सुनको मूल्य तोलामा दुई हजारले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ ।
अपर चमेलिया विद्युत गृहभित्र पानी उद्योग
चमेलिया नदीबाट ५६ मेगावाट बिजुली उत्पादन गरेर चर्चामा आएको निजी क्षेत्रको अपी पावर कम्पनीले पछिल्लो समय विद्युत गहृभित्र मिनरल वाटर उद्योग खोलेर दैनिक २० हजार लिटर पानी प्रशोधन गरी बजारमा बिक्री गर्न सुरु गरेको छ ।
उपनिर्वाचन : जाजरकोटमा उम्मेदवार छनोट गर्दै राजनीतिक दल
जाजरकोटमा दुई वटा पालिकामा हुन लागेको उपनिर्वाचनका लागि राजनीतिक दलहरु उम्मेदवार टुङ्गो लगाउन थालेका छन् । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र कुशे गाउँपालिका ७ को वडा अध्यक्ष पदमा हुन गई रहेको उपप्रमुख पदका लागि सबै दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् ।
सामा चकेवा पर्वः दिदी–बहिनी दाजुभाइबीच स्नेहपूर्ण वातावरणको अनुभूति
दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो, सामा चकेवा । तराई मधेशमा प्रत्येक साँझ अहिले धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ ।
प्रजातन्त्रका अथक योद्धा
‘महाराज’ नभनेर सिधै ‘तँ’ भनेपछि राणा न्यायाधीश हरिशमशेरले गणेशमान सिंहलाई हजार कोर्रा हान्न आदेश दिए । छ सय कोर्रा जिउमा बर्सिउन्जेल त उहाँले सहनुभयो त्यसपछि भने बेहोस भएर ढल्नुभयो ।
दिगो विकासको उद्देश्य
सूचना प्रविधिको क्षेत्रमा भइरहेको दु्रततर विकासले संसारभरका नागरिकले क्षणभरमै विभिन्न घटनाबारे जानकारी पाइरहेका छन् । सूचना प्रविधि विकास प्रक्रियाका विभिन्न आयामलाई उजागर गर्ने माध्यम बनेको छ ।
काठमाडौँमा पनि सकियो छठ (फोटो फिचर)
आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वलाई विधिगत रुपमा बसमापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिइएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १० घण्टा बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टीआइए० आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड््डयन प्राधिकरण ९क्यान०का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।
नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना चार जनाको मृत्यु
भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
महोत्तरीमा छठ पूजाको तयारी
महोत्तरीको जलेश्वर नगरपालिका –१ स्थित पवित्र पोखरी वरूण सरोवर परिसरमा छठी मातालाई चढाउन राखिएका फलफूललगायत पूजाका सामग्री ।
छठ पर्वले मधेसी समुदायको सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्दछ: उपराष्ट्रपति यादव
छठ पर्वले मधेसी समुदायको सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने बताउनु भएको छ । छठ पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ ।
छठ पर्वले सामाजिक एकतालाई बलियो बनाउन सकोस् : सभामुख
सभामुख देवराज घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय एकता मजबुत बनाउन छठ पर्वको विशिष्ट भूमिका छ: सभाध्यक्ष दाहाल
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उपसभामुख रानाद्वारा छठ पर्वको शुभकामना
उपसभामुख इन्दिरा रानाले उदाउँदो सूर्यको आराधना गर्दै उल्लासपूर्वक मनाइने छठ पर्व–२०८१ को आमनेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
छठ पर्वले सुसंस्कृत समाज निर्माणमा प्रेरणा प्रदान गरोस्: उपाध्यक्ष घिमिरे
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
दुई दलीय संयन्त्रको नेतृत्व कांग्रेस र एमालेले आलोपालो गर्ने
सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा (एमाले)ले बनाएको संयन्त्रको नेतृत्व दुई दलले आलोपालो गर्ने भएका छन्।
कतारको संविधान संशोधन परियोजना जनमत सङ्ग्रहबाट स्वीकृत
कतारको संविधान संशोधन परियोजना राष्ट्रिय जनमतसंग्रहबाट स्वीकृत भएको सरकारी समाचार एजेन्सी क्युएनएले बुधबार जनाएको छ ।
आशामै बित्यो पीडितको एक महिना
अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका–१२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आउनुभएको छ ।
धनप्रसाद पण्डित इजरायलका लागि राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
विश्वका नेताद्वारा ट्रम्पलाई बधाई तथा सहकार्यका लागि प्रतिबद्धता
अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उहाँको प्रशंसा गरेका छन् ।
मिथिलासहित तराई/मधेशका जिल्लामा छठको रौनक
मिथिलासहित तराई/मधेशका जिल्लाहरूमा छठको तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरधामसहितका तराईका क्षेत्रमा छठ पर्वको रौनक सुरु भएको हो ।
कोशीका कानुन मन्त्री अधिकारीद्वारा राजीनामा
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले पदबाट बुधबार राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुुख
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।