मौलिक संस्कृति र संस्कारको परिधीभित्रै रहेर पर्व मनाउन जरुरी छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आ–आफ्नो मौलिक संस्कृति र संस्कारको परिधीभित्रै रहेर पर्व मनाउन जरुरी रहेको उल्लेख गर्नुभएको छ । हरितालिका तीज र चौरचन (चकचना) को अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले नेपाली समाजमा मनाइने विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा–रीतिरिवाजले एकता, सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन्ः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरू हाम्रा पहिचान र गौरव भएको बताउनु भएको छ । हरितालिका तीजका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले हाम्रो देश विभिन्न धर्म, संस्कृति र पर्वले समृद्ध रहेको र विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष महत्वपूर्ण पर्व भएको उल्लेख गर्नुभएको छ ।
भाद्र शुक्ल तृतीया : हरितालिका (तीज) मनाइँदै
धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
प्रेमीले प्रेमिकालाई आगो लगाएपछि...
प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन् ।
‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी नेता पुटिनको भनाइ
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन रहने बताउनुभएको छ ।
पर्यटन बोर्डको सीइओमा फेरि जोशी नियुक्त
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपकराज जोशी नियुक्त हुनुभएको छ ।
हरितालिका (तिज) : पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेशमा रोक
हरितालिका (तिज) पर्वका अवसरमा पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिइने भएको छ ।
मन्त्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबिच भेटवार्ता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबिच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ ।
पशुपतिमा तिजको तयारी : बिहान ३ बजेबाट चारै ढोका खुला गरिने
हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रबार नेपाली महिलाहरुले हर्षोल्लासपूर्वक तिज पर्व मनाउँदै छन् ।
झाडापखाला बिरामीका लागि छुट्टै उपचार वार्ड
नेपालगन्जस्थित भेरी अस्पतालमा झाडापखालाका बिरामीहरुलाई उपचारका लागि छुट्टै वार्ड व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको छ ।
उद्धारपछि स्वदेशमै आत्मनिर्भर बन्दै बेचिएका चेली
धादिङकी उर्मिलाको फेसबुकमा एक जना नचिनेको मान्छेले अनुरोध पठायो । उर्मिला आफूले नचिनेको भए पनि उसले आफूलाई चिनेको होला भनेर अनुरोध स्वीकार गरिन् । फेसबुकमा साथी बनेपछि कुराकानी हुँदै गयो । कुराकानी हुँदै गर्दा एक दिन रमेश नाम बताउने ती व्यक्तिले उर्मिलालाई कत्ति पनि पैसा नलिई कुवेत पठाइदिने प्रलोभन देखाए ।
संविधान विपरीत अभिव्यक्ति दिने छुट कसैलाई छैन : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताउनुभएको छ ।
नेपाल प्रहरीमा उमेर हदसम्बन्धी मुद्दाको सुनुवाइ जारी
सर्वोच्च अदालतमा नेपाल प्रहरीमा उमेर हदसम्बन्धी मुद्दाको सुनुवाइ जारी छ । बिहीबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दामा सुनुवाइ जारी रहेको छ ।
ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित
धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मङ्गलबार बेलुकाबाट एउटामा समस्या आएको छ ।
समावेशीकरणको मर्म
मुलुकमा पहिलो पटक संविधान सभाबाट जारी गरिएको नेपालको संविधान (२०७२) को मूल मर्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्नु रहेको छ । संविधानमा निर्दिष्ट लक्ष्य प्राप्तिमा मुलुकको विद्यमान संरचनागत विशेषतालाई आत्मसात् गरी विविधताबिचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुत अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्त अख्तियार गरिएको छ । त्यसो त अन्तरिम संविधान, २०६३ ले नै समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेर संविधा
आफ्नै बलबुतामा न्याय
सङ्क्रमणकालीन न्यायका सम्बन्धमा बनेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद्बाट पारित भएसँगै बहसको प्रमुख विषय बनेको छ । द्वन्द्वोत्तर न्याय चासोको विषय हुँदै हो, यो समस्याको विषय पनि हो तर समस्या विधि र प्रक्रियामा भन्दा पनि दलहरूको इच्छाशक्तिमा थियो भन्ने कुरा अठार वर्षसम्म अल्मलिएको सङ्क्रमणकालीन न्यायको विषयले दलहरूले चाहनासाथ गति लिएकाले पनि पुष्टि गरेको छ ।
अफगानिस्तानका महिलाप्रति क्रूर सत्ता
अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको अफगानिस्तानको तालिबान सरकार महिलाप्रति थप क्रूर बनेको छ । महिलाका अधिकार खोस्दै अधिकारविहीन बनाएको तालिबानले सार्वजनिक स्थलमा बोल्न र अनुहार देखाउनसमेत प्रतिबन्ध लगाएको छ । सार्वजनिक स्थानमा सधैँ बाक्लो कपडाले शरीर र अनुहार छोप्न महिला तथा बालिकालाई निर्देशन दिइएको छ । तालिबान सरकारले ल्याएको यो नयाँ कानुनलाई सर्वोच्च नेता मुल्लाह हिबतुल्लाह अखुन्दजाले अनुमोदन गरेसँगै कार्यान्वयनमा आएको छ । यो कानुनलाई हलाल र हराम गरी दुई वर्गमा विभाजन गरिएको छ ।
पलेशा काठमाडौँ महानगरबाट पाँच लाख रुपियाँसहित सम्मानित
पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले पाँच लाख रुपियाँसहित सम्मान गरेको छ ।
तिजको दरमा कस्ता खानेकुरा खाने ?
तिजको अघिल्लो दिन माइतीले (बाबु आमा, दाजुभाइ) छोरी–चेलीलाई घरमा बोलाई मीठा–मीठा परिकार पकाएर दर खुवाउने गर्दछन् । दरमा ठाउँ अनुसार विभिन्न मिठा–मिठा परिकार साथै खिर, ढकने, सेल रोटी, केरा लगायतका खाना, फलफूल खाने प्रचलन छ ।
फुटपाथमा राखिएका सामग्री हटाउन सुरु
तुलसीपुर उपमहानगरपालिकाले फुटपाथमा भएका सामग्री हटाउन सुरु गरेको छ । नगरप्रमुख टीकाराम खड्काको नेतृत्वमा उपप्रमुख स्यानी चौधरीसहित टोलीले फुटपाथ क्षेत्रमा राखिएका सामान हटाउन सुरु गरेको हो ।
एमाले पोलिटब्यूरो बैठक आज पनि
नेपाल कम्युनिष्ट पार्टी(एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पोलिटब्यूरो दिउँसो बैठक साढे १२ बजे बस्न थालेको हो ।
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा
व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् ।
तीन अर्बको खाद्यवस्तु आयात
कृषि प्रधान जिल्ला महोत्तरीमा आर्थिक वर्ष ०८०/८१ मा तीन अर्ब १० लाख रुपियाँभन्दा बढीको भारतीय कृषि उत्पादन आयात भएको छ ।
विश्वमाः कहाँ के ?
१. अलैँची धेरै उत्पादन नेपालमा हुन्छ । २. आँप धेरै उत्पादन भारतमा हुन्छ । ३. आलु धेरै उत्पादन जर्मनीमा हुन्छ । ४. कफी धेरै उत्पादन ब्राजिलमा हुन्छ ।