• ९ मंसिर २०८१, आइतबार

तोलामा एक हजार छ सयले बढ्यो सुनको मूल्य

blog

काठमाडौँ, साउन  १७ गते ।  स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु. एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ४९ हजार चार सय निर्धारण भएको छ । 

आजको मूल्यपछि सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेकाे छ । चाँदीको मूल्य तोलामा रु. २० ले बढेको छ । बुधबार प्रतितोला रु. एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार आठ सय  निर्धारण भएको छ । रासस