• १२ असोज २०८१, शनिबार

शक्तिशाली पासपोर्टको सूचीमा शीर्ष देशहरू : लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. हेन्ले पासपोर्ट इन्डेक्स २०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

९८ औँ 

सन् २०२३ मा नेपाल १०३ औँ स्थानमा थियो । 

हेन्ले पासपोर्ट इन्डेक्स २०२४ अनुसार नेपालबाट ३९ राष्ट्रहरूमा यात्रा गर्न फ्री भिसा उपलब्ध हुने गरेको छ ।

विश्वका शक्तिशाली पासपोर्टको सूचीको पहिलो स्थानमा सिङ्गापुर रहेको । सिङ्गापुरका नागरिकले विश्वका १९५ देशमा फ्री भिसामा यात्रा गर्न सक्छन् । 

शक्तिशाली पासपोर्टको सूचीमा शीर्ष देशहरू : 


जुन राष्ट्रको राहदानी प्रयोग गरेर नागरिकले फ्री भिसामा धेरै गन्तव्यमा यात्रा गर्न सक्छन्, सोही राष्ट्रको राहदानी सबैभन्दा शक्तिशाली हो ।

यो सूचकाङ्क इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनले उपलब्ध गराएको विशेष तथ्याङ्कका आधारमा तयार गरिएको हो । 

यो सूचीमा सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान क्रमशः सबैभन्दा तल रहेका छन् । 

२. नेपालको प्रशासनिक इतिहासमा पहिलो पटक महिला मुख्य सचिव बन्न सफल व्यक्तित्व को हुन् ?

लीलादेवी गड्तौला (विसं २०८१ साउन १०) 

विसं २०२३ मा तेह्रथुमको म्याङलुङमा जन्मिएकी गड्तौला ५८ बर्से उमेर हदका कारण १५ भदौमा सेवानिवृत्त हुने छिन् । 

शाखा अधिकृत : २०५२ 

उपसचिव : २०६३

सहसचिव : २०७० 

सचिव : २७ कात्तिक २०७७ 

निजामती सेवामा पहिलो महिला सचिव चन्द्रकला किरण हुन् । २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी किरण २०४१ सालमा सचिवमा नियुक्त भएकी थिइन् ।


३. ३३ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहिलेदेखि सुरु भएको हो ?

सन् २०२४ जुलाई २६ (अगस्ट ११ सम्म सञ्चालन हुने ।), पेरिस (फ्रान्स)


४. ‘दी स्प्रिट अफ ल’ नामक कृतिका रचनाकार को हुन् ?

मन्टेस्क्यु 

डिभाइन कमेडी : दाँते 

फ्रिडम फ्रम फियर : आङसाङ सुकी 

द प्रिन्स : निकोलो मेकियावेली 

मेटाफिजिक्स : अरस्तु 

सोसियल कन्ट्रयाक्ट : जिन ज्याक रुसो 


५. विश्व बाघ दिवस कहिले मनाइन्छ ?

जुलाई २९ 

२०२४ को नारा : कार्यका लागि आह्वान ।

विश्व बाघ दिवस सन् २०११ देखि मनाउन थालिएको हो । 


६. चाणक्य नामले पनि चिनिने कौटिल्यको वास्तविक नाम के हो ?

विष्णुगुप्त


७. धार्मिक, पर्यटकीय एवं जैविक विविधताका हिसाबले महìवपूर्ण बर्जुताल कहाँ रहेको छ ?

सुनसरी 


८. राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गरियो ?

प्राडा शिवराज अधिकारी (विसं २०८१ साउन) 

९. प्रेमप्रकाश मल्ल मधुकर स्मृति पुरस्कारबाट सम्मानित स्रष्टा को हुन् ? 

गजलकार खगेन्द्र गिरी ‘कोपिला’ (नेपालगन्ज), पुरस्कार राशि : ५१,१११।–


१०. भू–उपग्रहबाट पहिलो पटक टेलिफोन सञ्चालन भएको जिल्ला कुन हो ?

मुस्ताङ


११. बेलायतको बाथमा आयोजित ६५ औँ अन्तर्राष्ट्रिय ओलम्पियाड (२०२४) मा नेपाललाई अनरेवल मेन्सन अवार्ड दिलाउने विद्यार्थी को हुन् ?

कृतेश ढकाल र श्रेयस शर्मा बास्तोला 

१०८ देशका छ सयभन्दा बढी विद्यार्थी सम्मिलित सो प्रतिस्पर्धामा उनीहरूले एक एक अनरेबल मेन्सन (एचएम) दिलाएका हुन् ।

नेपाल गणित सङ्घले तीन हजारभन्दा बढी विद्यार्थीमध्ये विभिन्न चरणका छनोटबाट छ जना विद्यार्थी छानेको थियो । 

हरेक वर्ष जुलाईमा आयोजना हुने यो प्रतियोगिता संसारकै ठुलो शैक्षिक प्रतियोगिता मानिन्छ । 

प्रतियोगिता सन् १९५९ देखि रोमानियाबाट सुरु भएको हो । 

नेपालले सन् २०१७ ब्राजिलमा सम्पन्न ५८ औँ प्रतियोगिताबाट सहभागिता जनाउँदै आएको छ ।

संसारभरका २० वर्षमुनिका विद्यार्थीबिच हुने यो प्रतियोगिताको ६६ औँ संस्करण आगामी वर्ष जुलाइमा अस्ट्रेलियामा हुने छ ।


१२. प्रसिद्ध म्यागजिन टाइमद्वारा सन् २०२४ का लागि तयार पारिएको संसारका सय सर्वोत्कृष्ट ठाउँको सूचीमा पर्न सफल नेपालको पर्यटकीय स्थल कुन हो ? 

बुरहान वाइल्डरनेस क्याम्प, बर्दिया


१३. एसिसी महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? 

श्रीलङ्का (उपविजेता : भारत), सन् २०२४ जुलाई

श्रीलङ्काले भारतलाई आठ विकेटले हराउँदै उपाधि हात पारेको हो । 

पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा श्रीलङ्काले १८.४ ओभरमा दुई विकेट गुमाएर १६७ रन बनायो । 

उपाधि विजेता श्रीलङ्काका चमारी अटापटु प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेकी छन् । उनले सर्वाधिक ३०४ रन जोडेकी छन् । प्रतियोगितामा सर्वाधिक विकेट लने बलर भारतीय दीप्ति शर्मा हुन् । उनले पाँच खेलमा १० विकेट हात पारेकी छन् ।


१४. सार्क सचिवालयबाट नियमित रूपमा निस्कने पत्रिकाको नाम के हो ?

पिजन


१५. नेपालमा भारतको पहिलो महावाणिज्य दूतावास कहिले र कहाँ खोलियो ?

विसं २०६१ माघ ४, वीरगन्ज


१६. नेपाली शिक्षा परिषद्ले ‘लेबाल त्रिरत्न पुरस्कार’ कसलाई प्रदान ग¥यो ? 

शिक्षाविद् प्राडा विद्यानाथ कोइराला

पुरस्कारको राशि एक लाख एक हजार १०१ रुपियाँ रहेको छ । 

कवि शिरोमणि लेखनाथ पौड्याल, बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा शिक्षा परिषद्ले लेबाल त्रिरत्न पुरस्कार स्थापना गरेको हो । 


१७. व्रिक्स बैङ्कको प्रधान कार्यालय कहाँ रहेको छ ?

साङ्घाई (चीन)


१८. सरकारी कार्यालयका साइनबोर्डहरू नेपालीमा राख्नु पर्ने व्यवस्था कहिलेदेखि भएको हो ?

विसं २०१८ जेठ ९


१९. नेपालको सबभन्दा उच्च स्थानबाट बगेको अरुण नदीलाई अर्को के नामले चिनिन्छ ?

फुङ्चु


२०. समुद्र संरक्षणसम्बन्धी युएन हाई–सी ट्रिटी कहिले भएको हो ?

सन् २०२३ मार्च ४

सन् १९८२ को समुद्र संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताले ‘हाई–सी’ क्षेत्रको व्यवस्था गरेको थियो । 

सम्झौतासँगै घोषणा गरिने संरक्षण क्षेत्रमा जथाभावी रूपमा माछा मार्ने जलविहार गर्ने साथै दुई सय मिटरभन्दा गहिरो उत्खनन गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्ने अपेक्षा लिइएको छ ।

सम्झौता मुख्य गरी हाई–सी को ३० प्रतिशत क्षेत्र संरक्षण क्षेत्र घोषणा हुने, सामुद्रिक आनुवंशिक स्रोतको संरक्षण, प्राप्त आम्दानी सबै पक्ष मुलुकबिच बाँडफाटँलगायतमा केन्द्रित रहेको छ ।

सन्धिको अर्को महत्वपूर्ण पाटोका रूपमा ‘हाई सी’ भएको क्षेत्रमा कुनै पनि गतिविधि गर्दा वातावरणीय अध्ययन प्रतिवेदन (इआईए) गर्नुपर्ने रहेको छ ।

प्रस्तुतकर्ता : टङ्क केसी