धादिङमा ट्रक दुर्घटना : एकको मृत्यु, नौ घाइते
धादिङको खाल्टेमा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते छन् । घाइतेको अवस्था गम्भीर रहेको स्थानीयले जानकारी दिएका छन् ।
राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सांसद डा. भण्डारी
हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन देशको निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था थपिएको हो ।
वैशाख ६ र ७ गते भिटामिन ए सञ्चालन गर्ने
सरकारले वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सूचना निकाल्दै वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।
मध्य तमोरको विद्युत कोशी कोरिडोरमा जोडियो
ताप्लेजुङस्थित मध्य–तमोर जलविद्युत विद्युत आयोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनको कोशी कोरिडोरमा जोडिएको छ। नेपाल विद्युत प्राधिकरणको तेह्रथुमको वसन्तपुरमा रहेको २२० केभीए क्षमताको कोशी कोरिडोर सव–स्टेसनमार्फत मध्यतमोरको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
नयाँ वर्षका दिन उत्सवमय चहलपहल
नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ । शनिबार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गर्ने, रमाइलो गर्ने, मीठामीठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन् ।
काठमाडौँ विश्वकै प्रदूषित सहर : दोस्रो नम्बरमा ढाका
काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहरको रुपमा रहेको छ। देशभर बुधबार र बिहीबार परेको पानीले प्रदूषण घट्ने अपेक्षा गरिए पनि प्रदूषण घट्न सकेको छैन।
राष्ट्रिय आकाङ्क्षालाई साकार बनाउने दिशातर्फ अग्रसर बनौँ : पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार बनाउने दिशातर्फ अग्रसर हुन सकौँ भन्नुहुँदै नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सो कामना गर्नुभएको हो ।
नयाँ वर्ष सुरुवातसँगै राष्ट्र प्रेमको भावना विकास हुनेछ : अध्यक्ष दाहाल
सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ वर्ष सुरुवातसँगै राष्ट्र प्रेमको भावना विकास हुने विश्वास व्यक्त गर्नु भएको छ । नयाँ वर्षको शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नयाँ वर्षसँगै समृद्धिको मार्गमा अग्रसर हुनु पर्छ: सभापति देउवा
नयाँ वर्षसँगै दृढ सङ्कल्प र अठोटका साथ नवीन अवसरहरूको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको बताउनुभएको छ । नयाँ वर्ष २०८१ को शुभकामना सन्देश दिनुहुँदै काँग्रेस सभापति शेरबहादुर देउवाले यस्तो बताउनुभएको हो ।
विसं २०८० सुशासनको शङ्खघोष
संविधान कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सबलीकरण, नागरिकलाई अधिकारसम्पन्न बनाउने र सुशासनका पक्षमा नवीनतम् प्रयासका बिच २०८० साल बिदा भएको छ । सरकारी निकायका काम कारबाहीलाई व्यवस्थित गरी नागरिकलाई सेवा दिने कार्यलाई सहज बनाउने पक्षमा सरकारले केही महत्वपूर्ण थालनी गरेको छ तर प्रभावकारी कार्यान्वयनको पाटो बाँकी छ । संविधान निर्माणपछि सम्पन्न दोस्रो आवधिक निर्वाचन २०७९ पछि २०८० लाई निकै महत्वपूर्ण उपलब्धि हुने वर्षका रूपमा हेरिएको थियो । संविधान कार्यान्वयन र कानुन निर्माणका सन्दर्भमा अधिकतम प्रयास भए पनि जनताबिच ‘सुनिने र देखिने’ गरी सरकारका कामकारबाहीको सञ्चार हुन सकेन ।
मुलुकको नवनिर्माणमा जुट्न हार्दिक अपिल
सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८१ ले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप तथा भाइचारा सम्बन्ध विकासमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
देश निर्माणका गतिविधिमा जुट्न राष्ट्रपति पौडेलको आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ । नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुहुँदै देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताउनुभयो ।
देशलाई सबल र समुन्नत बनाउन लाग्नुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रदेशलाई संविधानसम्मत अधिकार सम्पन्न बनाउन आह्वान गर्नुभएको छ । नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना दिनुहुँदै उहाँले सङ्घीय प्रणालीलाई थप संस्थागत गर्दै प्रदेशलाई अधिकारसम्पन्न बनाउन सबै एकढिक्का भई अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताउनुभएको छ । नव वर्ष २०८१ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सत्ता समीकरणमा आबद्ध दलको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनु अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभयो । उहाँले यी प्राथमिकता तथा प्रयासमार्फत देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुने विश्वास व्यक्त गर्नुभएको छ । मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु सबैको सर्वोपरि लक्ष्य रहेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभएको छ ।
जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताउनुभएको छ । नव वर्ष २०८१ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सत्ता समीकरणमा आबद्ध दलको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनु अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभयो । उहाँले यी प्राथमिकता तथा प्रयासमार्फत देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुने विश्वास व्यक्त गर्नुभएको छ । मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु सबैको सर्वोपरि लक्ष्य रहेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभएको छ ।
एसीसी प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १४४ रनको चुनौती
एसीसी प्रिमियर कप टी–२० प्रतियोगिताको पहिलो खेलमा मलेसियाले नेपाललाई १४४ रनको चुनौती दिएको छ।
उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
‘विदेश गएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाऔँ’
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरूलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राख्नुभएको छ ।
‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धी’ सङ्कल्प प्रस्ताव पारित
‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धी’ सङ्कल्प प्रस्ताव पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा सो प्रस्तावमाथि छलफल भई सर्वसम्मति पारित भएको हो । सङ्कल्प प्रस्तावमा नागरिकले खर्चको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर सरकारलाई सचेत गराइएको छ ।
वित्तीय संस्थाका वरिष्ठ फिल्ड सहायकविरुद्ध १९ लाखको भ्रष्टाचार मुद्दा
ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड, टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध १९ लाख दुई हजार २३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सरकारले तत्काल राष्ट्रिय स्वास्थ्य नीति पुनरवलोकन गर्नुपर्छ
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) की राष्ट्रियसभा सांसद मदनकुमारी साह गरिमाले राष्ट्रिय स्वास्थ्य नीति तत्काल पुरावलोकन गर्न सरकारसँग माग गर्नुभएको छ ।
व्यापार गरिरहेका निजी अस्पताललाई सरकारले नियन्त्रणमा लिनुपर्छ
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
नक्कली प्रमाणपत्र पेश गर्ने सहयोगीविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै पर्सास्थित धोबिनी गाउँपालिकाअन्तर्गत पर्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ताविरुद्ध आरोपपत्र दायर गरिएको छ ।
नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन् ।