वीरमा आन्द्रा सुनिने रोगसम्बन्धी विशेष ओपिडी सञ्चालन हुने
चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालले हप्तामा एक दिन आन्द्रा सुनिने रोगको बहिरङ्ग (ओपिडी) सेवा सञ्चालनमा ल्याउने भएको छ ।
विमानस्थलमा एक्सरे मेसिन नभएपछि कार्गो व्यवसायीद्वारा सामान निकासी बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मेसिन नभएको भन्दै कार्गो व्यवसायीहरुले सामान निकासी गर्न बन्द गरेका छन् ।
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ ।
आगलागीमा परेर दुई बालबालिकाको मृत्यु
गोठकाे छानामा आगलागीमा परेर अछामको मेल्लेखमा दुई बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–६ षोडशाका दीपक बोहराकी अन्दाजी आठ वर्षीया छोरी भावना बोहरा र रमेश बोहराकी अन्दाजी ६ वर्षीय छोरा गोपाल बोहराको घटनास्थलमै ज्यान गएको हो ।
तोलामा सात सयले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला सात सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला सात सय रुपियाँले वृद्धि भई एक लाख ३७ हजार पाँच सय रुपियाँ निर्धारण भएको छ ।
निजामती होइन, सार्वजनिक सेवा
छिमेकी मुलुक भारतको हैदराबादमा जतिबेला हिन्दु राजा थिए, त्यतिबेला मुस्लिमहरू व्यापारको सिलसिलामा त्यहाँ पुगेका थिए । जतिबेला राजालाई निजाम भन्ने चलन थियो । त्यसपछि नै निजाम अर्थात् राजाको सेवामा खटिने कर्मचारीलाई निजामत भन्न थालियो । त्यही शब्द विकसित हुँदै निजामती रहन गएको पुरानो मान्यता रहिआएको छ । नेपालमा पनि हिजोका दिनमा हिन्दु राजा भएकाले भारतको सिको गर्दै राजाको सेवामा खटिने कर्मचारीलाई निजामती सेवा नामकरण दिइएको थियो । त्यतिबेलादेखि नै सरकारी कामकाजको भाषामा प्रयोग गरिँदै आएको निजामती शब्द उर्दु भाषाबाट नेपालीमा आएको आगन्तुक शब्द हो ।
सूचना प्रविधिको सम्भावना
एक अध्ययन अनुसार सन् २०२२ मा नेपालबाट ५१ करोड ५४ लाख अमेरिकी डलर अर्थात् ६८ अर्बको सूचना प्रविधि सेवा निर्यात गरिएको छ । यसबाट नेपालको आर्थिक विकासमा सूचना प्रविधिको सम्भावना प्रशस्त देखिएको छ । सूचना प्रविधिमार्फत गरिने काम छिटो, सजिलो, विश्वासिलो र कम खर्चिलो हुन्छ । सूचना प्रविधिको विकास भन्नु विशेष गरी सफ्टवेयरको विकास हो । सफ्टवेयरलाई मुख्य गरी दुई भागमा वर्गीकरण गरिएको छ । एप्लिकेसन सफ्टवेयर, जसले कुनै प्रोग्रामको आवश्यकता परिपूर्ति गर्छ भने अर्को सिस्टम सफ्टवेयर यसले कम्प्युटरको हार्डवेयर चलाउनका लागि मद्दत गर्छ ।
बजेटले सम्बोधन गर्नैपर्ने क्षेत्र
आर्थिक वर्ष समाप्त हुँदै गर्दा सामान्य मानिस, उद्योगी, व्यापारी सबैमा नयाँ बजेट कस्तो आउँछ भन्ने चासो बढेको हुन्छ । प्रत्येक आर्थिक वर्षको ज्येष्ठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस गर्ने संवैधानिक व्यवस्था भएकोले अहिले बजेट तयारीको कामकारबाही चलिरहेको छ । अब आउने आर्थिक वर्ष २०८१/८२ को बजेट यस कारणले महत्वपूर्ण छ कि केही समयअघि मात्र नयाँ अर्थमन्त्रीले पद बहाली गर्नुभएको छ । उहाँले कस्तो बजेट ल्याउनु हुन्छ भन्नेबारे धेरैमा उत्सुकता छ ।
डिजिटल मिडियामा व्यक्तिको खुबी
समाजशास्त्रमा प्रयुक्त ‘इन्डिभिजुयल एजेन्सी’ भनिने प्राज्ञिक पदावलीले व्यक्तिको खुबीलाई इङ्गित गर्छ । त्यो जीवन सञ्चालनका क्रममा व्यक्तिले गर्ने विविध क्रियाकलापमा निर्णय लिने क्षमताका रूपमा प्रकट हुन्छ । शिक्षा हासिल गर्दा, राजनीतिक धार पक्रँदा, पेसा वा व्यवसाय अङ्गाल्दा, स्वास्थ्यसम्बन्धी व्यवहार गर्दा, वा पारिवारिक व्यवस्थापन गर्दा व्यक्तिले आफ्नो विद्यमान ज्ञान, सिप, अनुभव, विश्वास, अभिरुचि, आदिका आधारमा निर्णय लिन्छ । समाज किन पछाडि पर्छ, वा अगाडि बढ्छ भन्ने प्रश्नले त्यस समाजका मानिसको व्यक्तिगत निर्णय क्षमता कुन हदसम्म विकसित छ वा छैन भन्ने विषयसँग पनि नजिकको सम्बन्ध राख्छ । त्यसैले होला नोबेल पुरस्कार पाएका प्रसिद्ध अर्थविद् अमत्र्य सेनले व्यक्तिको खुबी वृद्धिमा जोड दिएका नागरिकको क्षमता वृद्धि गर्न राजनीतिक, आ
फास्ट ट्र्याकबाट मलको व्यवस्था गर्न निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले रासायनिक मलको समस्या सधैँका लागि समाधान गर्न खरिद प्रक्रिया छोटो गर्न निर्देशन दिनुभएको छ । कृषिमन्त्री साहले आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्रालयका अधिकारीलाई सो निर्देशन दिनुभएको हो । रासायिनक मल खरिद प्रक्रिया लामो भएकाले यसको समस्या समाधान नभएको भन्दै उहाँले यसको प्रक्रिया कसरी छोटो गर्न मिल्छ गर्नुहोला भन्दै निर्देशन दिनुभयो ।
लाल आयोगको म्याद थप
सरकारले डेडिकेटेट र ट्रङ्क लाइन विवाद निरूपणको उपाय सुझाउन गठित आयोगको म्याद एक महिना थप गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित समितिको म्याद एक महिना थप गरेको हो । गत वर्ष पुसमा नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबापतको प्रिमियम शुल्क असुलीमा कडाइ थालेको थियो । सोही अनुसार प्राधिकरणले बक्यौता नतिरेको भन्दै क्रमिक रूपमा करिब दुई दर्जन उद्योगको लाइनसमेत काटेको थियो । प्रिमियमबापतको रकम असुलीका लागि उद्योगकै लाइन काट्नेसम्मको काम गरेपछि उद्योगी व्यवसायीले ठुलो विरोध जनाएका थिए । उद्यमी व्यवसायीको चर्को दबाबपछि मन्त्रीपरिषद्ले बैठकले नै पुसको अन्तिम साता लालको अध्यक्षतामा समिति गठन गरेको थियो ।
विद्यार्थी भर्ना अभियान सुरु, कक्षा १ मा छ लाख भर्ना गरिने
चालु शैक्षिक सत्रमा कक्षा १ मा करिब छ लाख नयाँ विद्यार्थी भर्ना हुने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्याङ्क अनुसार ती बालबालिकामध्ये प्रारम्भिक बाल विकास केन्द्रको अनुभव हासिल गरेका बालबालिका करिब ७० प्रतिशत छन् । केन्द्रका महानिर्देशक दीपक शर्माका अनुसार पाँच वर्ष उमेर पूरा भएका बालबालिकाको सङ्ख्या पाँच लाख ८२ हजार छ । विद्यालय जाने उमेर पूरा भएर पनि विविध कारणले विद्यालयबाहिर रहेका बालबालिकाको सङ्ख्या भने दुई लाख १३ हजार छ । ती बालबालिकामध्ये केही विगतमा भर्ना भएर पनि पढाइ छाडेका तथा केही भर्ना नै नभएका हुन् ।
इजरायलमा अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन दूतावासको आग्रह
इजरायलमाथि इरानी हमलापछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले आइतबार अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गरेको छ ।
इलाममा मदिरा बिक्रीमा रोक
इलाम २ को उपनिर्वाचनलाई मध्य नजर गरी इलाममा मदिरा बिक्रीमा रोक लगाइएको छ । इलाम क्षेत्र नं. २ मा यही वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि मदिरा बिक्रमा प्रतिबन्ध गरिएको हो ।
जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे २८ वर्षीय सुजन
दिउँसो २ बजे बासको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतै केन्द्रित भयो ।
सेनाको प्रवक्तामा केसी
नेपाली सेनाको प्रवक्तामा सहायक रथी गौरवकुमार केसी नियुक्त हुनुभएको छ।
सञ्चारमन्त्री शर्माद्वारा डोल्पामा एफटिटिएचको शुभारम्भ
नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटिटिएच) नेटवर्क सेवा सुरु गरेको छ। उच्च गतिको इन्टरनेट सेवा देशभर पुर्याउने सरकारको अभियानअन्तर्गत आजदेखि नेपाल टेलिकमले उक्त सेवा डोल्पामा सुरुआत गरेको हो।
प्रतिनिधि सभा बैठकमा चालु अधिवेशन अन्त्यको जानकारी : के-के काम भए ?
सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभा बैठकले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको पत्र पढेर सुनाउँदै सो अधिवेशनमा अन्त्य हुने औपचारिक जानकारी गराउनुभएको हो।
सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक
पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।
आजदेखि विद्यार्थी भर्ना अभियान सुरु
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र–२०८१ का विद्यार्थी भर्ना अभियान सोमबारदेखि देशभर सुरु भएको छ ।
देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिक निराश : सांसद केसी
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरू निराश रहेको बताउनुभएको छ ।
सदनको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।
सुदूरपश्चिमकाे मुख्यमन्त्री पदका लागि दाबी पेश गर्ने अन्तिम दिन
मुख्यमन्त्री कमलबहादुर शाहले बहुमत जुटाउन नसकेर पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नका लागि १० दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।
डा.महावीर पुनको ८० हजार थान पुस्तक बिक्री
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनले अहिलेसम्म ८० हजार पुस्तक बिक्री गर्नुभएको छ । वीरगन्जको कृषि औजार कारखाना पुनः सञ्चालनका लागि आफ्नै आत्मकथा रहेको पुस्तक बेच्नका लागि पुन देशदौडाहामा लाग्नु भएको हो ।