• ७ मंसिर २०८१, शुक्रबार

सुनको मूल्य घट्दै

blog

काठमाडौँ, कात्तिक २८ गते । बुधबार स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट आएको छ । आज सुन प्रतितोला चार सय रुपियाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार एक लाख ६२ हजार ६ सय रुपियाँमा कारोबार भएको छापावाल सुन बुधबार एक लाख ६२ हजार दुई सय रुपियाँमा किनबेच भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्यमा भने बुधबार वृद्धि भएको छ । महासङ्घका अनुसार मङ्गलबार एक हजार ९२५ रुपियाँमा खरिदबिक्री भएको चाँदी बुधबार भने एक हजार ९४० रुपियाँ कायम भएको छ ।  दुई सातामा सुनको मूल्य प्रतितोला आठ हजार आठ सय रुपियाँ घटेको छ ।