• ११ असोज २०८१, शुक्रबार

बोलेरो दुर्घटनामा एकको मृत्यु, चार गम्भीर

blog

दुर्घटना भएको बोलेरो गाडी ।

नवराज श्रेष्ठ

रामेछाप, असोज ६ गते । रामेछाप सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –५ सुनारपानी हुँदै वडा ४ सालु जाँदै गरेको डबल क्यापको बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । स्थानीयका अनुसार मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८६९ नम्बरको बोलेर गाडी मन्थली नगरपालिका –५ सुनारपानीस्थित भदौरे डाँडा मोडमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । ४ जना गम्भीर गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार सिंहले डबल क्यापको बोलेरो गाडी दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएकोमा एक जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा मृत्युभएका र घाइतेहरुको परिचय खुल्न बाँकी छ । घाइतेहरूको सदरमुकाम मन्थलीस्थित विभिन्न अस्पतालमा उपचारका लागि ल्याइएको छ ।