जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक घाइते
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर –४, अर्खलेस्थित तम्घास–सिमलटारी पक्की सडक खण्डमा जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् ।
हरियाली धान खेत र बस्ती
खरा महानगरपालिका–१६ ढिकीडाँडाबाट देखिएको हरियाली धान खेत र बस्ती ।
खयरखोला क्षेत्रमा रङ्गीचङ्गी फूल
समुन्द्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खयरखोला क्षेत्रमा फुलेको फूल । बर्खायाममा म्याग्दीका लेकाली क्षेत्र रङ्गीचङ्गी फूल फुलेर रमणीय बनेका छन् ।
रुप्सा गाउँ
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नंः ५ स्थित, रुप्सा गाउँ । जहाँबाट धार्मिक तथा पर्यटकको गन्तव्य बन्दै आएको कालीकोट र बाजुराको सिमाना पर्ने एक अलौकिक दिब्यधाम बडीमालीका मन्दिर पुग्न एक दिन मात्रै लाग्छ ।
१०८ जनाले त्यागे नेपाली नागरिकता
झापामा यस आर्थिक वर्षमा १०८ जना नागरिकले नेपाली नागरिकता त्यागेर गैह्र आवासीय नागरिकता लिएको पाइएको छ ।
हैजाको रोकथाम : पानीमा निर्भर
काठमाडौँ, ललितपुर र कैलाली जिल्लाका केही स्थानमा देखा परिरहेको हैजाको छिटो रोकथाम र फैलावट रोक्न आवश्यक छ । हैजा एक सङ्क्रामक सरुवा रोग हो । यसको चिकित्सकीय उपचारभन्दा रोकथाम र नियन्त्रण प्रभावकारी हुने चिकित्सा विज्ञानबाट प्रमाणित भइसकेको छ । हैजाका सङ्क्रमित बिरामीको दिशामार्फत पानी वा अन्य खानेकुरा प्रदूषित हुँदा यो रोग एक अर्कोमा सर्छ । मानिसमा रोगको सङ्क्रमण भइसकेपछि कडा प्रकारको पखाला लाग्ने, वाक्वाकी र वान्ता हुने, ज्वरो आउने र शरीरबाट धेरै मात्रामा पानी निस्कनाले कडा किसिमको जलवियोजन हुन्छ । कडा जलवियोजनको कारणले बिरामीको समयमा उचित उपचार हुन नसकेमा मृत्यु हुन्छ । हैजाका बिरामीमा कडा जलवियोजन भएमा जिब्रो, मुख र घाँटी सुक्खा
लाइब्रेरीप्रति युवाको रुचि कम
एक दिन चाणक्यलाई उनका एक भक्तले सोधे, “हे, चाणक्य ! विष भनेको के हो ?” चाणक्यले सहज जवाफ दिए, “चाहिँदोभन्दा बढी खाए सबै चिज विष हो ।” मानिसलाई मनोरञ्जन चाहिन्छ । चाहिँदोभन्दा बढी मनोरञ्जनले मानिसलाई भद्दा, रोगी र बेकम्मा बनाउँछ । समय समयमा लिइने ठिक्कको मनोरञ्जनका लैबरी भाका हाम्रा लागि अमृतमय ऊर्जा हुन सक्छन् । आवश्यकताभन्दा बढी मनोरञ्जन पनि मानिसका लागि विष बराबर हो । ज्ञान त्यो अमृत हो, जो जति ग्रहण गरे पनि अपुग हुन्छ । आवश्यकताभन्दा बढी मनोरञ्जन प्रेमले हिजोआज हाम्रो सिर्जनात्मक क्षमतामा दिनदिनै ह्रास आएको छ । हामी ज्ञानका लागि लाइब्रेरीभन्दा बढी मनोरञ्जनका लागि लैबरी खोज्ने भएका छौँ । भर्चुअल दुनियाँमा उपलब्ध मनोरञ्जनका प्रचुर साधनले हा
विपत् व्यवस्थापन संयन्त्र
यस वर्ष आगलागीका घटना धेरै भए । आगलागीले दोहोरो असर गर्छ । यसबाट जनधनको नाश हुनुका साथै वनमा रहने प्राणी पनि नाश हुन्छन् । अझ सङ्कट त त्यतिबेला आइलाग्छ, जब जङ्गली जनावर गाउँ पस्छन् । पानी परेपछि जाने बाढीपहिरोले कतिबेला ज्यान पनि लग्छ भन्न कठिन हुन्छ । शीतलहर र डुबानले निम्त्याउने अत्यास तराईमा उस्तै छ । विपत्को सामाजिक, आर्थिक र पर्यावरणीय लागत अपूरणीय हुन्छ । यस्ता अनेकौँ विपत् छन्, जसले हाम्रो शासकीय क्षमतालाई चुनौती दिँदै सामाजिक र आर्थिक लागत बढाइरहेका छन् ।
स्वदेशमै छ अवसर
पछिल्ला वर्ष युवामा नैराश्य बढ्दै गएको पाइन्छ । युवा मात्रै होइन, प्रौढ पनि नेपालमा केही भएन, नेपालमा केही छैन भनेर गुनासो गर्छन् । पढेलेखेका र शिक्षित युवा र साक्षर पुस्तासमेत नेपालमा केही नहुने भयो वा नेपालमा कामै छैन भनेर पन्छिने वा पलायन हुने क्रम बढ्दो छ । सहरदेखि गाउँसम्म र चिया पसलदेखि तारेहोटलसम्म नेपालमा जति गरे पनि केही हुँदैन भनेर चर्चा गरिन्छ । सरसर्ती हेर्दा ठिकै हो कि जस्तो लाग्न सक्छ । यो सत्य भने होइन ।
कानुन निर्माण यसै वर्ष : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनुभएको छ । शुक्रबार गोरखापत्र संस्थानको निरीक्षणका क्रममा मन्त्री गुरुङले संविधान संशोधन कसैको रहरले मात्र नहुने स्पष्ट पार्नुभयो । प्रतिपक्षलाई समेत विश्वासमा लिएर संशोधन प्रक्रियामा जानुपर्ने बताउनुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “संविधान संशोधन गर्दा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मात्र चाहना अनुसार नभई प्रतिपक्षी दलहरूको भावनालाई पनि समेटेर सबैले अपनत्व महसुस हुने गरी संशोधन गरिनुपर्छ ।”
उडान सुरक्षामा कडाइ गर्न सुझाव
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको चर्चा सेलाइसकेको छैन । यसैबेला डेढ वर्षअघि पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँग सम्बन्धित चालक र सहचालकबिचको संवाद सार्वजनिक हुँदा थप प्रश्न सिर्जना गरेको छ ।
नेपालमा भारतीय टिभी च्यानलको प्रसारण बन्द
नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण पुनः बन्द भएको छ।
मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा छ : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताउनुभएको छ।
कक्षा १२ को परीक्षामा वडाअध्यक्ष उत्तीर्ण
५२ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिनुभएका वडाअध्यक्ष शिवप्रसाद खनाल उत्तीर्ण हुनुभएको छ। उहाँ मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष हुनुहुन्छ।
लिम्बू सभ्यतामा चोलुङ पार्क
प्रकृति पूजकका रूपमा चिनिएका लिम्बू समुदायको ढुङ्गासँग छुट्टै सम्बन्ध छ । यो जातिमा जन्मदेखि मृत्यु पर्यन्त ढुङ्गाको विशेषता र प्रयोग हुन्छ । जन्म, विवाह र मृत्यु जस्ता सामाजिक कार्यमा ढुङ्गाको प्रयोग अनिवार्य छ ।
पोखरा महानगरले तोक्यो मलको मूल्य
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनिक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ ।
दुई जनाविरुद्ध तीन लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा
चितवनको कालिका नगरपालिका वडा नं. ६ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १० बस्ने केशरी प्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध तीन लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
शुक्लाफाँटामा पाटेबाघ बढे, व्यवस्थापनमा चुनौती
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ सङ्ख्यामा बढोत्तरी भएसँगै व्यवस्थापनमा चुनौती थपिएको छ ।
टिआरसीमा भएको सहमति उल्टिने काम नहोस् : महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टिआरसी) मा दलहरूका बिचमा भएको सहमतिबाट पछाडि फर्किनु नहुने बताउनुभएको छ ।
जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई कृषिमन्त्रीको निर्देशन
कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
भारतमा बाढीका कारण २१ जनाको मृत्यु
भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले २१ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । साथै ५० भन्दा बढी बेपत्ता भएका अधिकारीहरूले बताएका छन् ।
एकै घरका तीन जनामा हैजा पुष्टि
प्युठानमा एकै घरका तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।
अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिद्वारा रिहा भएका नागरिकलाई स्वागत
रूससँगको कैदी आदानप्रदानमा रिहा भएका अमेरिकी पत्रकार इभान गेर्शकोभिच र अन्य दुई पूर्व अमेरिकी नौसैनिक पल ह्वेलन र पत्रकार अल्सु कुर्माशेभा स्वदेश फिर्ता भएपछि उहाँहरूको अमेरिकामा भव्य स्वागत भएको छ ।
कक्षा १२ मा एक लाख ८७ हजार २१ विद्यार्थी अनुत्तीर्ण
कक्षा १२ को नजितामा एक लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान सार्वजनिक गरेको कक्षा १२ को नतिजामा तीन लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी रहेकोमा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका हुन् ।