• ९ मंसिर २०८१, आइतबार

उज्वेकिस्तानको अन्न उत्पादन ६.६ प्रतिशतले बढ्यो

blog

उज्वेकिस्तान, साउन १५ गते । सन् २०२४ को पहिलाे छ महिनामा उज्वेकिस्तानले ५.८ मिलियन टन अन्न उत्पादन गरेको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा ६.६ प्रतिशतले बढेको छ । फरघाना क्षेत्रले अन्न उत्पादनमा अग्रणी स्थान ओगटेको छ ।

कुलको १२ प्रतिशत फरघाना क्षेत्रले ओगटेको हो । सबैभन्दा थोरै २.३ प्रतिशत काराकलपाकस्तान गणतन्त्रमा देखिएको छ । देशको अनाज उत्पादन सन् २०२३ मा पहिलो पटक ८.२ मिलियन टन पुगेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल