मानहानि मुद्दामा राहुल गान्धीलाई जमानत
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको दल भारतीय जनता पाटी (भाजपा) माथि भ्रष्टाचारको आरोप लगाएको आरोपमा विपक्षी नेता राहुल गान्धीविरुद्ध दायर गरिएको मानहानिको मुद्दामा भारतको एक अदालतले शुक्रबार उहाँलाई जमानत दिएको छ ।
शुक्लाफाँटामा दोस्रो पटकको गणनामा पाँच खरमुजुर भेटियो
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दोस्रो पटक गरिएको गणनाको क्रममा पाँच खरमुजुर भेटिएका छन् ।
नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक गुप्ता अख्तियारको नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बचेनप्रसाद गुप्तालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
भाषा सङ्ग्रहालय स्थापनाको माग
नेपालमा बोलिने जातजातिको भाषा र पहिचान जोगाउन भाषा सङ्ग्रहालयको स्थापनाको माग आदिवासी अगुवाहरुले गरेका छन् । आदिबासी जनजाति आयोगको आयोजनामा यहाँ आयोजित ‘भाषा संग्रहालयको अवधारणा’ अन्तरक्रियामा वक्ताहरुले सो माग गरेका हुन् ।
नेपाल बैंक शैक्षिक छात्रवृत्ति स्थापनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
नेपाल प्रहरी र नेपाल बैंक लिमिटेडबिच ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
११ जनाको नक्कली नागरिकता रद्द
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११ जनाको नक्कली नागरिकता रद्द गरेको कार्यालयले जनाएको छ ।
भाजपा नेता मोदीले राष्ट्रपतिलाई गठबन्धन सम्झौता प्रस्तुत गर्ने
भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा भएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का नेता नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपतिसँग गठबन्धन सम्झौता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
मधेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । मुख्यमन्त्री सिंहले शुक्रबार १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
पुनः मतगणना आदेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा
उच्च अदालत पोखराको व्यास नगरपालिकाको प्रमुखको पदको पुनः मतगणना गर्ने आदेशका विरुद्ध तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने सर्वाेच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको छ ।
१० दिनदेखि आमाछोरा बेपत्ता
रुकुम पश्चिमको मुसीकोटबाट ६ वर्षीय छोरासहित एक महिला बेपत्ता भएका छन् । मुसीकोट नगरपालिका –१ मठ निवासी २२ वर्षीया मञ्जु सार्की खड्का आफ्नो ६ वर्षको छोरा प्रतिक खड्कासँगै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ९ रजैयास्थित पूर्वपश्चिम सडकखण्डमा शुक्रवार बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
कास्कीमा राष्ट्रिय परिचयपत्र सेवा बिहान ८ बजेदेखि
कास्की प्रशासनले राष्ट्रिय परिचयपत्र लिनका लागि बिहान ८ बजेदेखि नै सेवा दिने भएको छ । राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन सेवाग्राहीको भीड लाग्न थालेपछि सेवाको समय परिमार्जन भएको निर्णय प्रशासनले जनाएको छ ।
यो गठबन्धन आउने निर्वाचनसम्मै जान्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्य राजनीति गर्न बिपक्षी दललाई अनुरोध गर्नु भएको छ । भरतपुर विमानस्थलमा शुक्रबार सन्चारकर्मी सङ्ग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष यादवद्वारा दायर रिटमा सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गर्नुभएको रिटमा सुनुवाइ हुँदैछ ।
थानकोट–चन्द्रागिरि–चित्लाङ सडक असार २० सम्म बन्द
थानकोट–चन्द्रागिरि–चित्लाङ सडक (गणेशमान सिंह मार्ग) निर्माण एवं मर्मतसम्भारका क्रममा शुक्रबारबाट बन्द हुने भएको छ । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको थानकोट–चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, स
पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी
पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो ।
विषादी परीक्षण गर्न एक जना प्राविधिक
नेपालगन्जको प्रमुख तरकारी मन्डी (बजार) रानीतलाउमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालयका एक जना प्राविधिक सहायकको भरमा सञ्चालन भइरहेको छ । भारतबाट आउने ठुलो परिमाणको तरकारी र फलफूलमा विषादी परीक्षणका लागि केन्द्रीय तरकारी मन्डी रानीतलाउमा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा जनशक्तिको अभाव देखिएको छ ।
आदिवासी मुद्दाको सम्बोधन
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सन् २०२४ अप्रिल १५ देखि २६ सम्म आदिवासी सवालसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्च (युनाइटेड नेसन्स परमानेन्ट फोरम अन इन्डिजेनस इस्युज (युएनपिएफआइआई) को २३ औँ वार्षिक सम्मेलन सम्पन्न भयो । यस सम्मेलनको नारा : ‘आदिवासी समुदायको अधिकारसम्बन्धी संयुक्त राष्ट्रस
नयाँ प्रतिबद्धतासहितको बजेट
विकासोन्मुख देशमा, आर्थिक गतिविधिको उच्च अनुपात प्रत्यक्ष वा परोक्ष रूपमा सरकारद्वारा नियन्त्रित हुन्छ, जहाँ राजनीतिक प्रक्रियाले स्रोतको बाँडफाँट निर्धारण गर्छ । विकसित देशमा बजेट भनेको करदाता र तिनका प्रतिनिधिले सरकारको वित्तीय गतिविधिलाई नियन्त्रण गर्ने, विभिन्न क्षेत्रबिच सार्वजनिक शक्ति बाँडफाँट गर्ने र नियन्त्रण र सन्तुलनको प्रणाली सिर्जना गर्ने संयन्त्र हो । नेपालमा राष्ट्रिय विकासको आर्थिक आधार निर्माणमा केही उपलब्धि भएका छन् । उदाहरणका लागि, यसले नयाँ र भरपर्दो उत्पादनका रूपमा जलविद्युत्, सिमेन्ट र फलामको स्टिल निर्यात
वैदेशिक रोजगारदाता कम्पनीको मागपत्र अनलाइनबाटै प्रमाणीकरण
वैदेशिक रोजगारदाता कम्पनीहरूले अब सिधै अनलाइनमार्फत वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण गर्न पाउने भएका छन् । हालसम्म सम्बन्धित दूतावास तथा कन्सुलर विभागमा भौतिक रूपमा उपस्थित भएर कागजी प्रक्रियामार्फत भइरहेको प्रमाणीकरण अब अनलाइनबाट हुने भएको हो ।
मर्मत भएन मौसमी राडार
मौसम पूर्वानुमानका लागि राखिएको सुर्खेतको मौसमी राडार बिग्रेको दुई वर्ष हुँदा पनि हालसम्म मर्मतसम्भार हुन सकेको छैन । मर्मतसम्भारका लागि बजेट अभाव भएको भन्दै सम्बन्धित निकायले हालसम्म पनि मर्मतसम्भार गर्न सकेको छैन । वर्षायाममा हुन सक्ने विपत्बाट बचाउन तत्कालको मौसम पूर्वानुमान गर्न सो मौसमी राडरको स्थापना गरिएको थियो ।
खुलामा प्रतिस्पर्धा, आरक्षणमा न्यून उत्तीर्ण
शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षकमा माग गरेकामध्ये ७५९ पद पूर्ति भएको छैन । प्राथमिक तहमा सात हजार ८८२ पदका लागि विज्ञापन गरिएकामा सात हजार १२३ जनाको मात्र सिफारिस भएर पदपूर्ति भएको हो । आयोगले माग गरे अनुसार नियुक्तिका लागि सिफारिस गर्न नसकेका पद आरक्षित सिटका हुन्, जहाँ आवेदक र प्रतिस्पर्धी नै कम थिए । जब कि खुलातर्फ प्रतिस्पर्धा गरेका उम्मेदवारबिच नियुक्तिका लागि चर्को प्रतिस्पर्धा देखिएको छ । आरक्षण कोटामा भने मागभन्दा निकै कम मात्रै उम्मेदवार उत्तीर्ण भएपछि आयोगले ती कोटालाई समेत खुलामा गाभेर पदपूर्ति गर्ने गरेको छ । जसका कारण खुलामा माग गरेभन्दा बढी शिक्षक नियुक्तिका लागि सिफारिसमा पर्ने गरेका छन् ।
गृहमन्त्री लामिछानेले राजनीतिक दलसँग मागे विपदमा खट्ने स्वयंसेवक
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरूसँग प्राकृतिक विपद्को समयमा स्वयंसेवकको भूमिका गर्ने व्यक्तिहरूको विवरण माग गर्नुभएको छ ।
थानकोट–चन्द्रागिरि–चित्लाङ सडक भोलिदेखि बन्द
थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नतिको क्रममा भोलि शुक्रबारबाट बन्द हुने भएको छ । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको थानकोट–चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्नेलगायतको मर्मतको काम गर्न शुक्रबारदेखि असार २० गतेसम्मका लागि दिउँसोको समयमा बाटो बन्द गरिने भएको हो ।