• ११ असोज २०८१, शुक्रबार

युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो

blog

काठमाडौँ, असोज ९ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । अघिल्लो दिन युएई दिराम एकको खरिद दर ३६ रुपियाँ ३२ पैसा र बिक्रीदर ३६ रुपियाँ ४८ पैसा रहेकामा आज खदिर दर ३६ रुपियाँ ३७ पैसा र बिक्री दर ३६ रुपियाँ ५३ पैसा कायम भएको छ ।

साथै मङ्गलबार मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपियाँ ३२ पैसा र बिक्रीदर ३१ रुपियाँ ८८ पैसा कायम भएकामा आजका लागि भने खरिददर ३२ रुपियाँ १६ पैसा र बिक्री दर ३२ रुपियाँ ३० पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपियाँ ५८ पैसा र बिक्री दर एक सय ३४ रुपियाँ १८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपियाँ ६१ पैसा र बिक्री दर एक सय ४९ रुपियाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७८ रुपियाँ ५२ पैसा र बिक्री दर एक सय ७९ रुपियाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपियाँ ४९ पैसा र बिक्री दर एक सय ५८ रुपियाँ १९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपियाँ ४४ पैसा र बिक्री दर ९१ रुपियाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपियाँ ८८ पैसा र बिक्री दर ९९ रुपियाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपियाँ ६६ पैसा र बिक्री दर एक सय चार रुपियाँ १२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपियाँ २८ पैसा र बिक्री दर नौ रुपियाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपियाँ ९९ पैसा र बिक्री दर १९ रुपियाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपियाँ ६१ पैसा र बिक्री दर ३५ रुपियाँ ७७ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपियाँ ६५ पैसा र बिक्री दर ३६ रुपियाँ ८१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपियाँ ०७ पैसा र बिक्री दर चार रुपियाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर १० रुपियाँ र बिक्री दर १० रुपियाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपियाँ १६ पैसा र बिक्री दर १३ रुपियाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपियाँ ९३ पैसा र बिक्री दर २० रुपियाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिद दर १७ रुपियाँ १६ पैसा र बिक्री दर १७ रुपियाँ २३ पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३७ रुपियाँ ६७ पैसा र बिक्री दर चार सय ३९ रुपियाँ ६३ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५४ रुपियाँ ३९ पैसा र बिक्री दर तीन सय ५५ रुपियाँ ९९ पैसा तथा भारतीय रुपियाँ एक सयको खरिद दर एक सय ६० रुपियाँ र बिक्री दर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस