जुवा खेल्ने अस्ट्रेलियालीको सङ्ख्या बढ्दै
जोखिमपूर्ण स्तरमा जुवा खेल्ने अस्ट्रेलियालीहरूको सङ्ख्या बढ्दै गएको नयाँ तथ्याङ्कले देखाएको छ । नयाँ प्रतिवेदनअनुसार अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) मा जुवा अनुसन्धान केन्द्रद्वारा प्रकाशित गरिएको थियो ।
कृषि मन्त्रालयका कर्मचारी पुनः धर्नामा
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कर्मचारीहरुले पुनः धर्ना सुरु गरेका छन् । विगत एक महिना यता प्राविधिक समूहतर्फका कर्मचारीहरुले धर्ना गरिरहेका हुन् ।
तोलामा एक हजार छ सयले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४९ हजार चार सय निर्धारण भएको छ ।
सङ्क्रमणकालीन न्याय विधेयकमा तीन दलबिच सहमति
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरुबिच सहमति जुटेको छ ।बिहीबार सिंहदरबारमा बसेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलको बैठकबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति गरिएको हो ।
सरकारको मार्गचित्र
प्रतिनिधि सभामा दोस्रो ठुलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली असार ३० गते मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुनुभएलगत्तै प्रतिनिधि सभाबाट दुई तिहाइभन्दा बढीको विश्वासको मतसमेत प्राप्त गरिसक्नुभएको छ । चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त ओलीले दुई वर्ष आफू प्रधानमन्त्री रहने स्पष्ट गरिसक्नुभएको छ । प्रतिनिधि सभामा पहिलो र दोस्रो ठुलो दलबिचको समीकरणका कारण उहाँको यो कार्यकाल यसअघिका कार्यकालभन्दा भिन्न हुने आमअपेक्षा छ । प्रधानमन्त्री स्वयम्का अभिव्यक्तिले पनि यसको पुष्टि गरिसकेका छन् । उहाँले मङ्गलबार सिंहदरबारस्थि
सत्ता सङ्घर्षमा प्रेस स्वतन्त्रता
पत्रकारिता वा सञ्चार क्षेत्र हरेक राज्यसत्तामा सधैँ प्रतिपक्ष हुन्छ । मिडिया आफ्नो गर्भ सिद्धान्तको यो मूलभूत दायित्वबाट कहिल्यै विचलित हुनुहुँदैन भन्ने विश्वव्यापी मान्यता पनि हो । प्रतिपक्षीय भूमिकालाई आलोचनाको अस्त्रका रूपमा बुझ्ने हो भने यो मान्यतामाथि प्रश्न पनि उठाउन सकिएला । समग्रतामा समालोचनात्मक दृष्टिकोण राख्न, सत्ताको अभ्यासले हुने क्षति वा दमनप्रति खबरदारी गर्ने र सत्तालाई सच्चिनका लागि प्रेरित गर्ने उद्देश्यले आवश्यक वकालत गर्ने कार्य नै संसदीय मा
अब समृद्धिको यात्रा
प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा दोस्रो ठुलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको छ । दुई ठुला दल मिलेर दुई तिहाइको विश्वाससहित बनेको यो सरकारका लागि केही गरेर देखाउने ठुलो अवसर पनि छ । सरकार फेरबदलले दिक्क बनेका जनता दुई ठुला दलको मिलनले
खरिद कानुनका छिद्र
नेपालले सार्वजनिक खरिदसम्बन्धी कानुन बढी व्यावहारिक, आर्थिक पारदर्शी, सुशासन, प्रतिस्पर्धा, सरललगायतका विषय समावेश गरी ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्दै आयो । यो प्रतिबद्धता विश्व समुदायसामु प्रकट गरे अनुरूप अन्तर्राष्ट्रिय अनुभव तथा स्थापित मान्यताका आधारमा सार्वजनिक खरिद ऐन तथा नियमावलीको मस्यौदा विसं २०६० मा ल्याइयो । लामो बहस र छलफलपश्चात् सार्वाजनिक खरिद ऐन, २०६३ पुस ३० गते प्रमाणीकरण भई तत्काल लागु भयो । नियमावली, २०६
बदलौँ निर्वाचन प्रणाली
धन खर्च गरेर जनप्रतिनिधि बन्ने निर्वाचन प्रणाली ठिक हुँदैन । यस विषयमा प्रायः सबै राजनीतिक दलका नेता र सांसदले बोल्ने गरेका छन् तर हालको निर्वाचन प्रणाली बदल्न व्यवस्थापिका संसद्मा भने कुनै सुरसार गरिएको छैन । नेपालका नेताले कुनै विषयमा बोलेको १० वर्ष हुँदा पनि काम नगर्ने पुरानै रोग हो । अझै पनि यो रोगको उपचारमा ध्यान गएको पाइँदैन । यही रोगका कारण स्थानीय, प्रदेश र प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बन्न सर्वसाधारण हिच्किचाउनुपर्ने अवस्था छ । त्यसैले सरल निर्वाचन पद्धति बसाल्न अहिलेको निर्वाचन प्रणाली बदल्नैपर्ने आवश्यकता छ । अहिलेको प्रणालीमा जतिसुकै ज्ञानी, विवेकी र विद्वान् भए पनि पै
उच्च जोखिममा विमानस्थल र बस्ती
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा रहेको छ । त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा सिनामङ्गलतर्फ रहेको यही डिपोबाट इन्धन भरिँदै आएकाले सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिममा रहेको हो । विमानस्थलको धावनमार्ग (रनवे) बाट ८० देखि एक सय मिटर दुरीमा रहेको यो डिपोमा विमान वा अन्य दुर्घटना भए त्यसले राजधानीकै लागि उच्च जोखिम निम्त्याउँछ ।
नेपाल प्रहरी ऐनलाई नयाँ विधेयकको रूपमा छिट्टै संसदमा पेस गर्छौँ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ लाई नयाँ विधेयकको रूपमा छिट्टै संसदमा पेस गर्ने बताउनुभएको छ ।
उज्यालो बुटवल अभियान अन्तर्गत २३ स्थानमा 'हाइमास्ट लाइट'
उज्यालो बुटवल अभियान अन्तर्गत बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान गरिएको छ । बुटवलका २३ वटा विभिन्न चोक तथा चौराहामा १० मिटर, १२ दशमलव ५ मिटर र १६ मिटर अग्ला लाइट जडान गरिएको हो ।
सञ्चार सचिव अर्यालद्वारा पदभार ग्रहण
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।
प्राध्यापक धर्मराज विष्टको हत्या आरोपित १७ वर्षपछि पक्राउ
नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
लेकसाइडको पसलमा आगलागी
पोखरा महानगरपालिका –६ लेकसाइड नारेश्वर चोकमा रहेको सपिङ सेन्टरमा आगलागी भएको छ । गएराति सवा २ बजे मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको हो ।
अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा
गएरातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको वालिङ पाल्पा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
वर्षाले रुख ढल्दा घरमा क्षति
कैलालीको कैलारी गाउँपालिका–७ स्थित छटकपुर वसन्तामा अविरल वर्षाका कारण रुख ढलेर घरमा क्षति भएको छ । सालको रुख ढलेर स्थानीय सन्तराम चौधरीको घरमा पूर्ण रुपमा क्षति भएको हो ।
‘इजरायली आक्रमण’मा हमासका प्रमुख नेता इस्माइल हानियाको मृत्यु
इजरायलको आक्रमणमा हमासका प्रमसख नेता इस्माइल हानिया मारिएका छन् । बुधबार हमासले आफ्ना प्रमुख नेता हानिया इजरायल कारबाहीमा तेहरानमा मारिएको जनाएको हो ।
साँफे–मार्तडी सडक अवरुद्ध
बाजुराको साँफे मार्तडी सडक अवरुद्ध भएको छ । साँफे–मार्तडी सडकअन्तर्गत बडिमालिका नगरपालिका –६ स्थित नुनेपानी सडकमा पहिरो गएपछि सो सडक अवरुद्ध भएको हो ।
बेनी जोगाउने नौ वटा संरक्षण आयोजना सम्पन्न
कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा रहेको सदरमुकाम बेनी बजार र वरपरका बस्ती संरक्षण गर्न सञ्चालित नौ वटा ठुला संरक्षण योजना सम्पन्न भएका छन् । दुई वर्ष अघिदेखि जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको रुपताल संरक्षण परियोजना पोखराले बेनी बजार संरक्षण आयोजना सञ्चालन गरेको थियो ।
गुरु कामतको स्वास्थ्य नाजुक
लक्ष्मीपुरपतारी गाउँपालिका–२, पोखरभिन्डा निवासी शास्त्रीय सङ्गीतका चर्चित सङ्गीतकार गुरुदेव कामतको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ । ६८ वर्षीय कामदको दुवै मिर्गौलाले काम गर्न छो
बयानब्बे वर्ष पुराना स्रेस्ता जोखिममा
रुकुमपश्चिमको मालपोत कार्यालयमा रहेका ९२ वर्षअघिका जग्गाका स्रेस्ताहरू जोखिममा रहेका छन् । पुराना र जीर्ण बन्दै गएका कारण यी स्रेस्ताहरू जोगाउन मुस्किल भइरहेको मालपोत कार्यालयले जनाएको छ । मालपोत कार्यालयका प्रमुख ओमबहादुर खत्रीका अनुसार जग्गाका महत्वपूर्ण स्रेस्ताहरू जोगाउन समस्या भइरहेको छ । अहिले भाडामा रहेको मालपोत कार्यालयका दुई वटा कोठामा यी स्रेस्ताहरू राखिएका छन् ।
आत्महत्या गर्नेको सङ्ख्या वर्षेनी बढ्दै
गुल्मीमा पछिल्लो तीन वर्षमा २३८ जनाले आत्महत्या गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार झुण्डिएर, विष सेवन गरेर, पानीमा हाम फालेर र चक्कु प्रहार गरेर आत्महत्या गरेको देखिएको छ ।
भोजपुरमा बाढीः जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता
अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।