परिपाटीको विकास हुने छ । अर्को शब्दमा भन्ने हो भने हामीमा पन्छी प्रवृत्तिको विकास हुने छ । अधिकांश पन्छीले आफूलाई त्यस छाकका लागि जति आवश्यक छ त्यति मात्रै ग्रहण गर्छ । उसले भोलि र सन्ततिका लागि भनेर जगेर्ना गरेर राख्दैन । आज विश्वमा करिब आठ अर्ब २० करोड जनसङ्ख्या रहेको छ । ३० करोड व्यक्तिले दैनिक योग गर्छन् । २७ करोड ५० लाख मानिस ध्यान गर्छन् । छिमेकी मुलुक भारतका करिब १५ करोड व्यक्ति योग गर्छन् । त्यस्तै छिमेकी मुलुक चीनका एक करोड व्यक्ति योग गर्छन् । अमेरिकामा तीन करोड ६० लाख व्यक्ति दैनिक योग गर्छन् । अमेरिकामा पाँच युवामध्ये एकमा मानसिक तनाव छ । त्यस्तै चीनमा १० जनमा एक जनालाई मानसिक तनाव छ । विश्व समुदायले स्वास्थ्य र फिटनेस अन्तर्गत योग र ध्यानलाई प्राथमिकतामा राखी करिब दुई सय १५ अर्ब डलर सन् २०२५ मा खर्च गर्ने तथ्याङ्कको विश्लेषणबाट देखिन्छ । योग र ध्यानलाई पर्यटन उद्योगसँग जोडेर हेर्न आवश्यक छ । यसो गर्न सकेमा योग विदेशी मुद्रा आर्जन गर्ने भरपर्दो स्रोत बन्न सक्छ । नेपालको भौगोलिक र जातीयताको विविधता, छ वटा मौसम, लाइट (गौतम बुद्ध), हाइट (सगरमाथा) नेपालको पहिचान हो । त्यस्तै यो त्यस्तो पवित्र भूमि हो जहाँ भगवान् शिवले माता पार्वतीलाई पहिलो पटक विज्ञान भैरवतन्त्रको ११२ वटा ध्यान विधिको शिक्षा दिनुभयो । योग नेपाली भूमिमा प्रादुर्भाव भई विश्वमा फैलियो । ध्यान र योग प्रादुर्भाव भएको पवित्र भूमिका बारेमा हामी सबैले शास्त्रीय प्रमाण सङ्कलन गरी विश्व समुदायमा व्यापक प्रचार प्रसार गरेर ध्यान र योगको गन्तव्य स्थान नेपाललाई बनाई विदेशी पर्यटकको बसाइ लम्बाउने प्रभावकारी योजना र पूर्वाधार विकास गर्नु आवश्यक छ । त्यसका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त योग शिक्षक उत्पादन गरौँ । पर्यटन उद्योगमा ध्यान र योगका लागि आवश्यक संरचना थप गर्ने । हाल नेपालमा भइरहेका र सञ्चालनमा रहेका योग र ध्यान केन्द्र र शिविर, तालिम केन्द्र र गुरुकुललाई हामीले विश्वको आवश्यकता सम्बोधन गर्ने गरी स्तरोन्नति गर्ने । स्तरोन्नति गर्दा ध्यान र योगमा महिलाको उपस्थिति उल्लेखनीय रहेकाले महिलामैत्री वातावरण बनाउनुपर्ने प्राप्त तथ्याङ्कको विश्लेषणले देखाउँछ । समृद्ध नेपालको सपना पूरा गराउन हामीले हरेक दिन केही समय आफ्नो शरीरका लागि छुट्याउनु पर्छ । ध्यान र योगलाई दिनचर्याको महìवपूर्ण पाटो बनाउन सके स्वास्थ्य जीवन जिउन मात्रै होइन, मनलाई शान्त र स्थिर बनाउन सघाउँछ । आपसी मतभेद र नकारात्मक कुरालाई मनबाट फाल्न महìवपूर्ण भूमिका खेल्छ । अन्त्यमा विशेष गरेर तेस्रो विश्वका देशले योगलाई केवल शारीरिक व्यायमका रूपमा मात्रै बुझेका छन् । योग भनेको विभिन्न रोगको निदानका लागि गरिने आसन मात्रै हो भन्ने बुझाइको कारण नै योगमा पुरुषभन्दा महिला सहभागिता बढी भएको देखिन्छ । विश्वमा करिब योग र ध्यानमा महिलाको सहभागिता ८० प्रतिशतको हाराहारीमा छ । नेपालको परिपेक्ष्यमा योग शिविरमा उपस्थिति विवरण केलाउँदा ९० प्रतिशत महिला र केवल १० प्रतिशत पुरुष देखिन्छन् । बाह्य समाज र युवाको योगको बुझाइलाई वैदिक सनातन परम्परा र ऋषि महर्षिका विविध पक्षको विश्लेषण गरेर गलत धारणालाई चिर्नु पर्छ । योगिश्वर याज्ञवल्क्यले योग हाम्रो चित्तवृत्तिलाई विषयान्तरबाट हटाएर केवल आत्मामा स्थिर बनाउने प्रभावकारी साधन हो भनी उल्लेख गर्नुभएको छ । अर्को शब्दमा विषयान्तरबाट हटेर जीवको परमात्माका साथ संयोग नै योग हो । योगले हामीभित्र भएको मनलाई वृत्तिहीन स्थितिमा पु¥याएर परमात्मामा एकीकृत गराउँछ । योग साधक तथा साधिकालाई ब्रह्म ज्ञानी बनाउँछ । हामीभित्र भएका अवगुणलाई आत्म साक्षात्कार गराउँछ । मनका सम्पूर्ण विकार हटाई विश्वमा शान्ति ल्याउन बल पु¥याउँछ ।