• ७ मंसिर २०८१, शुक्रबार

फैसला कार्यान्वयन गर्न मनाङेलाई अदालतमा पेस

blog

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिँदै । तस्बिर : सामाजिक सञ्जाल

काठमाडौँ, कात्तिक २७ गते । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई मङ्गलबार बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।

आज बिहान सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा उक्त अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सर्वोच्च अदालतले यही कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै आज हाम्रो टोलीले निजलाई पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयन गराउनका लागि जिल्ला अदालतमा पेस गरेका छौँ । रासस

यो पनि पढ्नुहोस

प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ