• ११ असोज २०८१, शुक्रबार

पुरुषको शव फेला

blog

अमरराज नहर्की
तनहुँ, असोज ८ गते ।
 तनहुँको भानु नगरपालिका–२ नारेश्वरटार नजिकै मङ्गलबार बिहान पुरुषको शव फेला परेको छ । भानु मार्गको सडक छेउ नजिकै झाडीमा निर्वस्त्र अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

प्रनाउ रायका अनुसार प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर प्रारम्भिक अनुसन्धान भइरहेको छ । शवलाई पोष्टमार्टमका लागि दमौली अस्पतालको गृहमा राखिएको छ । मृतक करिब ३५ वर्ष उमेरको कालो रङ्गको भएको प्रहरीले जनाएको छ । शवको हालसम्म सनाखत हुन नसकेको र अनुसन्धान भइरहेको रायले बताउनुभयो । मङ्गलबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।